पूर्व-पश्चिम लाईफलाइन १२ घण्टादेखि ठप्प, छैन राज्य
पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड अझै सुचारु हुन नसक्दा यात्रुहरू मारमा परेका छन्।
पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड अझै सुचारु हुन नसक्दा यात्रुहरू मारमा परेका छन्।
नेपालगञ्जको कारकादोमा स्कारपियोको ठक्करबाट मृत्यु भएका दुईजनाका आफन्तले क्षतिपूर्ति र न्यायको माग गर्दै सडक अवरुद्ध गरेका हुन्।
म्याग्दीका बेनी–दरबाङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका–४ सिंगा तातोपानीको फापरखेतमा सडक माथिबाट खसेको सुख्खा पहिरोका कारण दुईदिनदेखि अवरुद्ध छ।
पहिरोले गोरखा–आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो ।
पहिरो खस्दा नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।आज बिहान टोपे खोलामा खसेको पहिरोको कारण मुग्लिन नारायणगढ सडक बन्द भएको हो।
अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ ।लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ।
हेटौँडाबाट काठमाडौँ जाने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन्। गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा भैँसे भीमफेदी सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको हो।
दुई दिनदेखि परेको वर्षाले कर्णालीका ठाउँ ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। पहिरोले आइतबार बिहानदेखि कर्णाली राजमार्ग, सुर्खेत–दैलेख खण्ड, सुर्खेत–जाजरकोट खण्ड अवरुद्ध भएको हो।
वर्षात्का कारण पहिराले सडक भासिंदा तिवारीभञ्याङ-मानेडाँडा-अँधेरीघाट सडक अवरुद्ध बनेको छ। मध्यपहाडी लोकमार्गको भोजपुर–लेगुवा सडकखण्ड अन्तर्गत तिवारीभञ्याङबाट अँधेरीघाट छुट्ने शून्य विन्दुमा सडक भासिएका कारण यातायात सञ्चालनमा समस्या भएको हो।
अबिरल वर्षाका कारण सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ। आयोजनाको बुर्तिबाङ–ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका–५ र ६ को सिमाना दोगाडी नजिकै सडक अवरुद्ध भएको हो।
पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले उक्त सडक अवरुद्ध बनेको हो।
वर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङ–कुश्मीशेरा सडक अवरुद्ध भएको छ। बागलुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो।
नेपाल जिओ टेक्निकल सोसाइटीका अध्यक्ष डा. मन्दिप सुवेदीका अनुसार पहाडी भूभागमा सडक निर्माण गर्दा डिजाइनमा जति खर्च गरिन्छ, सोही अनुरूपको खर्च स्लोप डिजाइनमा पनि गर्नुपर्छ। तर त्यस्तो नभएकाले सडकमा बारम्बार पहिरो झर्ने समस्या देखिँदै आइरहेको उनले बताए ।
लगातार तिन दिनदेखी परिरहेको अविरल बर्षाका कारण गोरुसिंगे–सन्धिखर्क सडक अवरुद्ध भएको छ । अर्घाखाँचीको मुख्य सडक नै अवरुद्ध भएपछी आवातजावत बन्द भएको हो।
बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ।