२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml

बन कार्यालयका कागजपत्र अख्तियारको नियन्त्रणमा

कागजमै अधिकांश कार्यक्रम सम्पन्न गरी अर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मध्यमाञ्चल क्षेत्रिय कार्यालय हेटौडाले शुक्रबार जिल्ला वन कार्यालय बारामा छापा मारी गरी विभिन्न कागजातहरु नियन्त्रणमा लिएको छ।

जापानका स्कूलहरुले नेपालीका निजी कागजपत्र खोसे

निजी कागजपत्र नियन्त्रणमा लिएर जापान अाएका सयाैं नेपाली विद्यार्थीमाथि शोषण भइरहेको तथ्य सार्वजनिक भएको छ। नेपाली दलाल तथा शैक्षिक परामर्शदा कम्पनीसँगको मिलेमतोमा जापान सरकारले प्रदान गर्ने जाइरयूउ कार्ड बीमा कार्ड समेत स्कूलले खाेसेर राखेकाे वास्तवकिता सार्वजनिक भएको हो।

सांसदका कागजपत्र किर्ते

प्रहरीले नेपाल कम्युनिस्ट पार्टी केन्द्रका सासंदको विदेश भ्रमणका कागजपत्रमा किर्ते गरेको आरोपमा एक जनालाई पक्रेको छ। केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) ले विदेश भ्रमणसम्बन्धी कार्यक्रममा अन्य असम्बन्धित व्यक्तिबाट आर्थिक लाभ लिई निजी सहयोगीका रुपमा किर्ते कागजात तयार पारी युरोपका विभिन्न देशमा पठाउने काठमाडौंका रोहित भन्ने दिनेश खड्कालाई बिहीबार पक्रेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्