१० मंसिर २०८१ सोमबार
image/svg+xml

मुसहरबासीले धुर्मुस सुन्तलीको पुजा गर्दै लक्ष्मी भित्र्याए

धुर्मुस सुन्तलीले निर्माण गरेको एकिकृत नमूना मुसहर बस्तीमा बसिरहेका स्थानीयहरुले उनीहरुको तस्बिरमा पुजा गर्दै लक्ष्मी भित्र्याएका छन् । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको एकिकृत नमूना मुसहर बस्तीमा हाल ५० वटा घर छन् । गत बैशाख १ बाट मुसहरलार्इ धुर्मुस सुन्तली फाउन्डेसनले घर हस्तान्त्रण गरेको थियो । मुसहरबासीले धुर्मुस र सुन्तलीको तस्विरमा पुजा गरेर लक्ष्मी पूजा मनाएका थिए ।

मुसहरको बिलौना : ‘हामी त भोट खसाल्ने मेसिनमात्रै भएका छौं’

सिरहाको बरियारपट्टी गाउँपालिकाको जिझौल पश्चिम टोलमा मुसहर र पासवानको घना बस्ती छ । मुसहर जातिको कूलदेव दिनाभद्रीको मन्दिर निर्माणको योजना स्थानीयले धेरै पटक गाउँपरिषद्मा पुर्याए । तर, कहिल्यै पनि गाविस बोर्डले योजनाप्रति गम्भीर भएन । जसले गर्दा मुसहर समुदायमा आक्रोश र असन्तोष छ ।

नागरिकता दिलाउनेलाई मुसहरको भोट

बर्दिवास १४ स्थित मुसहरबस्तीमा बसोवास गर्ने अधिकांशसँग नागरिकता छैन । नागरिकता नहुँदा यी बस्तीका तीन चौथाइ मुसहर स्थानीय तहको चुनावमा सहभागी हुनबाट वञ्चित हुने स्थिति छ ।

तरकारीबाट आत्मनिर्भर बन्दै मुसहर

गोलबजार नगरपालिका–३ भाँगबारीकी भुली सदायको जिवनशैली बदलिएको छ । साहुको खेतमा श्रम गरेबापत पाइने ज्यालाबाट गर्जो टार्ने जिवनशैली बदल्न उनी आफैंले व्यावसायिक तरकारी खेती सुरु गरेकी छिन् ।

मुसहर बस्तीमा सहयोग

मिर्चैया–७ मुराबारीको मुसहर बस्तीमा सिरहाली सेवा समाज तथा इन्ट्रयाक्ट कल्ब अफ चेल्सी इन्टरनेश्नल एकेडेमी काडमाडाैंले सहयोग पुर्याएका छन्। समाज र एकेडेमीले बस्तीमा लत्ताकपडा तथा सरसफाइका सामग्री वितरण गरेको बस्तीकी बबिता सदायले फोनमा जानकारी गराइन्।

मुसहरवस्ती हेर्न आउनेको भिड

धुर्मुस सुन्तली फाण्डेसनले मात्र ९५ दिनकै अवधिमा निर्माण कार्य सकेर हस्तान्तरण समेत गरि सकेको वर्दिवास १ स्थित एकीकृत नमुना मुसहरवस्ती हेर्न आउनेहरुको अचेल लर्को नै लाग्न थालेको छ।

घर सरे मुसहरबस्तीका ५३ परिवार

नव वर्षको नयाँ बिहानीसँगै धुर्मुस–सुन्तली फाउन्डेशनद्वारा निर्मित ५३ वटा घर उपहारमा पाएका बर्दिवास १ का मुसहरबस्तीका बासिन्दाहरु शनिबार बिहान विधिवित् रुपमा ती घरहरुमा बास सरेका छन् । नयाँ वर्षको अवसरमा घर उपहार पाएपछि शुक्रबार दिनभर नाचगान गर्दै उत्सवमा रमाएका मुसहर समुदायका बासिन्दाहरु शनिबार बिहान फाउण्डेशनले तोकि दिएको आ–आफनो घरमा बास सरेका हुन् ।

मुसहरलाई घर उपहार

एउटै बस्तीभित्र एकै आकारका ५३ वटा नयाँ घर छन्। भूकम्प प्रतिरोधी सबै घरमा रातो इँटा र निलो रङको जस्तापाता लगाइएको छ। ५० वटा आवासीय घर छन्। बरन्डासहित तीन/तीन कोठाका घर छन्।

नयाँ वर्षमा घर उपहार, मुसहर बस्तीकाे फेरियो मुहार

बर्दिवास–१ स्थित मुसहरवस्तीका वासिन्दालाई धुर्मुस–सुन्तली फाउण्डेसनले नयाँ वर्षकै दिन घर उपहार दिएका छन् । उपहारमा घर पाएपछि मुसहरवस्ती मुहार नै फेरिएको छ । यहाँको मुसहर समुदायमा खुसियाली छाएको छ।

मुराबारीको मुसहर बस्तीमा सहयोग लिएर पुगे माली

जताततै नयाँ वर्षको रौनक छाइरहँदा सिरहाको मुराबारी स्थित मुसहर बस्तीमा पनि खुसी छाएको छ ।

मुसहर बस्तीमा कालाजारको प्रकोप

जिल्ला अस्पताल र जनस्वास्थ्य कार्यालयका प्रमुखबीच समन्वय नहुँदा कालाजार उपचारका लागि अस्पताल भर्ना भएका बिरामीले औषधि पाएका छैनन्। अस्पताल प्रमुख सञ्जीव सिंह र जनस्वास्थ्य प्रमुख हरिश्चन्द्र साहबीचको विवादका कारण बिरामीले औषधि नपाएका हुन्।

मुसहर बस्तीमा कालाजारको महामारी

ईश्वरपुर नगरपालिका–४ राइटरखोरस्थित मुसहर टोल अचेल सुनसान छ। विपन्न बस्तीका धेरै छाप्रामा शोकमा डुबेका मानिस भेटिन्छन्। परिवारका सदस्य कालाजार लागेर उपचार अभावमा गुमाएपछि बस्तीमा सन्नाटा छाएको हो।

कसले सुन्ने मुसहरका पीडा?

तीन महिनायता मधेसका मुसहर समुदायबारे मिडियामा खुब चर्चा परिचर्चा भइरहेको छ। यो साता मिडिया तथा समाजिक सञ्जालमा प्रधानमन्त्री प्रचण्डको निर्वाचन क्षेत्र मिर्चैया–७ मुराबारीका २७ घर दलित मुसहरले पशुले झैँ भाँडोमा घोप्टिएर पानी पिउने गरेको घटनाले प्राथमिकता पायो।

खोपबाट पनि वञ्चित मुसहरबस्ती

सिरहाका अधिकांश स्थानमा शुक्रबार पाँच वर्षमुनिका बालबालिकाका लागि नियमित खोप कार्यक्रम सञ्चालन भयो। स्वास्थ्य संस्थामा काखेबच्चा च्यापेर पुगेका आमाको घुइँचो थियो। तर, मिर्चैया–७ मुराबारीको मुसहर बस्तीलाई यो खोप कार्यक्रमले छोएन। यहाँका बासिन्दा खोप कार्यक्रमबारे बेखबर थिए।

मुराबारीको मुसहर बस्तीमा पुग्यो सरकार

वर्षौंदेखिको हाम्रो कलकल पानी पिउने सपना अब पुरा हुने भयो बस्तीका बृद्ध बालदेव(६०) ले नागरिकसँग भने,‘पानी आयो सपना सेलायो ।’ उनले खुसीको आँशु झार्दै नागरिकर्कीतर्फ टोलाउँदै भने,‘हाम्रो दुखमा मलम लगाईदिनुभयो, धन्यबाद ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्