३१ वैशाख २०८१ सोमबार
image/svg+xml

अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै बढी पर्यटक

पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटक भित्रिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो। त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए।

विदेशी पर्यटकको पहिलो रोजाइ बन्दै ‘मुस्ताङ’

सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ।

‘मौरीस हर्गोज’ पदमार्गको प्रवर्द्धन गर्न पदयात्रा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरीस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि आजदेखि पदयात्रा सुरु भएको छ।

इन्टरनेटको पहुँचमा तिलिचो ताल क्षेत्र

विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ। हिमाली जिल्ला मनाङमा अवस्थित सो तालको अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यान दिँदै क्षेत्रमा इन्टरनेट जडान गरिएको हो।

मनाङको स्थानीय पालिका हिमताल खोजी गर्दै

मनाङको केही स्थानीय पालिकाले आफ्नो आन्तरिक आयबाट जिल्लामा भएका हिमतालको खोजी गर्ने योजना बनाएका छन्।

आकर्षणको केन्द्र हिमताल

यहाँको हिमशृंखला, तालतलैया, अग्ला तरेली परेका डाँडा, हिमालका मनोरम दृश्यमा रमाउन पर्यटक आउने गर्दछन्। विशेषगरी यहाँ आउने पर्यटक हिमतालमा रमाउने गरेको पाइन्छ।

मादी गाउँपालिकाले भन्योः एक्याप हटाएर हामीलाई अधिकार देउ

मादी गाउँपालिकाले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) हटाउन माग गरेको छ। मादी गाउँपालिकाको दशौं गाउँसभाले एक्याप हटाउन संघ सरकारसँग माग गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्