४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बेर्नललाई टुर दी फ्रान्स उपाधि

इगन बेर्नल प्रतिष्ठित साइकल -याली टुर दी फ्रान्स जित्ने पहिलो कोलम्बियाली खेलाडी बनेका छन्। आइतबार अन्तिम तथा २१औं चरणको साइकल ¥याली अस्ट्रेलियाका कालेब इवानले जिते पनि समग्रमा बेर्नल च्याम्पियन भए।

फ्रान्सले प्रत्येक हवाई टिकटमा १८ युरो कर लिने

फ्रान्स सरकारले फ्रान्सेली विमानस्थल प्रयोगकर्ता हरेक यात्रुसँग हवाई टिकटबापत १८ युरो (२० अमेरिकी डलर) सम्म कर लिने घोषणा गरेको छ।

‘नेपालको विकास देखेर खुसी छौं’

उपराष्ट्रपति नन्दबहादुर पुन पासाङसँग नेपालका लागि फ्रान्सका राजदूत प्रान्कोइज जेभियर लेगरले शिष्टाचार भेट गरेका छन्। बिहिबार अपरान्ह उपराष्ट्रपति भवन, ग्रीनहाउसमा फ्रान्सका राजदूत लेगरले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नु भएको हो।

प्रियंका कान्स फिल्म फेस्टिभलमा सहभागी हुन पाउने पहिलो नेपाली कलाकार

फ्रान्समा जारी ‘कान्स फिल्म फेस्टिभल २०१९’ मा सहभागिता जनाउन नायिका प्रियंका कार्की आइतबार पेरिस प्रस्थान गर्दैछिन्। विश्वका सेलिब्रटीको जमघट हुने कान्स फेस्टिभलमा नेपालले पहिलोपटक अवसर पाएको छ भने रेड कार्पेट समारोहमा प्रियंका नेपालको प्रतिनिधित्व गर्ने पहिलो कालाकार बनेकी छिन्।

फ्रान्स आउनुअघि...

केही वर्षयता फ्रान्स आउने नेपालीको संख्या निकै बढेको छ । विशेषगरी विद्यार्थी भिसामा उच्च शिक्षाका नाममा आउनेहरू धेरै छन् । नेपाली कन्सल्टेन्सी उक्लेदेखि फ्रान्सेली कलेज ओर्लेसम्म पाइलापाइलामा कन्सल्टेन्सी र दलालको भर पर्दा नेपाली विद्यार्थी सास्ती खेप्न बाध्य छन् । यसले गर्दा फ्रान्समा दुःख पाउने नेपाली बढ्दो छ। भाषा ज्ञान नहुुनु, वास्तविकता नबुझ्नु र कन्सल्टेन्सीलाई पूरै विश्वास गर्नुले यस्तो अवस्था सिर्जना भएको हो ।

हातमा लगाएको औंठीमा चुम्बन गर्न नदिँदा धर्मगुरू पोप फ्रान्सिस विवादित

क्याथोलिक धर्मगुरू पोप फ्रान्सिसले एक अनुयायीलाई आफ्नो हातमा रहेको औंठीलाई चुम्बन गर्न नदिएको विषय यतिबेला विवादित बनेको छ।

चीन र फ्रान्स विशेष मित्र : राष्ट्रपति सी

चीन राष्ट्रपति सी चिन फिङले ‘चीन र फ्रान्स विशेष मित्र’ भएको बताएका छन्। फ्रान्सले नयाँ चीनसँग राजदूत स्तरीय कुटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो पश्चिमी मुलुक रहेको स्मरण फ्रान्स भ्रमणमा रहेका सीले चीन–फ्रान्सबीचको सम्बन्धबारे फ्रान्सेली समकक्षीसँग चर्चा गर्ने क्रममा बताए।

पोग्बा युनाइटेडमै खुसी

‘अहिलेलाई म युनाइटेडमै खुसी छु। टोलीमा नयाँ प्रशिक्षक छन् र म अहिले यहींबाट खेलिरहेको छु,’ पोग्बाले भने। ‘रियाल मड्रिड विश्वकै सर्वाधिक सफल क्लब हो  र यो सधैं सबै खेलाडीको सपना बन्ने गरेको छ,’ पोग्बाले थपे।

५० रुपैयाँ दरका नोट फ्रान्समा छापिने

५० रुपैयाँ दरका नयाँ नोट फ्रान्समा छापिने भएको छ। नेपाल राष्ट्र बैंकले उक्त दरका २३ करोड प्रति नोट छाप्ने जिम्मा फ्रान्सको ओवर्थर फिडिक्युरलाई दिएको छ। राष्ट्र बैंकले नोटको डिजाइन, छाप्ने र आपूर्तिको जिम्मासमेत उक्त कम्पनीलाई दिएको हो।

निर्वाचन मिति नतोके विपक्षी नेतालाई समर्थन

भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई निर्वाचन मिति तोक्नका लागि दबाव आउने क्रम जारी रहेको छ। केही दिनअघि स्पेन र बेलायतकै धारणा पछ्याउँदै युरोपेली राष्ट्र फ्रान्स र अस्ट्रियाले पनि यदि मादुरोले तत्काल नयाँ निर्वाचन मिति नतोके केही दिनअघि आफूले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका भेनेजुएलाका राष्ट्रिय सभाका अध्यक्ष एवं विपक्षी नेता जुवान गुआइडोलाई समर्थन गर्ने चेतावनी दिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

आत्मकथा प्रतियोगिता

फ्रान्सका विद्वान् सिल्भाँ लेभीद्वारा लिखित ‘हिन्दु अधिराज्यको इतिहास’ पुस्तककै पारामा लेखिएको ‘मैले देखेको नेपाल’ (भिन्येत् अफ नेपालको अनुवाद) साँच्चै सुन्दर छ। पद्मजंगले लेखेको ‘लाइफ अफ जंगबहादुर’पछि चर्चित र पढ्नैपर्ने खालका व्यक्तिचित्र थोरै आए। गणेशराज शर्माद्वारा सम्पादित ‘बीपीको आत्मवृत्तान्त’ धेरैले रुचाए। कतिपय कुरा लुकाइए पनि ‘जेल जर्नल’ र बीपीको आत्मवृत्तान्तमा तत्कालिन इतिहास एवं परिवेशको चित्र देख्न सकिन्छ। ती राजनीतिक ऐना पनि हुन्।

पेरिसमा ग्यास विस्फोटन, दुई अग्निनियन्त्रकको मृत्यु, दर्जन बढी घाइते

फ्रान्सको राजधानी पेरिसमा रहेको एउटा बेकरीमा भएको विशाल विस्फोटनमा परी दुई अग्निनियन्त्रको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।  ग्यास लिक भएको भनेर त्यसमा प्रतिक्रिया जनाउने क्रममा नाटकीय ढंगबाट विस्फोटन हुँदा आपतकालीन सेवा अन्तर्गतका दुई अग्निनियन्त्रणको मृत्यु भएको फ्रान्सका आन्तरिक मन्त्री क्रिस्टोफ कास्टान्रलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

नेपाल–फ्रान्स परामर्श बैठक आज

नेपाल–फ्रान्स परामर्श बैठक बुधबार राजधानीमा हुँदैछ। दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा हुन लागेको उक्त बैठकमा भाग लिन फ्रान्सका विदेश सचिव मोरिस गर्दो मोन्तानको नेतृत्वमा पाँच सदस्यीय फ्रान्सेली प्रतिनिधिमण्डल बुधबार (आज) नेपाल आइपुग्ने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्