३० वैशाख २०८१ आइतबार
image/svg+xml

सरकारले ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तारको कार्यलाई तीव्रता दिँदै गएको छः प्रधानमन्त्री

प्रधनमन्त्री पुष्पकमल दाहालले दुरसञ्चार सेवाको आधुनिकीकरण तथा सुदृढिकरण, ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तारको कार्यलाई तीव्रता दिँदै गएको बताएका छन्।

हिमालयन बैंकको शाखा विस्तार

हिमालयन बैंकले गोंगबु शाखालाई स्थानान्तरण गरी बुढानीलकण्ठ हात्तीगौंडाबाट विभिन्न बैंकिङ सेवा विस्तार गरेको छ।

आधारभूत अस्पतालको भवन शिलान्यासमै सीमित

‘पूर्वप्रधानमन्त्रीले शिलान्यास गर्दा हाम्रो पनि परेछ। अस्पताल बनाउन भनेर जग्गा जुटाएर घडेरी सम्यायौँ। डिपिआर पास गरेर अर्थमन्त्रालय गयौँ। मन्त्रालयले सबै पैसाको सुनिश्चितता छैन भन्छ।’

वीर अस्पतालको बेहाल

आर्थिक अभावकै कारण अस्पतालका सेवा प्रभावित भएका छन्। एकातिर क्षमता विस्तार गर्नुपर्ने र अर्कातिर बजेट कम हुनाले मुलुककै जेठो अस्पताल वीर बेहाल अवस्थामा पुगेको हो।

बल्ल बल्याे भोजपुरको खोक्सिक र बाउराङमा बिजुली बत्ती

भौगोलिक रूपमा विकट मानिने रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा बिजुली बत्ती बलेको छ। रामप्रसादराई–८ मा पर्ने यी स्थानमा वडा कार्यालयले विद्युत् विस्तार गरेको हो।

एनसेल फोरजी पश्चिमका दुर्गम जिल्लामा विस्तार

मुगु, डोल्पा, हुम्ला र बाजुराका सदरमुकाममा एनसेलको उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार भएको छ ।

साल्ट ट्रेडिङले सेवा विस्तार गर्ने

उपभोक्तालाई चिनी, चामल, नुन, रासायनिक मललगायतका वस्तु बिक्री–वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले लिमिटेडले सेवा क्षेत्र विस्तार गर्ने भएको छ।

मेथिनकोट अस्पतालको सेवा विस्तार

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट जिल्ला अस्पतालको सेवा विस्तार गरिएको छ।अस्पतालबाट प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउँदै संरचना व्यवस्थापनमा लागेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ।

ज्योति विकास बैंकद्वारा कार्डलेस भुक्तानी सेवा सुरुवात

ज्योति विकास बैंकले डेबिट कार्ड बिना नै एटिएमबाट पैसा निकाल्न सक्ने कार्डलेस भुक्तानी सेवाको सुरुआत गरेको छ।

उपकरणको अभावमा डायलायसिस सेवा प्रभावित

उपकरणको अभावमा पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा डायलायसिस सेवा विस्तारमा कठिनाइ भएको छ।

सिटिजन्सको शाखारहित बैंकिङ सेवा त्रियुगाको तोरीबारीमा

सिटिजन्स बैंकले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरूलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ।

रेल्वे मुआब्जा विवाद टुङ्गिएसँगै कामले गति लिने विश्वास

समितिले बर्दिबास नगरपालिका वडा नं १ र १४ ९साविक बर्दिबास गाविस क्षेत्र को रेल्वेका लागि पूर्वमा रातु नदीदेखि पश्चिममा भव्सी नदीबीचमा पर्ने प्रस्तावित ५९ बिघा क्षेत्रफल जग्गाको बुधबार साँझ मूल्य निर्धारणको विषय टुङ्ग्याएको हो। बर्दिबासका दुवै वडामा रेल्वेले रोक्का राखेको जग्गाको न्यूनतम सात लाखदेखि अधिकतम रु ८१ लाखसम्म प्रतिकट्ठा मूल्य निर्धारण गरिएको भट्टराईले जानकारी दिए।

धौलागिरि अस्पतालमा डायलासिस सेवा विस्तार

४ श्यामा सञ्चालमा आएको सो सेवा अब ६ श्ययामा प्रदान गरिने छ। अस्पतालमा डाइलासिस गर्ने बिरामीको चाप उच्च भएपछि सेवा थप गरिएको धौलागिरि अस्पतालले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्