१९ असार २०८१ बुधबार
image/svg+xml

हुम्लामा सडक पुग्यो, गाडी गुड्न अझै वर्ष दिन लाग्ने

नेपालमा सडक निर्माणको सुरुवात भएको सय वर्षपछि भने हुम्ला सदरमुकाम सिमकोटमा सडक पुगेको छ। तर सडक सञ्जालमा सिमकोट जोडिए पनि सवारी साधन भने नियमित चल्न अझै केही समय लाग्ने भएको छ।

एमाले हुम्ला अध्यक्षमा बुमी निर्वाचित

नेकपा (एमाले) हुम्लाको अध्यक्षमा अध्यक्षमा ज्ञामी बुमी निर्वाचित भएका छन्। पार्टीको दशौं जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन्।

पाठ्यपुस्तक सदरमुकाममै थन्किएपछि पठनपाठन प्रभावित

हुम्लाको उत्तरी क्षेत्रका विद्यालयको पाठ्यपुस्तक सदरमुकाम सिमकोटमा थन्किएपछि विद्यार्थीको पठनपाठनमा प्रभावित भएको छ।

उपल्लो डोल्पामा ६ वर्षपछि पुग्यो चामल

७३ हजार क्विन्टल चामलमा पौष्टिक तत्व मिलाएर उत्पादन गरिने उनले बताए। हुम्लामा विमानबाट चामल ढुवानी हुँदै आएको छ।

दैनिक ११ घन्टा विद्युत् भार कटौतीले विद्यार्थी मर्कामा

हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घन्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा एसईई तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन्।

हिउँले ढाकिएको हुम्ला (तस्बिरसहित)

हुम्लामा शनिबार रातिदेखि हिमपात भएपछि आज बिहानै सदरमुकाम सिमकोटलगायत आसपासका क्षेत्रमा हिउँ जमेको छ।

कर्णालीमा कुपोषण घटाउन पौष्टिक चामल

कर्णालीका पाँच जिल्लामा कुपोषण दर घटाउन पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल सहुलियत दरमा वितरण हुने भएको छ।

हुम्लामा पुनःहिमपात, हवाई सेवा अवरुद्ध

हुम्लामा पुनःआज बिहानदेखि हिमपात भइरहेको छ। यस वर्ष जिल्लामा चौथोपटक हिमपात भएको हो। शनिबार दिउँसो घाम लागेको भए पनि राति एक्कासी मौसममा फेरबदल भई बाक्लो बादल लागेर आज बिहानदेखि हिमपात भइरहेको छ।

सुरु भयो हिउँदे बिदा...

चिसो बढेसँगै हुम्लाका विद्यालयमा हिउँदे बिदा गरिएको छ। चिसो बढ्न थालेपछि सामुदायिक तथा निजी विद्यालयमा हिउँदे बिदा गरिएको हो।

आमामाथि अपराध

विडम्बना, यी जगत्जननी महिलाहरू यही कारण मृत्यु वरण गर्न बाध्य हुँदै आएका छन्। बर्सेनि सयौँ महिला गर्भवती र सुत्केरी अवधिमा कालको मुखमा पर्न बाध्य हुन्छन् जबकि कारण खोतल्दै जाँदा मर्नुपर्ने अवस्था देखिँदैन।

विमान कुर्दाकुर्दै सुत्केरीको ज्यान गयो

नेपालगन्ज जाने विमान कुर्दाकुर्दै हुम्लाकी एक सुत्केरीको बाजुराको कोल्टीमा ज्यान गएको छ।

जहाजकाे प्रतीक्षा गर्दागर्दै सुत्केरीले गुमाइन ज्यान

हुम्लामा नेपालगन्जको जहाज कुर्दाकुर्दै एक सुत्केरीको मृत्यु भएको छ।जहाजको प्रतीक्षा गर्दागर्दै हुम्लाको ताजाकोट गाउँपालिका– ५ की २३ वर्षीय अंशु बुढाको मृत्यु भएको हो।

राष्ट्रियसभा निर्वाचन बहिस्कार गर्ने हुम्ला माओवादीको चेतावनी

राष्ट्रियसभा सदस्यका लागि कर्णालीबाट डा. दीपेन्द्र रोकायको उम्मेदवारी नपरे निर्वाचन बहिस्कार गर्ने माओवादी केन्द्र हुम्लाले निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्