पदयात्राका क्रममा सम्पर्कबिहीन भएका भारतीय पर्यटक सकुशल भेटिए
अन्नपूर्ण फेरोको पदयात्राको क्रममा अलपत्र परेका दुइजना भारतीय पदयात्रीको सकुशल उद्धार गरिएको छ।
अन्नपूर्ण फेरोको पदयात्राको क्रममा अलपत्र परेका दुइजना भारतीय पदयात्रीको सकुशल उद्धार गरिएको छ।
नेपाल भित्रिने विदेशी पर्यटक मध्ये सबैभन्दा बढी ३१ देखि ४५ वर्ष उमेर समूहका हुने गरेका छन्। सन् २०२३ मा नेपाल भित्रिएका १० लाख १४ हजार ८ सय ८२ जना विदेशी पर्यटकमध्ये ३ लाख १७ हजार १ सय ७० जना विदेशी पर्यटक ३१ देखि ४५ वर्ष उमेर समूहको रहेको पर्यटन मन्त्रालयको तथ्यांक रहेको छ।
पर्यटन मन्त्रालयले राखेको तथ्यांक अनुसार सन् १९९५ पछि सबैभन्दा कम विदेशी पाहुना भित्रिएको महिना हो २०२० को अप्रिल। त्यो महिना नेपालमा जम्मा १४ जना विदेशी पर्यटक हवाई माध्यमबाट भित्रिएको तथ्यांक छ। त्यसपछिका अरु पाँच महिनासम्मको तथ्यांकमा नेपालमा विदेशी पर्यटक भित्रिएको संख्या तीन अंकभित्रै सीमित थियो। तर पछिल्लो समय नेपालको पर्यटक आगमन २०१९ को महिनालाई उछिन्दै उकालो लाग्न थालेको छ। चारवर्ष अवधिमा दुइ अंकको आगमन बढेर एकलाख कटिसकेको छ।
सन् २०२४ को अप्रिल महिनामा नेपालमा १ लाख ११ हजार ३ सय ७६ जना विदेशी पर्यटक भित्रिएका छन। ती सबै हवाई माध्यमबाट भित्रिएका पाहुना हुन।
जुम्लाको तातोपानी गाउँपालिका ४ मा अवस्थित पर्यटकीय स्थल गिडिदहको नापजाँच प्रतिवेदन सार्वजनिक गरिएको छ। काठमाडौं विश्वविद्यालयले गरेको अध्ययनका आधारमा प्रतिवेदन सार्वजनिक गरिएको हो।
बाक्लो तुवाँलोले गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अझै खुल्न सकेको छैन। तरपनि पर्यटकहरु जहाज कुरेर विमानस्थलमै बसिरहेका छन्।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले भैरहवाका पर्यटन व्यवसायीमा जति खुसी छाएको थियो अहिले विमानस्थल सञ्चालनमा नआउँदा त्यति नै निराशा छाएको छ।
केहीवर्ष अघिसम्म अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रको पदयात्रामा जाने अधिकांश विदेशी पदयात्रीले पोखरालाई ‘सुरुवाती’ वा ‘अन्तिम’ गन्तव्य बनाउँथे।
विकट जिल्ला मनाङ भ्रमणमा आएका विदेशी पाँच पर्यटक लेक लागेर बिरामी परेपछि उनीहरुको उद्धार गरिएको छ।
विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन्।
कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल घुम्ने उपयुक्त मौसम सुरु भएसँगै पर्यटकीय गतिविधि बढ्दै गएको छ ।
अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म सडकमार्ग हुँदै हिमालपारिको जिल्ला मुस्ताङमा चार लाख पर्यटक पुगेका छन्।
कालीकोटको खाँडाचक्र नगरपालिका– १ मान्मस्थित कोटदरबार आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ।
नयाँ वर्ष ०८१ मा आन्तरिक पर्यटक बढेसँगै प्रसिद्ध पर्यटकीय तथा धार्मिकस्थल रौतापोखरीमा सुरक्षित आवासको खाँचो छ।
नेपालकै सुन्दर ताल राराको वरिपरि निर्माण हुने रारा पर्यटकीय पूर्वाधार निर्माण आयोजनाको काम अलपत्र परेको छ। निर्माण कम्पनीले जिम्मा लिएको काम लापरवाहीले गर्दा तीन वर्षदेखि अलपत्र परेको हो।