४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

फोहर उठाउन माग गर्दै प्रदर्शन

आइतबार विद्यार्थी तथा कलेज प्रशासनले सहर सफा राख्न, कलेजको अगाडिको फोहर हटाउन माग गर्दै कलेज अगाडि विरोध गरे।

सिसडोलमा आन्दोलन : प्रहरी र स्थानीयवासीबीच झडप

काठमाडौँको फोहर व्यवस्थापन गर्ने मुख्य क्षेत्र नुवाकोटको सिसडोलका बासिन्दा पुनः आन्दोलनमा उत्रेका छन्।

दीर्घकालीन फोहर व्यवस्थापनको काम तीव्ररूपमा

शहरी विकास मन्त्रालयले आगामी असारबाटै फोहर विसर्जन गर्ने गरी बञ्चरे डाँडामा दीर्घकालीन फोहर सङ्कलन केन्द्र निर्माणको काम तीव्ररूपमा अघि बढाएको छ । अहिले निर्माण कार्यअन्तर्गत माटो मिलाउने र ड्याम निर्माणको काम भइरहेको मन्त्रालयले जनाएको छ । अबको केही दिनमा उक्त काम सकी अन्य काम सुरु हुनेछ ।

झाडापखाला प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स

फोहर खानेपानीका कारण झाडापखालाले प्रभावित भएको गुल्मीको मुसिकोट नगरपालिकामा पानी शुद्धिकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले आज वाटर एम्बुलेन्स पठाएको छ।

जबरजस्ती फोहर संकलन केन्द्र हटाउँदै वडा कार्यालय

काठमाडौं महानगरपालिका–३२ वडास्थित स्थानीयले फोहर संकलन गर्दै आएको ठाउँमा वडा कार्यालयले डोजर चलाउन थालेको पाइएको छ।

जीर्ण बने टुँडिखेल आसपासका आकासे पुल

काठमाडौं उपत्यकामा बटुवालाई मुख्य सडक पार गर्न बनाइएका टुँडिखेल आसपासका आकासे पुल जीर्ण र फोहर बनेका छन्। सरसफाई र मर्मत गर्ने गर्ने निकायले ध्यान नदिँदा ट्राफिक जाम घटाउन र सडक दुर्घटना न्यून गर्न बनाइएका आकासे पुल फोहर बनेका हुन्।

क्रसरको लापरवाहीले सेती नदीमा थुप्रिदैँ फोहरका डंगुर

सेती नदीको किनारमा सञ्चालित अधिकांस क्रसर उद्योगको चरम लापरवाहीका कारण नदी फोहरको डंगुरका रुपमा परिणत हुन थालेको छ। बर्खामा देखिने धमिलो पानी क्रसर उद्योगका कारण हिउँदमा पनि देखिन थालेको छ। रातिको समयमा सङलो देखिने नदी विहानको उज्यालोसँगै धमिलिन सुरु हुन्छ।

‘वडावासीलाई फोहर फाल्ने कपडाको झोला दिएका छौं’

सबैभन्दा पहिले त हामीले वडा कार्यालयमा सोलार बत्ती जडान गर्यौं। सबै जनताको घरघरमा वडापत्र पठायौं। भत्किएका र पानी नभएका पोखरीको संरक्षण गरियो। अझै वडामा योजना १ सय ७१ वटा सोलार बत्ती जडान गर्ने काम अघि बढाएका छौं।

नदी सफाइबाट तीन टन फोहर संकलन

नेपालीहरुको महान पर्व विजया दशमीसँगै मनोहरा नदी तथा हनुमन्ते नदी सफाइ अभियानलाई निरन्तरता दिँदै आज तीन टन फोहर संकलन गरिएको छ। काठमाडौँ, भक्तपुर र ललितपुरको संगम स्थलमा शनिवार भएको मनोहरा सफाइ सम्पदा बचाउन महाअभियानको ८४औं हप्ता तथा हनुमन्ते नदी सफाइ अभियानको ३४औं हप्ताको संयुक्त कार्यक्रम सम्पन्न भएको हो।

निस्किएन सिसडोलको विकल्प

उपत्यकाभरिको फोहर फाल्ने ठाउँ सिसडोल भरिएपछि यसको विकल्प खोज्न गत साउन १८ गते काठमाडौं महानगरपालिकाको कार्यालयमा उपत्यकाका १८ नगरपालिकाका जनप्रतिनिधि सहितको बैठक बस्यो ।

काठमाडौंबाट सिसडोल पु-याउन दुई दिन

सडकभरि फोहरले भरिएका ट्रक लामवद्ध छन्। जाममा फसेका ट्रकको ढालाबाट तपतप लिच्चड चुहिएको छ। केही ट्रकको एकातिरको टायर माटोमा धसिएको छ।

उठ्नै छाड्यो घर–घरको फोहर

काठमाडौें तिनकुनेमा बस्ने शुशिल बस्नेतको कोठामा दुई सातादेखिको फोहोर छ । फोहोर उठाउने गाडि नआउँदा उनी कोठामै फोहर पाको पारेर राख्न बाध्य छन्।

ठूला अस्पतालले नै सिधै मिसाउँछन् ढलमा फोहर पानी

संघीय राजधानीका ठूला अस्पतालले नै फोहर पानी प्रशोधन नगरी सिधै सार्वजनिक ढलमा मिसाउने गरेको एक अध्ययनले देखाएको छ। वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले हालै काठमाडौँ उपत्यकाका अस्पतालमा भइरहेको फोहर व्यवस्थापन सम्बन्धमा गरेको स्थलगत अध्ययन प्रतिवेदनले सो विषय उजागर गरेको हो।

काठमाडौंको फोहरका लागि वैकल्पिक स्थान खोज्न आवश्यक

तत्काल वैकल्पिक फोहर व्यवस्थापन गर्ने स्थान तयार गर्न नसक्ने हो भने अबको तीन महिनामा काठमाडौं उपत्यकाको फोहर पुनःसडकमा नै थुप्रिने खतरा बढेको छ।

फोहर व्यवस्थापन नहुँदा चोक र बजार दुर्गन्धित

काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्गन्धित बन्दै गएको र रोगको संक्रमण बढ्ने देखिएकोे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्