२१ आश्विन २०८१ सोमबार
image/svg+xml

खुला पेट्रोल बिक्रीले गाउँ नै असुरक्षित

बाँकेको नरैनापुर गाउँपालिकामा एउटा पनि व्यवस्थित पेट्रोलपम्प छैन। तर, यहाँका घरैपिच्छे पेट्रोल खरीद बिक्री हुन्छ। घरघरै जर्किनमा पेट्रोल राख्ने प्रचलन रहिआएको छ। यसले कारोवार र आम्दानी त राम्रै भएको छ। तर, यहाँका प्रत्येक घर असुरक्षित बन्दै गइरहेका छन्।

पेट्रोलियम पाइपलाइनः सस्तो र सफा तेल, वार्षिक दुई अर्ब बचत

मोतिहारी–अमलेखगञ्ज पाइपलाइन शुरु भएपछि नेपालीहरूको २४ वर्षपछिको सपना पूरा भएको छ। दक्षिण एशियाकै पहिलो सीमापारको रूपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन मंगलबार विधिवतरूपमा सञ्चालनमा आएसँगै २४ वर्षपछिको सपनाले साकार रूप लिएको हो।

पेट्रोलियम पाइपलाइन उद्घाटनपछि नेपालीमा मोदीको ट्वीटः नेपाल–भारत मित्रताको विशेष दिन!

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको मंगलबार भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भाषामा ट्वीट गरेका छन्।

मोदीले भने : मित्र ओलीजी ! म चाँडै नेपाल आउनेछु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नै नेपाल भ्रमणमा आउने बताएका छन्। नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाईप लाईन परियोजनाको मंगलबार संयुक्तरुपमा अनलाइन उद्घाटनमा बोल्दै मोदीले भने, ' यहाँले मलाई एकपटक नेपाल आउने निमन्त्रणा दिनुभएको छ, यहाँ समक्षा आउने मेरो पनि इच्छा छ । म चाँडो आउने प्रयास गर्नेछु।'

हो मैले इन्धन बचाउने उपकरण बनाए

महाभुकम्प र त्यसपछि भएको नाकाबन्दी, सायदै कोही नेपालीले विर्सन सक्छ। सारा नेपालीलाई लागेको भुकम्पको घाउ आलै भएका बेला भारतले नेपालमा नाकाबन्दी लगायो। यी दुबै ठूला घटनाले धेरै नेपालीलाई निरुत्साहित गरे र अनगिन्ती समस्याहरुको थुप्रो पनि लगाए।

स्वीच थिचेर गरे ओली-मोदीले पाइपलाइन उद्घाटन

अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उदघाटन गरेका छन्।

मंगलबार पेट्रोलियम पाइपलाईन उद्घाटन

दक्षिण एसियाको पहिलो क्रस बोर्डरका रुपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सम्पूर्ण तयारी पूरा भएपछि मंगलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्नेछन्।

पेट्रोलियम पाइपलाईनको मङ्गलबार उद्घाटन गरिने

दक्षिण एशियाको पहिलो क्रस बोर्डरका रुपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सम्पूर्ण तयारी पूरा भएपछि मङ्गलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन्।

काठमाडौंमा विद्युतीय बस संचालन, भाडामा २० प्रतिशत छुट

काठमाडौंमा दुई विद्युतीय बस सेवा संचालनमा आएको छ। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार काठमाडौंको प्रर्दशनीमार्गस्थित नेपाल पुलिस क्लव कार्यालय परिसरबाट सो सेवाको शुभारम्भ गरे।

मुआब्जा दिन पेट्रोलियमको कर पर्याप्त

सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनाका नाममा पेट्रोलियम पदार्थबाट असुली गरेको करले उक्त आयोजनाका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न पुगेको छ।

पाइप लाइन भदौ २४ मा उद्घाटन

दुई दशकदेखि चर्चामा रहेको नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइनबाट अर्को सातादेखि डिजेल आयात हुने भएको छ। भदौ २४ मा औपचारिक उद्घाटन भएपछि पाइपबाट डिजेल आउने नेपाल आयल निगमले जनाएको छ।

'नो हेल्मेट, नो पेट्रोल’ अभियान शुरू

मेचीनगरमा रहेका पेट्रोल पम्पमा नो हेल्मेट, नो पेट्रोल’ अभियान सञ्चालन गरिएको छ। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको अभियानलाई सहयोग गर्दै पेट्रोल पम्पहरुमा सो नियम लागू गरिएको हो

पेट्रोलियम मजदुर आन्दोलित

पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका मजदुरले सरकारले तोकेको न्यूनतम पारिश्रमिकसहितका सुविधा नपाएको भन्दै पेट्रोलियम पदार्थको ढुवानी रोक्ने चेतावनी दिएका छन्।

१९ पेट्रोल पम्पलाई कारबाही

गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले रौतहट, बारा र पर्साका १९ पेट्रोलपम्पलाई उपभोक्ता ठगी गरेको आरोपमा कारबाही गरेको छ।

पेट्रोल बम विस्फोट हुँदा नेपाली सुरक्षा गार्ड घाइते

पेट्रोलबम विस्फोट हुँदा १ नेपाली घाइते भएका छन् । मलेसियाकाे तनम डनौ कोताको आवासीय भवनमा विस्फोट हुँदा परिचय खुल्न नसकेकाे नेपाली सुरक्षा गार्ड घाइते भएका हुन् । शुक्रबार बिहान ४ः४१ बजे भएको विस्फोट भएकाे थियाे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्