१० मंसिर २०८१ सोमबार
image/svg+xml

दाङका स्थानीय सरकारमाथि ‘चौथो सरकार’को कब्जा

जिल्लामा रहेका स्थानीय तहले आफूहरूले पाउने अधिकार कुण्ठित भएको आरोप लगाएका छन्। खासगरी उनीहरुले जिल्ला समन्वय समिति(जिसस)बाट हस्तक्षेप भएको भन्दै गुनासो गर्दै आएका छन्। स्थानीय तहहरुले जिससलाई ‘चौथो सरकार’को संज्ञा नै दिएका छन्।

गुडिरहेको ट्याक्टरमाथि पहिरो खस्दा चालक घाइते

डोल्पाको करवगाड खदाङ्ग सडक खण्डमा पर्ने कुच्चिभीर नजिकै सडक माथिबाट खसेको पहिरोले एक ट्याक्टर चालक गम्भीर घाइते भएका छन्। डोल्पाको खदाङ्ग हरियापनीबाट रुकुमको छरेबगरका तर्फ गइरहेको भे १ त ७८९३ को ट्याक्टर शुक्रबार साँझ ७ बजेतिर सडकमा गुडिरहेको बेला सडक माथिबाट खसेको पहिरोसंगै आएको ढुंगा लागेर आठबीसकोट नगरपालिका ४ का ट्याक्टर चालक गोपाल नेपाली गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय करबगार्डले जनाएको छ।

सरकारी आयोजनाबाटै मनपरी उत्खनन

नदीजन्य पदार्थ (ढुंगागिट्टी ) उत्खननका लागि सरकारले बर्सेनि कार्यविधि तयार पार्दै आएको छ। तर यस्तो कार्यविधिको बारम्बार उल्लंघन हुँदै आएको छ। मूलतः मनपरी उत्खननमा यसको अवैध कारोबारी सक्रिय रहेको आरोप लाग्ने गरेको छ। सरकारकै ठूल्ठूला आयोजनाले समेत सरकारी मापदण्ड उल्लंघन गर्दै आएका छन्। आयोजना निर्माणका नाममा खोला वा नदीको धारै परिवर्तन हुनेगरी गरिएको उत्खननले देउखुरीमा सर्वसाधारणको जमिन कटानको जोखिम व्यापक देखिएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन नगर्न अन्तरिम आदेश

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत करार कर्मचारीहरुलाई प्रतिष्ठानमा आन्दोलन नगर्न उच्च अदालत तुलसिपुरले अन्तरिम आदेश दिएको छ।

जेड र वेदाङ अन्तिम १६ मा

जेड आलेमगर र वेदाङ गौतम १६औं जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत यु–१२ ब्वाइज सिंगल्समा सोमबार प्रि– क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

डा. केसीको जीवन रक्षा गर्न माग

इलाममा अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न मानव अधिकार तथा शान्ति समाज दाङले सरकारसँग माग गरेको छ। डा. केसीले थालेको १६ औँ अनसनप्रति ऐकेवद्धता जनाउँदै डा. केसीको जीवन रक्षाका लागि गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको हो।

दाङमा पनि छुर्पी उत्पादन सुरु

दाङमा पहिलो पटक छुुर्पी उत्पादन सुरु भएको छ। लमही नगरपालिका–५ को उद्यमशील कृषि बहुद्देश्यीय सहकारी संस्थाले गाईको दूधबाट छुर्पी उत्पादन सुरु गरेको हो।

धारापानीका लागि ९० करोडको गुरुयोजना

दाङको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र पाण्डवेश्वर महादेव धाम धारापानीको पर्यटन प्रवद्र्धनका लागि झण्डै ९० करोड रूपैयाँको गुरुयोजनाको तयारी गरिएको छ ।

जनता सडक दुर्घटनामा मरिरहने, सरकार रेल र पानीजहाजका सपना देख्ने? (भिडियो)

गत हप्ता दाङमा एक स्कुल बस दुर्घटना हुँदा त्यसमा सवार २३ जना यात्रुको मृत्यु भयो भने अरु धेरै घाइते भए। त्यसको केही दिनअघि नुवाकोटमा एक मिनी ट्रक दुर्घटना हुँदा त्यसमा सवार १८ जना यात्रुको मृत्यु भयो, दर्जनौ घाइते भए। नुवाकोट र दाङमा भएका दुर्घटनाले फेरि एकपटक सडक दुर्घटना र सडक सुरक्षामाथि बहस चुलिएको छ।

दाङ बस दुर्घटनाकाे छानबिन गर्न समिति गठन

दाङको राम्रीमा भएको बस दुर्घटनाका विषयमा छानबिन गर्न समिति गठन गरिएको छ। प्रदेश नं–५ का वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो।

रेन्जर बन्ने सपनाको अन्त्य

दाङको दंगिशरण गाउँपालिका–१ का ३० वर्षीय सञ्जित रत्गैया बिबिएस दोस्रो वर्षमा पढ्दै थिए। घोराही–४ स्थित मामाको घरमा बसेर पढिरहेका उनी अध्ययनकै क्रममा जागिरे बन्ने योजनामा लागे। वन रक्षकका लागि आवेदन खुल्यो। उनले आवेदन दिए र पास पनि भए।

विद्यार्थी बोकेको बस दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या २३ पुग्यो, ९ को सनाखत

दाङमा शुक्रबार बेलुका भएको बस दुर्घटनामा परि ज्यान जानेको संख्या २३ पुगेको छ। जसमा ४ महिला र १९ पुरुष रहेका छन्। दुर्घटनामा परि १५ जना घाइते भएका छन्।

सत्तरी दुर्घटनामा २३ जनाको मृत्यु

दाङमा चालू आर्थिक वर्ष २०७५–७६ को हालसम्ममा ९३ सवारीसाधन दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५६ जना घाइते भएका छन्।

दाङमा एक व्यवसायीको हत्या

दाङमा एक व्यवसायीकाे हत्या भएकाे छ। घोराही उपमहानगरपालिका १३ को सेवा खोला पुन नजीक विहिबार राति एक व्यवसायीको हत्या भएको हाे।

स्थानीय तहमा अवैध निकासी कर

जिल्लास्थित गढवा गाउँपालिकाले गाउँसभाबाट निर्णय गरेर ढुंगा तथा बालुवा निकासीमा कर लगाउने निर्णय ग-यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्