३१ वैशाख २०८१ सोमबार
image/svg+xml

‘भूमिका परिवर्तन गर्न चाहन्छु’

निर्देशक विकासराज आचार्यको फिल्म ‘नाइँ नभन्नू ल ४’बाट फिल्मी अभिनयमा ‘डेब्यु’ गरेपछि नायिका वर्षा राउतले पछाडि फर्केर हेर्नु परेन। यो फिल्म पछि उनी एकपछि अर्को फिल्ममा व्यस्त भइन्। वर्षाले अभिनय गरेका अधिकांश फिल्म कमेडी फ्लेभरका छन्।

काठमाडौंमा हल्का वर्षा, पहाडी र हिमाली क्षेत्रमा हिमपात

काठमाडौं उपत्यकामा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसममा बदली काठमाडौंमा हल्का वर्षा भएको हो। काठमाडौंको तापक्रम ८ डिग्री रहेको र चन्द्रागिरी तथा मकवानपुरको दामनमा हिउँ परिरहेको मौसमविद गंगा नगरकोटीले जानकारी दिइन।

पहाडी भू-भागमा हल्का वर्षाकाे सम्भावना

देशको पहाडी भू–भागमा आंशिक बदली रही एक/दुई स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति सिंह उल्का वर्षा हुने

आज राति सिंह राशिबाट उल्का वर्षा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ। आकाश मण्डलमा मध्यराति १२ बजेदेखि ३ बजेसम्म सिंह राशिबाट उल्का वर्षा भएको देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। १ः३० बजे सबैभन्दा धेरै उल्का वर्षा भएको स्पष्टरुपमा देखिने उनको भनाइ छ।

सुदूर तथा मध्यपश्चिममा अझै वर्षा हुने

मुलुकको सुदूर तथा मध्यपश्चिम क्षेत्रमा अझै केही दिन वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा अझै पूर्णरुपमा नसकिएकाले नेपालको पश्चिमी भूभागमा अझै केही दिन वर्षा हुने सम्भावना रहेको हो। विभागका महानिर्देशक डा ऋषिराम शर्माले नेपालको पश्चिमी भागमा अझै पनि पानी परिरहेको बताए। “पश्चिमी भूभागमा पानी परिरहेको छ, पानी पर्ने क्रम अझै केही दिन जारी रहन्छ”, उनले भने।

अविरल वर्षाले जलमग्न धनगढी (फोटो फिचर)

गएराति परेको वर्षाका कारण कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छन्। प्रदेश नम्बर सातको अस्थायी राजधानी धनगढीको मुटु मानिने एलएनचोक, पार्कमोड, प्रदेशसभा भवन अगाडिको सडक डुवानमा परेको हो।

अस्पतालमा बिरामीको चाप

वर्षासँगै जिल्ला अस्पताल बैतडीमा बिरामीको चाप बढन थालेको छ। दैनिक रुपमा एक सयदेखी डेढ सयको हाराहारीमा बिरामी आउने गरेको अस्पतालले जनाएको छ।

वर्षाले सडक अवरुद्ध, बाढीले बगाएर एकको मृत्यु

अविरल वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले १० घण्टासम्म अवरुद्ध भएको कोशी राजमार्गसँग जोडिएको तेह्रथुमको वसन्तपुर–म्याङ्लुङ सडकखण्ड सुचारु भएको छ।

पानी पर्नासाथ अवरुद्ध हुन्छ राजमार्ग

आकाश मडारिएर जब पानी पर्न थाल्छ, त्यसपछि राजमार्ग अवरुद्ध हुन थाल्छ। जब पानी पर्न थाल्छ, पहिरो र लेते राजमार्गमा थुप्रिदाँ गन्तव्यमा हिँडेका सवारी साधन कतिबेला, कुन ठाउँमा रोकिन पुग्ने हो ठेगान हुँदैन।

तीन दिन बदली र वर्षा हुने

आगामी तीन दिनसम्म देशभरि नै सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बाढिले आधा दर्जन पुल बगाउँदा स्थानीय जोखिम यात्रा गर्न बाध्य

गत  साउन २९ गते परेको अविरल वर्षाका कारण जिल्लाको नलगाड नगरपालिकाका आधा दर्जन अस्थायी तथा पक्की पुलहरू बगाउँदा स्थानीय जोखिम यात्रा गर्न बाध्य भएका छन्।

बोटमै सिमी कुहिन थालेपछि किसान चिन्तित

लगातारको वर्षातका कारण घरमा भित्र्याउने समयमा बोटमै सिमी र मकै कुहिन थालेपछि डोल्पाका कृषक चिन्तित बनेका छन।

‘पानी पर्‌यो कि निद्रै लाग्दैन’ (भिडियो रिपाेर्ट)

वर्षायाममा झरी पर्दा रमाउनेहरू धेरै छन् । पानी परेको आवाजमा लठ्ठ पर्दै मस्त निदाउनेहरूको पनि कमी छैन। तर, पानी परेपछि निद्रा हराम हुनेहरू पनि कम छैनन् । उनीहरूलाई असार–साउन नै नआइदिए हुन्थ्यो जस्तो लाग्छ।

सम्पदा क्षेत्रमा भेलबाढी

मंगलबार राती परेको वर्षाले पाटन सम्पदा क्षेत्र डुवानमा प-यो। मंगलबजार कात्तिक डबलीको अगाडिबाट भेलबाढी बग्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्