१ असार २०८१ शुक्रबार
image/svg+xml

खाना, संस्कृति र उत्पादनको सङ्गम ‘पोखरा सडक महोत्सव’

रेस्टुरेट एन्ड बार एसोसियसन (रेवान) पोखराको आयोजनामा पोखरामा बर्सेनि सडक महोत्सव हुँदै आएको छ।

पोखरामा सुरु भयो सडक महोत्सवको रमझम (फोटो सहित)

२५ औं संस्करणको पोखरा सडक महोत्सव विहीबारदेखि पर्यटकीय क्षेत्र लेकसाइडमा सुरु भएको छ। कोरोना भाइरस संक्रमणले थला परेको पर्यटन क्षेत्रलाई उकास्न यो मेला प्रभावकारी बन्ने पर्यटन क्षेत्रको विश्वास छ। मेलामा रमाउन आउने पाहुनाका कारण पर्यटन क्षेत्र उकासिने व्यावसायी बताउँछन्।

गण्डकीमा एकै पटक चार महोत्सव, कुनै सुरु भइसके कुनै हुदै छन्

सातौँ बागलुङ महोत्सव बुधबारदेखि सुरु भएको छ। बागलुङ उद्योग वाणिज्य सङ्घले चार वर्षपछि सो महोत्सव आयोजना गरेको हो।

‘आन्तरिक पर्यटक आकर्षित गर्न महोत्सव’

पोखरा सडक महोत्सवले यो वर्ष रजत जयन्ती मनाउँदैछ। यो महोत्सव पर्यटकीय दृष्टिकोणबाट निकै नै महत्वपूर्ण छ। २५ औं संस्करणको महोत्सव आयोजना भइरहँदा अघिल्ला वर्ष भन्दा फरक र विशेष बनाउने प्रयासमा छौं।

पोखरामा गोवाको सिको

सन् १९९८ मा पहिलोपटक पोखरामा सानो आकारमा सडक महोत्सव सुरुवात गरियो। आधा किलोमिटर क्षेत्रभित्र गरिएको पहिलो महोत्सवले अहिले तीनकिलोमिटर भन्दा बढी क्षेत्र ओगट्छ।

पोखरा सडक महोत्सवः पाँचदिनमा पाँचलाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य

२५ औं पोखरा सडक महोत्सवमा कम्तिमा पाँचलाख आन्तरिक पाहुना भित्र्याउने लक्ष्य आयोजकले लिएका छन्। महोत्सवको २५ औं संस्करण विहीबारदेखि पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा सुरु हुँदैछ। पाँचदिनसम्म चल्ने महोत्सव रेस्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराले आयोजना गरेको हो।

सडक महोत्सवको प्रचारका लागि पोखराको टोली सौराहामा

पोखरा सडक महोत्सवको प्रचारका लागि पोखरा लेकसाइड रेस्टुरेन्ट एण्ड बार एशोसियशन (रेवान)को टोली सौराहामा आइपुगेको छ।

पोखरा सडक महोत्सव: पाँचलाख बढी आन्तरिक पाहुना भित्र्याउने लक्ष्य

अंग्रेजी पुरानो वर्षको बिदाई र नयाँवर्ष स्वागतार्थ आयोजना गरिने पोखरा सडक महोत्सवमा पाँचलाख बढी आन्तरिक पाहुना भित्र्याउने लक्ष्य पर्यटन व्यावसायीले सार्वजनिक गरेका छन्। पोखरामा आन्तरिक पाहुना भित्र्याउनेसबैभन्दा ठूलो पर्यटकीय गतिविधि नै सडक महोत्सव रहेको भन्दै व्यावसायीले यो पटक भित्रिने पाहुनाको आकार अघिल्ला वर्ष भन्दा झनै बढी हुने बताए।

आन्तरिक पाहुना भित्र्याउन सडक महोत्सव

आन्तरिक पाहुना आकर्षण गर्न पोखरामा बुधबारदेखि पोखरा सडक महोत्सव सुरु भएको छ। महोत्सवको २४ औं संस्करण हो। रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले आयोजना गर्दै आएको यो महोत्सव पुस १७ गतेसम्म लेकसाइड क्षेत्रमा संचालन हुनेछ।

पोखरा सडक महोत्सवः साना र मझौला होटललाई राहत

पर्यटन व्यवसायीका अनुसार पोखराका ठुला होटलमा बाह्रैमास पाहुना हुन्छन्। विभिन्न गतिविधि, भेला, बैठक, सभासम्मेलनका कारण ती होटलमा प्रायजसो पाहुना अभाव हुँदैन। चल्तीका होटलमा सधैंजसो पाहुना भईरहँदा मझौला र साना आकारका होटल भने रित्तै हुने गरेका थिए। तर, पोखराको सडक महोत्सवले भने केही अवधिका लागि पोखराका सबैखाले होटलमा पाहुना हुने गरेका छन।

पर्यटनलाई लयमा फर्काउन ‘पोखरा सडक महोत्सव ’

सुस्ताएको पोखराको पर्यटनलाई फेरी गुल्जार बनाउन पोखराका पर्यटन व्यवसायी सडक महोत्सवको तयारीमा जुटेका छन्। अंगे्रजी नयाँ बर्षकै अवसरमा वर्षेनी आयोजना गरिने ‘पोखरा सडक महोत्सव’ मार्फत कोरोनाले थलिएको पर्यटनलाई फेरी उठाउने जमर्को रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेबान) पोखराले गरेको छ।

पाहुना तान्न पोखरामा सडक महोत्सव

पोखरामा बुधबारदेखि ‘सडक महोत्सव’ सुरु भएको छ। नेपाली नयाँ वर्षको अवसरमा होटल संघ पोखराको आयोजनामा बुधबारदेखि लेकसाईडमा महोत्सव सुरु भएको हो। बिहीबारसम्म हुने महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले उद्घाटन गरे।

आजबाट पोखरामा सडक महोत्सव

कोभिडको पहिलो, दोश्रो र तेश्रो लहरका कारण सुनसान बनेको लेकसाइडमा अहिले पर्यटकहरूको चहलपहल बाक्लिन थालेको छ।

वैशाख १ गते १७ औं फेवा नव वर्ष सडक महोत्सव हुने

कोरोना महामारीबाट सिथिल बनेको पर्यटन प्रवर्धन गर्न वैशाख १ गते १७ औं फेवा नव वर्ष सडक महोत्सव हुने भएको छ।

नेपाली नयाँ वर्षमा पनि ‘सडक महोत्सव’

होटल संघ पोखराले नेपाली नयाँ वर्षको अवसर पारेर यहाँ सडक महोत्सव गर्ने भएको छ। यसअघि ‘फेवा नववर्ष’ ब्राण्डमा महोत्सव गर्दै आएको संघले रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखराकै शैलीमा सडक महोत्सव गर्ने तयारी गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्