२९ वैशाख २०८१ शनिबार
image/svg+xml

युवा आक्रोशको अन्तर्य

शुक्रबार भयो त्यस्तै। वैदेशिक रोजगारीमा जाने विषयमा विवाद भएपछि आक्रोशित केही युवाबीच सुरक्षाकर्मीले गोली चलाउँदा दुईजनाको मृत्यु भयो। यसलाई स्वाभाविक मान्न सकिँदैन।

आफैलाई गोली हानेर गम्भीर घाइते भएकी सैनिकको मृत्यु

आफैले बाकेको हतियारले आफैलाई गोली हान्दा गम्भीर घाइते भएकी कपिलवस्तु शमशेरदल गणमा कार्यरत महिला (सैनिक जवान) सिपाहीको मृत्यु भएको छ।

साफ यु–१९ महिला फुटबल: नेपाल बाहिरियो

बंगलादेशमा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतसँग १–० ले स्तब्ध हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।

तालिबान आक्रमणपछि ८० भन्दा बढी अफगान सिपाहीहरू उज्वेकिस्तानमा

तालिबान समूहले देशका २४ राज्यलाई आफ्नो नियन्त्रणमा लिएको बताइरहँदा अफगानिस्तानको सीमा क्षेत्रमा तैनाद् ८४ अफगान सैनिकले अफगान–उज्वेकिस्तान सीमा पार गरी स्थानीय प्रशासनसमक्ष सहयोग मागेका उज्वेकिस्तानको विदेश मन्त्रालयले आइतबार जानकारी गराएको छ।

कोरोना मैदानमा सेता सिपाही

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका डा. अशोक गौतम हुम्ला खटिएको दुई महिना बित्यो । उनी कोरोना भाइरसको संक्रमणको हल्ला चलेदेखि नै हुम्लामा छन् । दैनिक ८ घण्टाको यात्रा गरेर सर्वसाधारणलाई स्वास्थ्य सेवा दिइरहेका छन् ।

‘सिपाहीको डायरी’ उपन्यास विमोचित

सशस्त्र द्वन्द्वकालमा नेपाली सेनामा कार्यरत रहँदा दोहोरो भीडन्तमा परी ज्यान जोगाएका पूर्व जवान दैलेखका चन्द्र कटुवालको यथार्थमा आधारित उपन्यास ‘सिपाहीको डायरी’ आज सार्वजनिक गरिएको छ।

प्रजातान्त्रिक आन्दोलनका अथक सिपाही

मुजा परेको अनुहार हेर्दा लाग्छ, वीरबल बिराजीलाई बुढ्यौलीले छपक्कै छोपिसकेको छ तर सक्रिय जीवनशैलीले उनलाई अझै जवान बनाइराखेको छ । २००७ सालमा उनले सुरु गरेको सक्रिय राजनीतिलाई अझै क्रियाशील बनाइराखेका छन् । यही क्रियाशीलताले नै उनको उपनाम नै प्रजातन्त्रका सिपाही बन्न पुगेको छ । उनी राजनीतिकर्मी कम र प्रजातान्त्रिक आन्दोलनका सिपाही बढी देखिन्छन् र उनी आफूलाई चिनाउँदा पनि त्यही रुपमा चिनिन चाहन्छन् ।

सैन्य आधार तालिममा प्रधानसेनापति, २४९ प्रशिक्षार्थी बने सिपाही

प्रधानसेनापति राजेन्द्र क्षत्रीले रुपन्देहीको श्री नं.२ तालिम गणमा सञ्चालन भएको सि.सं.४ सैन्य आधार तालिमको अन्तिम दलेल कवाजको मंगलबार निरीक्षण गरेका छन्।

काठमाडौं प्रहरीका सई र सिपाही पक्राउ

काठमाडौं– प्रहरीले महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी नायब निरिक्षक(सई) निर्मल ज्ञवाली र प्रहरी जवान सन्तोष खडकालाई हिरासतमा राखेर अनुसन्धान थालेको छ। परिसरमा वैदेशिक रोजगार सम्बन्धी ठगीमा आएकी सेवाग्राहीसँग अनुचित लाभ लिएको आरोपमा सई ज्ञवाली र खडका उपर छानबिन थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्