१२ आश्विन २०८१ शनिबार
image/svg+xml

थामे बाढी र प्रभावित क्षेत्रको अध्ययन गर्न प्राविधिक टोली पठाइने

सरकारले हिमताल फुटेर सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ को थामे खोलामा आएको बाढी र क्षतिग्रस्त बस्ती क्षेत्रको विस्तृत अध्ययन गर्ने भएको छ।

मणिपालको सिसियूमा थपियो ७२ शैया

पोखराको मणिपाल शिक्षण अस्पतालले ७२ शैयाको क्रिटिकल केयर युनिट (सिसियू) थपेको छ। यसअघि ९४ शैयाको सिसियू रहेको पोखराको फूलबारीमा रहेको मणिपालमा अब १६६ शैयाको सिसियू कक्ष पुगेको जनाइएको छ।

२४ निर्माण व्यवसायी/आपूर्तिकर्ता कालोसूचीमा

सार्वजनिक खरिद अनुमगन कार्यालयले २४ वटा निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

मणिपाल शिक्षण अस्पताल भन्छः महालेखाको प्रतिवेदनप्रति असहमत

पोखरास्थित मणिपाल शिक्षण अस्पतालले करोडौं रुपैयाँ कर तिर्न बाँकी छ भनेर महालेखा परिक्षकको प्रतिवेदन आएको भन्दै अस्पतालले आपत्ति जनाएको छ। प्रतिवेदनमाथि अस्पतालको असहमति रहेको पनि अस्पतालले बताएको छ।

युवा नेतृत्व तालिमका लागि पोखराका चारजना छात्रा छानिए

अमेरिकाको वासिङटन डिसी र क्यान्सस सहरमा आयोजना हुने युवा नेतृत्व कार्यक्रमका लागि यहाँस्थित मदरल्याण्ड माविका चारजना छात्रा छनोटमा परेका छन्। उनीहरुले त्यहाँ विज्ञान, गणित, इन्जिनियरिङ र टेक्नोलोजीका बारेमा नेतृत्व सम्बन्धि तालिम लिनेछन्।

फेवापारिको अनदु अब टाढा रहेन (तस्बिर सहित)

फेवातालसँगै जोडिएको भएपनि फेवापारिको अनदुमा पर्यटक भने निकै नै कम जान्छन। जसोतसो पुगेका पर्यटक पनि बेलुकी नहुँदै लेकसाइड फर्किन्छन। राती बास बस्ने पर्यटक न्यून हुन्छन। फेवातालका वारी र पारि किनार बीच संरचना, सुविधा र मानवीय पहुँचका हिसाबले निकै नै फरक छ। किनकी फेवातालमा डुंगा सयर नगरी अनदु पुग्ने सहज पहुँच अहिलेसम्म थिएन।

रुपातालः माछाले बदलिदियो जीवनस्तर

सहकारीहरु एकपछि अर्को गर्दै धरासायी भइरहेका बेला पोखराको लेखनाथस्थित एउटा सहकारी भने माछापालनबाटै समृद्धितर्फ लम्किएको छ।

जलकुम्भी हटाउन फेवातालको मुहान क्षेत्रमा १५ दिने अभियान

फेवातालको जलकुम्भी हटाउन तालको मुहान क्षेत्रमा १५ दिनसम्म दैनिक सरसफाई गरिने भएको छ। जलकुम्भीका कारण पोखराको फेवाताल कुरुप बनेपछि फेवातालको मुहानबाटै जलकुम्भी हटाउने अभियान शुरु गरिएको हो।

कटारी नगर अस्पतालले पायो प्रादेशिक अस्पतालको मान्यता

उदयपुरको कटारीमा सञ्चालित नगर अस्पताललाई ५० बेडमा स्तरोन्नति गर्दै ‘प्रादेशिक अस्पताल’ को मान्यता दिने निर्णय भएको छ।

भाले बास्ने ताल जोड्ने पदमार्ग निर्माण

म्याग्दीको मालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको भाले बास्ने ताल पदमार्गले जोडिएको छ।

बेगनासतालमा माछाका भुरा छाडियो

नेपाल कृषि अनुसन्धान परिषदको ३३ औं स्थापना दिवसको अवसरमा बेगनासतालमा माछाको भुरा छाडिएको छ। परिषदले स्थापना दिवसको अवसर पारेर पोखरा–३१ बेगनासतालमा ५ हजार वटा भुरा छाडेको हो।

१५ सय शय्याको दुवाकोटको वीर अस्पताल विस्तार गुरुयोजना अलपत्र

सरकारले दुवाकोटमा विस्तार गर्ने घोषणा गरेको आठ वर्षसम्म पनि अस्पताल निर्माण कार्य अघि बढ्न सकेको छैन।

संरक्षण थालिएको ताल नै सुकेपछि...

तालको बीचमा जमेको पानी बाह्रै महिना रहन्थ्यो। तर, अहिले तालमा पानी होइन कमिला डुल्छन्। गाउँमा जथाभावी सडक निर्माण र तालमा डोजर लगाएपछि पानी रित्तिएको हो।

टिपताला नाका खुल्ने भएपछि तिब्बततर्फ जान १ सय १० जनाले लिए यात्रा अनुमति

वैशाख २५ गतेबाट खुल्ला हुने उत्तरी क्षेत्रको टिपताला नाका हुुँदै तिब्बत प्रवेशका लागि १ सय १० जना नेपालीहरुले अनुमति लिएका छन्।

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ। गर्मीका कारण ज्वरो, टाइफाइड, डेंगु, मलेरिया, भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्