पठाओ सेवा नरोक : सर्वोच्च
मोटर साइकलमा अन्य व्यक्तिलाई ओसार्ने कामबाट नेपाल सरकारको कानुन उल्लंघन भएको दावी सहित परेको एउटा रिटमा सर्वोच्च अदालतले मंगलबार सेवा रोक्न अन्तरिम आदेश दिन नमिल्ने निर्णय सुनाएको छ
मोटर साइकलमा अन्य व्यक्तिलाई ओसार्ने कामबाट नेपाल सरकारको कानुन उल्लंघन भएको दावी सहित परेको एउटा रिटमा सर्वोच्च अदालतले मंगलबार सेवा रोक्न अन्तरिम आदेश दिन नमिल्ने निर्णय सुनाएको छ
राजधानी काठमाडौंमा सार्वजनिक यातायात प्रयोगकर्ताका दुःख अनेकन् छन्। भन्नलाई काठमाडौं महानगरपालिका भन्ने ठूलो नाम छ। ललितपुर उपमहानगरपालिका र अन्य नगरपालिका र गाउँपालिकासहित उपत्यकामा झण्डै डेढ दर्जन स्थानीय सरकार छन्। स्थानीय सरकारले यातायातलाई भरपर्दो बनाएका छैनन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले टुटल र पठाओले दिइरहेको मोटरसाइकलमा यात्रु बोक्ने सेवा नरोक्न आदेश दिएसँग यसका प्रयोगकर्ता झन् बढेका छन्। सर्वसाधारणबीच लोकप्रिय बनेका यी मोबाइल एप्सको डाउनलोड दर पहिलाभन्दा बढेको सम्बद्ध कम्पनीले बताएका छन्।
सर्वसाधारणबीच लोकप्रिय बनेका मोबाइल एप्स टुटल र पठाओले दिइरहेको सेवालाई ट्राफिक प्रहरीले बन्द गराएको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले यथावत चल्न दिन निर्देशन दिएका छन्। बुधबार राष्ट्रिय योजना आयोगमा भएको राष्ट्रिय विकास समस्या समाधान समितिको ४४औं बैठकमा प्रधानमन्त्री ओलीले मोटरसाइकलमा यात्रु बोक्ने काम हाललाई नरोक्न निर्देशन दिएका हुन्।
सरकारले उपत्यकामा चल्दै आएका ट्याक्सी व्यवसायीको दबाबमा परेर प्रविधिमा आधारित यातायात सेवा दिइरहेका ‘टुटल’ र ‘पठाओ’ सेवालाई बन्द गर्नु आलोच्य विषय हो। एकातिर सरकारले स्मार्ट सिटी बनाउँदै डिजिटल नेपाल बनाउने उद्घोष गरिरहेका बेला प्रविधिमा आधारित व्यवसाय बन्द गर्नु विरोधाभासपूर्ण कदम हो। यसले सरकारी निकायको अर्काे दोहोरो चरित्रलाई उजागर गरेको छ।