७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्न संसदीय समितिबाट सम्बोधन हुनेछन्ः प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्न लाई संसदीय समितिबाट समाधान हुने विश्वास लिएको बताएका छन्।

आँखा पाक्ने रोगको कारण भक्तपुरका विद्यालय धमाधम बन्द

चाँगुनारायण नगरपालिका क्षेत्रभित्र सञ्चालित विभिन्न विद्यालयमा अध्ययनरत ३५ प्रतिशत विद्यार्थीमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको छ।

बागमतीमा बढ्दै डेंगु सङ्क्रमण

बागमती प्रदेशमा डेंगुको सङ्क्रमण निरन्तर उकालो लाग्ने क्रममा रहेको छ ।अघिल्लो वर्ष झैँ यो वर्ष पनि सङ्क्रमणको दर उकालो लाग्ने क्रममा रहेको हो । पछिल्लो २४ घण्टामा मात्रै यस प्रदेशमा १३३ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ। बागमतीमा सोमबार ८५ जना डेंगुको सङ्क्रमण पुष्टि भएकोमा आइतबार १२७ जना सङ्क्रमित भएका थिए ।

सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न माग गर्दै प्रदर्शन

सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संशोधन गर्न संसदमा विचाराधीन विधेयकका त्रुटिपूर्ण प्रावधान तत्काल सच्याउन माग गर्दै धर्ना दिइएको छ।

डेङ्गु सङ्क्रमण भदौ र असोजमा उच्च हुने

एक वर्षको डेङ्गु रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेङ्गु सङ्क्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरिएको इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले जानकारी दिए।

डेङ्गु सङ्क्रमण ह्वातै बढ्यो, १० जिलामा बढी सङ्क्रमण

पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको पाइएको छ। पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता सङ्क्रमण बढेको बताए।

सरकारको प्राथमिकतामा सङ्क्रमणकालीन न्याय

सरकारले सङ्क्रमणकालीन न्यायनिरुपण गर्ने विषयलाई प्राथमिकता दिएको छ। त्यसका लागि सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन गरिसकेको छ।

अठार हजार गाईमा लम्पीस्किन सङ्क्रमण

बागमती प्रदेशभित्र पर्ने १३ जिल्लामा सङ्क्रामक विषाणुजन्य रोग लम्पीस्किनबाट पहिलो चरणको तथ्याङ्कबाट १८ हजार तीन सय २४ गाईमा सङ्क्रमण भएको पाइएको छ। देशभर फैलिएको लम्पीस्किन रोग गाई र भैँसीमा देखापरेसँगै मृत्यु हुनेको सङ्ख्या पनि बढ्दो क्रममा रहेको जनाइएको छ।

कोरोना सङ्क्रमणबाट थप एकको निधन

कोरोना भाइरसको सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना सङ्क्रमितको उपचारको क्रममा निधन भएको हो।

थप ७८ जनामा कोरोना सङ्क्रमण, एकको मृत्यु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना उपचारत सङ्क्रमितको निधन भएको हो। शुक्रबार पनि एक जनाको निधन भएको थियो।

काेराेना सङ्क्रमण देखिए सात दिनसम्म आइसोलेशनमा बस्न आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ।

अस्ति पानीमा भिजेको, हिजो चिसो खाएको र आज धुलोमा गएको भनेर बाहना नगरौँ: स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिना साथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ ।

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

कोरोना सङ्क्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क र कोरोना परीक्षणबिना नेपाल भित्रिन रोक लगाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्