३१ वैशाख २०८१ सोमबार
image/svg+xml

दूध र गोबर बेचेर मासिक एक लाख ५० हजारभन्दा बढी आम्दानी

धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ।

करिना, तब्बु र कृति अभिनित ‘क्रू’ बन्यो आम्दानी गर्ने तेस्रो ठूलो चलचित्र

करिना कपुर खान, तब्बु र कृति सेनन अभिनित चलचित्र ‘क्रू’ हालसम्म वर्षको सबैभन्दा धेरै आम्दानी गर्ने चलचित्र बनेको छ।

कफीखेतीबाट वार्षिक १३ लाख आम्दानीः ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’

उनको बगानमा अहिले छ हजार कफीका बोट छन्। कफीका अधिकांश बोटले आम्दानी दिन थालेको छ। उनले कफीखेतीबाट वार्षिकरूपमा १३ लाखसम्म आम्दानी गर्दै आएका छन्।

मेलाबाट भएको आम्दानीबाट पर्यटकीय पूर्वाधार निर्माण

मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा पर्यटकीय पूर्वाधार निर्माण भएको छ।

पढाउन छाडेर बाख्रापालन व्यवसायमा रमाउँदा ...

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरी १० वर्ष शिक्षण पेसामा बिताएका उनले गाउँ फर्केर व्यावसायिक बाख्रापालन थालेका हुन्।

कांग्रेसको आम्दानी घट्यो, खर्च बढ्यो’

सत्तारुढ नेपाली कांग्रेसले पार्टीको आम्दानी घटेको जनाएको छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा आफ्नो आम्दानी घटेको हो।

सामूहिक आलुखेतीमा आमासमूह

अनुकुल वातावरण, सहज बजार मूल्य, अनुदान प्राप्त भएपछि उत्साहित समूहमा आबद्ध ती महिलाले दुई हजार पाँच सय ५० किलो खायन प्रजातिको आलुको बीउ लगाएका हुन्।

टिकारामको पुर्ख्यौली पेशा, जसले घरपरिवार धानिरहेको छ

उनले भने, ‘हाम्रो मुख्य आम्दानी नै भैँसीपालन हो, दूध, दही र घिउ बिक्री गरेर घरव्यवहार चलाउनेदेखि बचतसमेत गर्ने गरिरहेको छु।’

बजेट अर्धवार्षिक समीक्षा : आम्दानी पाँच खर्ब १८ अर्ब, खर्च पाँच खर्ब ६६ अर्ब

आर्थिक वर्ष २०८०-८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ।

जसले बगैंचाबाटै बेच्छिन् ११ लाखको सुन्तला

म्याग्दीको बेनी नगरपालिका- ३ भकिम्ली मरेककी कर्णकुमारी पुर्जाले करेसाबारी र वरिपरि फलेका सुन्तला बेचेर लाखाैं कमाउने गरेकी छन्।

म्याग्दीको राखुगाउँबाट डेढ करोडको सुन्तला बिक्री

म्याग्दीको बेनी नगरपालिका- ३, भकिम्ली राखुगाउँका किसान सुन्तला बिक्री गरेर डेढ करोड रुपैयाँभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन्।

दुई दशकदेखि मौरीपालनमा रमाएका दीपकुमार

घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका दीपकुमार मगर मौरीपालन व्यवसायमा छन्। विगत २३ वर्षदेखि उनको दैनिकी मौरीको हेरचाहमै बित्ने गरेको छ। मौरीले राम्रै आम्दानी दिँदै आएकाले मौरीपालन व्यवसायमा उत्साह बढ्दै गएको ५९ वर्षीय मगरले बताउँछन।

अम्रिसो बेचेर तीन करोड आम्दानी

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्