झ्याप्ले पहिरोका प्रत्यक्षदर्शीः चितवन र गोरखाबाट गएका गाडी मेरै अगाडि पुरिए
पृथ्वीराजमार्गको झ्याप्लेखोलामा पहिरोमा पुरिएकामध्ये गोरखाबाट गएको बस र बुटवलबाट गएको विङगर भन्दा पछाडिपट्टि पोखराबाट गएको स्वीफ्ट होलिडेजको बस थियो । विदेशी र स्वदेशी गरि २० जना यात्रु लिएर गएको उक्त बस ठूलो दुर्घटनाबाट जोगिएको थियो । गोरखा र चितवनबाट गएका दुइ सवारी पहिरोमा पुरिएका थिए ।