३० वैशाख २०८१ आइतबार
image/svg+xml

काठमाडौँको सिफलबाट २१ जना जुवाडे पक्राउ

ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–४ घर भएका ५० वर्षीय रोहित गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरूङसमेत २१ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बाल यौन दुर्व्यवहार मुद्दामा प्रधानाध्यापकलाई नौ महिना कैद सजाय

ओखलढुङ्गामा बाल यौन दुर्व्यवहार मुद्दामा एक प्रधानाध्यापकलाई नौ महिना कैद सजायको भएको छ। जिल्लाको मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद धमलालाई जिल्ला अदालतले नौ महिना कैद सजाय तोकेको हो।

ओखलढुङ्गामा हँसिया बेच्न हिँडेका वृद्ध मृत भेटिए

ओखलढुङ्गामा हँसिया बेच्न हिँडेका एक एक वृद्ध मृत फेला परेका छन्। घरायसी फलामका हातहतियार हसिँया, कचिया बेच्न हिँडेका चिशङ्खुगढी गाउँपालिका–३ दियालेका ६५ वर्षीय गोठे कामी मृत फेला परेका हुन्।

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकै घरका चार जनाको मृत्यु

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नं. ८ मा गएराति पहिरो जाँदा एकै घरका चारजनाको मृत्यु भएको छ।

गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान

लिखु गाउँपालिकामा आइसोलेशन सञ्चालन गर्नका लागि दुई थान अक्सिजन कन्सन्ट्रेटर मेशिन, पाँच थान श्यया तथा श्ययालाई आवश्यक पर्ने सम्पूर्ण स्वास्थ्य सामग्रीहरु लिखु ओखलढुङ्गा कोभिड–१९ नियन्त्रण सहयोग समितिका संयोजक सुरेन्द्र बोगटीलाई प्रदान गरे।

रुम्जाटार विमानस्थलमा नियमित उडान हुने

ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा मङ्गलवार देखि नियमित उडान हुने भएको छ। दुई वर्षदेखि अवरुद्ध जिल्लाको एक मात्र उक्त विमानस्थल मङ्गलवारदेखि पुन: सञ्चालन हुने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्