१६ असार २०८१ आइतबार
image/svg+xml

मिनी ट्रक दुर्घटना हुँदा ६ जना घाइते

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ सोलेखोलामा मिनी ट्रक दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

हवाई दुर्घटनामा दुई जनाको मृत्यु

संयुक्तराज्य अमेरिकाको न्यूयोर्कस्थित लङ आइल्यान्डमा एउटा सानो हवाई जहाज दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

गाडी दुर्घटनामा एकजनाको मृत्यु

रौतहटमा भएको सवारी दुर्घटनाका घाइतेको मृत्यु भएको छ। शुक्रबार रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गको पहिलो लच्कानजिकै पूर्वबाट पश्चिम जाँदै गरेको ना४च ८३९४ नम्बरको पिक अप गाडी दुर्घटना भएको थियो।

पल्टिएको बोलेरो भीरको रुखमा अल्झियो, एक यात्रु घाइते

खोटाङमा बोलेरो दुर्घटना हुँदा एक घाइते भएका छन्। काठमाडौंबाट सामान लिएर ऐसेलुखर्क जाँदै गरेको बा २१ च ४०४९ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका फुर्वा शेर्पा घाइते भएका हुन्।

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु दुई घाइते

ट्याक्टर दुर्घटना हुँदा सल्यानमा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

माइतीघरमा कारसँग मोटसाइकल ठोक्कियाे, एकको मृत्यु

माइतीघरमा कारसँग मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गएको छ। शुक्रबार राती थापाथलिबाट माइतीघर आइरहेको बा १७ च ४३८४ कारसँग पछाडिबाट आइरहेको बा ७२ प ९५७१ नम्बरको मोटरसाइकल ठोक्किदा बानेश्वर बस्ने २३ वर्षका आयुष राज पाण्डे र मोटरसाइकलको पछाडि बस्ने सन्तोष भण्डारी गम्भीर घाइते भएका थिए।

डुंगा दुर्घटनामा मर्नेको संख्या १५ पुग्यो

हंगेरीको राजधानी बुडापेस्टमा एक साताअघि भएको डुंगा दुर्घटनामा परी मृत्यु हुने पर्यटकको संख्या १५ पुगेको छ दक्षिण कोरियाली दुई नागरिकको थप शव भेटिएपछि सो संख्या १५ पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ। यस दुर्घटनामा परेका अझै पनि १३ व्यक्ति बेपत्ता रहेका प्रहरी स्रोतलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

पीडितलाई आश्वासन मात्रै

माडी नगरपालिका–८ कान्तिपुरस्थित बाह्रघरेका ३९ वर्षीय राजु प्रजा बाँदरमुढे घटनाका पीडित हुन्। घटनामा उनले बुबा सुनबहादुर र बहिनी मीनालाई गुमाए। बहिनीको हातको खिल जँचाउन र आफ्नो नागरिकता बनाउन भन्दै उनी बुवासँग बिहानै घरबाट हिँडेका थिए। बसमा भीडभाड भएपछि उनी छतमा चढे। बस बम विस्फोटमा पर्दा उनी हुत्तिएर पर पुगे। बहिनी र बुबाको घटनास्थलमै मृत्यु भयो। उनको ढाडमा चोट लाग्यो। घटनापछि अति डराएका उनी राम्रोसँग उपचारै नगरी घर आए। ढाडको चोटलाई सामान्य ठाने। ऐलानी जग्गामा बसोबास गर्दै आएको परिवारको जीविकोपार्जन गर्ने जिम्मेवारी उनकै काँधमा थियो। अरू उपाय नभएपछि बिदेसिन बाध्य भए। घटनाको चार महिनामै बिदेसिएका उनी ढाडको चोटका कारण एक वर्षभन्दा बढी टिक्न सकेनन्।

इन्डोनेसियामा डुङ्गा दुर्घटना, १७ जना वेपत्ता

मध्य सुलावेसी प्रान्तमा कार्गो जहाज दुर्घटना हुदाँ कम्तीमा १७ जना चालक दलका सदस्य वेपत्ता भएका इन्डोनेसियाको सरकारी स्रोतले बुधबार जानकारी दिएको छ।

मोटरसाइकलको ठक्करबाट ५ बर्षीया बालिकाको मृत्यु

पृथ्वी राजमार्ग अन्तर्गत म्याग्दे गाउँपालिका १ तल्लो गुणादीमा मोटरसाइकलले ठक्कर दिँदा पाँच बर्षीया बालिकाको मृत्यु भएको छ। पोखराबाट दमौली जाँदै गरेको ३–०२–००६ प २५२६ नम्बरको मोटरसाइकलले सडक छेउमा हिडिरहेकी स्थानीय निशा आलेलाई ठक्कर दिँदा मृत्यु भएको हो।

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

गोरखा नगरपालिका वडा नम्बर १० छेवेटारमा मंगलवार राति २ बजे ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यू भएको छ। बाह्रकिलोबाट नयाँसाँघु तर्फ जाँदै गरेको ना ६ त ९६२६ नम्बरको ट्याक्टर अनियन्त्रीत भई घरमा ठोक्किँदा चालक गोरखा नगरपालिका १२ का २६ वर्षिय वकिलबहादुर कुमालको ज्यान गएको हो।

पोर्चुगलमा सडक दुर्घटनामा परी नेपालीकाे मृत्यु

युरोपेली देश पोर्चुगल आउनुभएका गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नं ६ का ३६ वर्षीय नेपाली युवक रमेशकुमार शर्मा रिजालको सडक दुर्घटनामा परी निधन भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्