हेलिकप्टर र स्थलमार्गबाट खोज्दा समेत भेटिएनन् मर्दी क्षेत्रमा हराएका पर्यटक
मर्दी हिमाल पदयात्राका क्रममा सम्पर्कविहीन भएका स्वीडेनका नागरिक माइकेल लीउ ब्लमबर्ग अझै फेला परेका छैनन्।
मर्दी हिमाल पदयात्राका क्रममा सम्पर्कविहीन भएका स्वीडेनका नागरिक माइकेल लीउ ब्लमबर्ग अझै फेला परेका छैनन्।
मर्दी हिमालको पदयात्रामा रहेका एकजना विदेशी नागरिक गत शनिबारदेखि सम्पर्कविहीन भएका छन्। मर्दी हिमाल आधारशिविर उक्लने गरि एकाबिहानै एक्लै होटलबाट निस्केका उनी त्यसपछि कतैपनि सम्पर्कमा आएका छैनन। होटलमा आफ्ना सामान राखेर निस्केका ती पर्यटक नफर्केको प्रहरीले बताएको छ।