३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

जापान पठाउने भन्दै ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारमा पठाई दिन्छु भनी ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा गोरखा भिमसेन गाउँपालिका–६ घर भई काठमाडौं सामाखुसी बस्ने ४९ बर्षीय केदारनाथ ढकाललाई प्रहरीले पक्राउ गरेको छ।

ठगी गर्ने दुई पेट्रोल पम्पमा सिल लगाइयो

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको निर्देशनमा उपत्यकाका विभिन्न पाँच पेट्रोल पम्पमा गरिएको अनुगमनपछि दुई पेट्रोल पम्पमा ‘सिल’ गरिएको छ।

ठगीमा परेको महतो दम्पतीको दुखेसो

एमबिबीएसमा छोरीको नाम निकालिदिने भन्दै रामसोभित महतोले आफूसँग १० लाख ठगी गरेको सिरहाको सुखीपुर–८ निवासी सन्तोषी महतोले गुनासो गरेकी छन्।

मालपोत कर्मचारीकै मिलेमतोमा ठगी गरेको आरोप

जनकपुरमा आफ्नो नाउँमा रहेको एउटै जग्गा धेरै व्यक्तिलाई बेचेको आरोपमा एक भारतीय नागरिकविरुद्ध जिल्ला अदालत धनुषामा ठगी मुद्दा दायर भएको छ। जनकपुर –१, रेलवे स्टेशनस्थित भारतीय नागरिक बच्चाप्रसाद सिंहविरुद्ध मुद्दा दायर भएको हो।

ठगी गर्न नपाएपछि प्रहरीविरुद्ध लागे व्यवसायी

ठगी गर्न नपाएपछि राजधानीको मुख्य सहर दरबारमार्गका व्यवसायी प्रहरीविरुद्ध एकजुट भएका छन्। ग्राहक ठगेर मोटो रकम असुल्ने व्यापारी आफ्नो धन्दा कायम गराउन प्रहरी विरुद्ध एकजुट भएका हुन्।

चेरी फेशनवेयरको ठगीधन्दा

ललितपुर कुमारी पाटीस्थित चेरी लेडिज् फेशन वेयरले सरकार र ग्राहकलाई ठगी गर्दै आइरहेको पीडित उपभोक्ताले बताएका छन्। कुमारी पाटीस्थित चेरी लेडिज फेसन वेयरले आफ्नो पसलबाट बिक्री गरेका कुनै पनि लुगा, ब्यागलगायतका सामानको बिक्री बिल दिने गरेको छैन।

अवैध नेटवर्क व्यवसायको नाममा ठगी गर्ने ७ पक्राउ

अनलाईन ब्यबसाय तथा बिभिन्न माध्यमबाट सर्वसाधरणलाई सदस्य बनाउने भन्दै नेटवर्क व्यवसायको नाममा ठगी गरेको आरोपमा प्रहरीले केही व्याक्तिहरुलाई पक्राउ गरेको छ।

पोल्याण्ड पठाइदिने भन्दै ठगी

पोल्याण्ड पठाइदिने बाहनामा नक्कली एजेन्टले खोटाङका युवालाई ठगेका छन्। पोल्याण्ड पठाइदिने भन्दै १ लाख लिएका सिन्धुलीका एजेन्ट सरनबहादुर राई बेपत्ता भएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका सागर तामाङ गठिएका हुन्।

भारतीय सेनाका पूर्व जर्नेल भन्दै ठगी गर्ने पक्राउ

आफू भारतीय सेनाको भूतपूर्व जर्नेल भएको बताउँदै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार रहेका एक दम्पती बिहीबार झापामा पक्राउ परेका छन्।

एआईजीको श्रीमती बनेर ठगी गर्ने पक्राउ

एआईजीकी श्रीमती बनेर प्रहरीमा जागिर लगाइदिने र जर्नेलको पीए हुँ भन्दै सेनामा जागिर लगाइदिने प्रलोभन देखाएर करोडभन्दा बढी ठगी गर्ने ४ जना पक्राउ परेका छन्।

म्यानपावर र कन्सल्टेन्सीविरुद्ध अर्ब ठगीको उजुरी

महानगरीय प्रहरी अपराध महाशाखाको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) तथा कन्सल्टेन्सीले ठगेको आरोपमा झन्डै एक अर्ब बिगो दाबीसहितका उजुरी परेका छन्।

अख्तियारको अधिकृत र मन्त्रीको पिए भन्दै ठगी

महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकृत तथा विभिन्न मन्त्रीको पिए रहेको भन्दै ठगी गर्ने छविलाल चौधरीलाई पक्राउ गरेको छ।

२५ लाखको लट्री परेको भन्दै ठगी गर्ने पक्राउ

भूमिकास्थान नगरपालिका वडा नं ७ स्थायी बसोबास गर्ने सुनिल परियार सामाजिक सञ्जाल इमोमार्फत ठगिन पुगेका छन्।यही फागुन १० गते रोजगारीको सिलसिलामा युनाइटेड अरब दुबईमा रहेका प्रताप रानाले परियारलाई तपाईँलाई लट्री परेको छ भनी इमोमार्फत जानकारी गराएका थिए। रानाले परियारलाई “रु २५ लाख लट्री परेको छ, नागरिकताको फोटोकपी पठाउनुस्”, भन्दै बैंकको खाता नं मागेका थिए।

लट्री पर्‍यो भन्दै ठगी गर्ने तीन पक्राउ

भाइबर, फेसबुक जस्ता सामाजिक संजाल मार्फत २५ लाखको लट्री जित्नु भएको छ भन्दै सर्वसाधारणलाई ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले लट्री परेको भन्दै बैंक खाता नम्बर तथा परिचय खुल्ने कागजात पठाउन लगाई लट्री बापतको कर नेपाल सरकारलाई तिर्नु पर्ने रकम जम्मा गरेपछि रकम खातामा जम्मा हुने बताउँदै सर्बसाधारणलाई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ।

बैंक ठगीको घटना, हालसम्म तीन पक्राउ

भारतको आर्थिक नगरी मुम्बईमा रहेको पञ्जाब नेसनल बैंकको शाखा बम्बे स्टक एक्सचेन्ज र भारतको केन्द्रीय बैंक, रिजर्भ बैंक अफ इन्डिया नजिकैको सडकमा रहेको छ। मुम्बईको महत्वपूर्ण क्षेत्रमा रहेको बैंकको शाखा अहिले स्थानविशेषले मात्रै नभई अर्बपति हिरा व्यवसायी निरभ मोदीसम्बन्धित बैंक ठगीको विषयले पनि केन्द्रविन्दुमा रहेको छ । जसको कारण भारतको बैंकिङ सम्पत्तिको करिब ७० प्रतिशत हिस्सा ओगट्ने राज्य बंैकिङ क्षेत्रको विश्वसनीयतालाई समेत हल्लाइदिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्