१० मंसिर २०८१ सोमबार
image/svg+xml

नाउपाको संस्थापक अध्यक्ष श्रेष्ठ सहअध्यक्षमा मनोनित

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीका संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ ।

ओली र दाहाल सहअध्यक्ष बन्न तयार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टी एकीकरणपछि सहअध्यक्ष बन्न सहमत भएका छन् । दुई अध्यक्षबीच मात्र सोमबार भएको वार्तामा पार्टी एकीकरणपछि दुवैजना सह–अध्यक्ष बन्न सहमत भएका हुन् । यो सहमतिसँग अब दुई कम्प्युनिस्ट पार्टीबीचको एकता प्रक्रिया अघि बढेको छ । दुई दिनभित्रै पार्टी एकताको प्रारूप घोषणा गर्ने, त्यसपछि सरकार निर्माण गर्ने अनिमात्रै पार्टी एकीकरण गर्ने सहमति दुई नेताबीच भएको छ । नयाँ सरकारमा दुई नेताले आलोपालो नेतृत्व गर्ने सहमति भएको छ।

सहकारी विकास बोर्डको सहअध्यक्षम पौडेल

सरकारले सहकारी विकास बोर्डको सह–अध्यक्षमा सहकारी अभियन्ता दक्ष पौडेललाई नियुक्त गरेको छ । राष्ट्रिय सहकारी संघका केन्द्रीय सदस्यसमेत रहेका पौडेललाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आगामीचार वर्षे कार्यकालमा नियुक्त गरेको हो ।

लोकतान्त्रिक फोरमका सहअध्यक्षद्वारा राजीनामा

नेपाल लोकतान्त्रिक फोरम पार्टीका सहअध्यक्ष रामेश्वर राय यादबले पद त्याग गरेका छन्। अध्यक्ष विजयकुमार गच्छदारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिनुपरेको उनले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्