३१ वैशाख २०८१ सोमबार
image/svg+xml

ए डिभिजन लिगः संकटाले कठिन जित निकाल्दा एपिएफले पुलिसलाई हरायो

सोमबारबाट सुचारु भएको शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लवले एफसी खुमलटार युथ क्लवमाथि १–० को संघर्षपूर्ण जित निकाल्दा अर्को खेलमा एपिएफले नेपाल पुलिसलाई २–० गोल अन्तरले पराजित गरेको छ।

सहिद स्मारक 'ए' डिभिजन लिग: मनाङको तेस्रो जित

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले एपीएफ क्लबलाई २–१ गोल अन्तरले हराउँदै तेस्रो जित निकालेको हो।

दशरथ रंगशालमा राष्ट्रिय क्रिकेट टिम (तस्बिरहरु)

सहिद स्मारक ए डिभिजन लिगको कमर्सियल, टिकेटिङ तथा बोर्डकास्ट पार्टनर एमडीएसी स्पार्टसले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दशरथ रंगशालामा सम्मान गरेको छ।

खुमलटारलाई हराउँदै सातदोबाटो शीर्षमा

खुमलटार फुटबल क्लबलाई २–१ ले पराजित गर्दै सातदोबाटो युथ क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिँदा संकटा क्लब हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकिएको छ।

चर्च ब्वाइजले हारको संकट टार्‍यो

एन्फा मुख्यालयमा संकटासँग गोलरहित बराबरी खेलेसँगै चर्च ब्वाइजको लगातार चौथो खेलमा जित निकाल्ने लक्ष्यले भने पूर्णता पाउन सकेन।

एभिनियरलाई हराउँदै शेर्पा फाइनलमा

सोमबार भएको अन्तिम सेमिफाइनलमा एभिनियरसँग १–० को कठिन जित निकाल्दै शेर्पाले फाइनल भिडन्त पक्का गरेको हो।

‘बी’ डिभिजन लिग फुटबल चैत १५ गतेबाट सुरु हुने

अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘बी’ डिभिजन क्लबबीच मंगलबार बसेको बैठकले चैत १५ गतेबाट लिग गर्न सहमति भएको हो।

३ सय किलो गाँजासहित २ जना पक्राउ

रंगेली नगरपालिका–१ ववियाका ४२ वर्षीय मनोज राजवंशी र धनकुटा सहिदभूमि गाउँपालिका–२ का २९ वर्षीय बेचन भनिने हस्त राईलाई लागुऔषध गाँजासहित पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।

मोटरसाइकल पोलमा ठोकिँदा चालकको मृत्यु

दुर्घटनामा परी कमला नगरपालिका–८ हरिनेका २८ वर्षीय रामचन्द्र ठाकुरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी निरीक्षक हरिबिष्णु ढकालले जानकारी दिए।

‘ओपन हर्ट सर्जरी’ दोब्बर गर्ने योजनामा सहिद गंगालाल

केन्द्रले २० हजार ओपन हर्ट शल्यक्रिया गरिसकेको छ। अस्पतालले २०५८ सालबाट ओपन हार्ट सर्जरी सुरु गरेको हो। केन्द्रमा उपचारका लागि स्वदेशका मात्र नभई विदेशबाट पनि बिरामीहरु आइरहेका छन्।

चार वर्षमा पनि बनेन तीन किलोमिटर सडक

सडक निर्माणको बाँकी काम कात्तिक महिनाभित्र सक्ने निर्माण कम्पनी रमण शिवशक्ति जेभीका प्रोजेक्ट म्यानेजर रञ्जन ठाकुरले बताए। उनले भने, 'नाला र सबबेसको काम सकियो अब कालोपत्र हुन्छ। एक–दुई हप्ताको काम हो, कात्तिक महिनाभर सकिन्छ।'

सरकारी गाडी लिएर नाकामा घरायसी सामग्री किनमेल गर्न पुगिन् नगरपालिकाकी उपप्रमुख

उपप्रमुख सिंहले 'घरायसी प्रयोजनको सामग्री लिन सिमापारी जादैछौं' भनेर सिमाना खटिएका सशस्त्र प्रहरीलाई भनेकाे बिओपी मैनाथपुरका सशस्त्र प्रहरी निरीक्षक गणेश पाण्डेले बताए। उनले भने, 'सरकारी गाडीमा व्यक्तिगत सरसामान ढुवानी गर्न पाइदैन। हामीले त्यस्तो देखेपछि रोकेका हौं, गाडीमा सरसामान राख्न नदिएपछि उपप्रमुख सिंहले टेम्पोमा राखेर जानुभयाे।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्