१२ असार २०८१ बुधबार
image/svg+xml

नेपथ्यका कार्यक्रम स्थगित

कोरोना संक्रमण रोकथामका लागि सरकारले सतर्कता अपनाएपछि लोक रक ब्यान्ड नेपथ्यले एक महिनाको लागि आफ्ना सबै कार्यक्रम स्थगित गरेको छ।

नेपथ्यको प्रस्तुतिले भृकुटीमण्डप गुञ्जायमान

आँगनै भरी हिउँ नै झरे, आरु फूल है टिपी राखे है’ बोलको गीत गुञ्जयमानसँगै नेपाली लोक रक ब्यान्ड नेपथ्यको सुरुवाती दिनको झल्को दिने फोटोहरूको श्रव्यदृश्य प्रस्तुत भइरहेको थियो।

स्कुल भवन बनाउन ‘नेपथ्य साँझ’ हुने

नेपाली सांगीतिक ब्यान्ड नेपथ्यले आगामी फागुन १७ मा राजधानीमा कन्सर्ट गर्ने भएको छ। मंगलबार नेपालयले प्रेस विज्ञप्तिमार्फत नेपथ्यले भृकुटीमण्डपमा आगामी फागुन १७ मा ‘शिक्षाको लागि संगीत’ कन्सर्ट गर्ने जानकारी गराएको थियो।

नेपथ्यले मञ्चबाट गर्‍यो सुक गुरुङको बिदाइ

गीतकार सुक गुरुङको निधनपछि नेपाली सांगीतिक ब्यान्ड नेपथ्यले उनलाई मञ्चबाट श्रद्धान्जली अर्पण गरेको छ।

सिड्नीमा नेपथ्य

नेपाली लोकरक ब्याण्ड नेपथ्यले शनिबार अस्ट्रेलियाको सिड्नीस्थित बिग टप अडिटोरियममा सांगीतिक प्रस्तुती दिएको छ। हाल अस्ट्रेलियाको सांगीतिक टूरमा रहेको नेपथ्यको कन्सर्टमा सहभागी हुन पुगेका दर्शकले बिग टप अडिटोरियम भरिभराउ थियो।

डार्बिनको आत्मीय घेरामा 'नेपथ्य'

नेपाली लोक रक ब्याण्ड ‘नेपथ्य’ ले अस्ट्रेलियाको विभिन्न सहरमा श्रृंखलाबद्ध सांगीतिक प्रस्तुति दिइरहेको छ। शुक्रबार नेपथ्यले अस्ट्रेलियाको डार्बिनस्थित इटालियन क्लबमा सांगीतिक प्रस्तुति दिएको थियो।

अष्ट्रेलिया नचाउँदै 'नेपथ्य'

गत शनिबार ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) डान्स क्लबमा पूर्वराजा ज्ञानेन्द्र शाहको नृत्यसहित गुन्जयमान बनेको गीत ‘रातो र चन्द्रसूर्जे’ हालै अष्ट्रेलियामा गुन्जिएको छ। मंगलबारदेखि अष्ट्रेलियाको ब्रिसबेनस्थित फोर्टिच्युड म्युजिक हलबाट सुरु भएको लोक पप ब्याण्ड नेपथ्यको श्रृंखलाबद्ध सांगीतिक प्रस्तुतिको क्रममा ‘रातो र चन्द्रसूर्जे’ गीत गुन्जिँदा उपस्थित दुई हजारभन्दा बढी दर्शकहरु उत्साहित भएका थिए।

नेपथ्य अस्ट्रेलिया जाँदै

लोक–रक ब्यान्ड नेपथ्यले अस्ट्रेलियाको सांगीतिक यात्रा गर्ने भएको छ। त्यहाँ रहेका नेपालीको चाहना अनुरुप केही वर्षयता नेपथ्यले शृंखलाबद्ध प्रस्तुतिसहित यात्रा गर्दै आएको छ।

दोहामा ‘नेपथ्य’ को आवाज

नेपाली लोक पप ब्याण्ड नेपथ्यले कतारको राजधानी दोहामा सांगीतिक प्रस्तुति दिएका छन्। आइतबार ईश्लाम धर्मावलम्बीहरुको चाड ‘इद अलअदा’ र जनैपूर्णिमाको अवसरमा नेपथ्यले दोहास्थित एशियन टाउन एम्पीथिएटरमा सांगीतिक प्रस्तुति दिएका थिए।

‘नेपथ्य’ को आवाज दोहामा

नेपाली लोक पप ब्याण्ड नेपथ्यले कतारको राजधानी दोहामा सांगीतिक प्रस्तुति दिने भएको छ। आगामी साउन २७ मा ईश्लाम धर्मावलम्बीहरुको चाड ‘इद अलअदा’ को अवसरमा नेपथ्यले दोहामा रहेका नेपाली समुदायमाझ सांगीतिक प्रस्तुति दिदैँछन्। नेपाथ्यले दोहास्थित एशियन टाउन एम्पीथिएटरमा सांगीतिक प्रस्तुति दिने भएका हुन्।

भिडियोमा नेपथ्यको ‘नासै छ्याँबा’

सांगीतिक समूह ‘नेपथ्य’को गीत ‘नासै छ्याँबामनो ह्योल’ को भिडियो सार्वजनिक भएको छ। नेपालीमा ‘गाउँहरू मध्येमा मनाङको गाउँ राम्रो’ अर्थ राख्ने यो गीतमा व्यान्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङको स्वर छ। अमृतले सन् २००४ ताका ट्रेकिङ गर्दै थोराङ पास नाघ्ने बेला मनाङकै परिवेशमा बसेर यसको रचना गरेका थिए। यसको रेकर्ड भने त्यसको चारवर्षपछि अर्थात् सन् २००८ मा तयार भएको ‘ऐनाझ्याल’मा राखिएको थियो।

दुबईमा नेपथ्य

लोकरक ब्यान्ड नेपथ्य आगामी मार्च १५ मा दुबईमा गुन्जिने भएको छ। ब्यान्ड स्थापनाको २५ औँ वर्ष पुरा भएको अवसरमा विश्वभर सांगीतिक यात्रामा हिडिरहेको नेपथ्य दुबईको करामास्थित अल नासर लेजरल्याण्डको हलमा गुन्जिने भएको हो।

दुबईमा गुन्जिँदै नेपथ्य

नेपालको लोकप्रिय लोकरक ब्यान्ड नेपथ्य आउँदो मार्च १९ तारिक दुबई शहरमा गुन्जिने भएको छ। ब्यान्ड स्थापनाको २५ औँ वर्ष पुरा भएको अवसरमा विश्वभर सांगितिक यात्रामा हिडिरहेको नेपथ्य दुबईको करामास्थित अल नासर लेजरल्याण्डको हलमा गुन्जिने भएको हो।

डा. केसीको पक्षमा नेपथ्य

डाडाँहरूले घेरिएको उपत्यका जस्तै पाँचथर सदरमुकाम फिदिममा चर्चित सांगीतिक व्याण्ड नेपथ्यको गीतसंगीत गुन्जिदै थियो। दर्शकहरू उत्साहित थिए। माहोल निकै रौसिएको थियो। फिदिम माविको खेलमैदानमा भरिभराउ दर्शकहरू लोकरक शैलीका गीतमा नाचिरहेका देखिन्थे। इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमका गाँउ–गाँउबाट आएका दर्शकहरूको उत्साह हेर्न लायक थियो।

नेपथ्यले फिदिममा प्रस्तुती दिने

पूर्वदेखि पश्चिम सम्मकाे  ‘नेपाल यात्रा' पछि एकपटक पुन: नेपथ्यले पूर्वि क्षेत्रमा प्रस्तुती दिने भएकाे छ। माघे संक्रान्तिको भोलीपल्ट नेपथ्यले फिदिममा प्रस्तुती दिँदै छ। नेपथ्यले पहिलोपटक यहाँ प्रस्तुति दिने भएकाे हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्