३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

रेणु दाहाललाई भाेट माग्न देउवा-दाहाल भरतपुर अाउँदै, ओलीको छुट्टै कार्यक्रम

पहिलो चरणमा हुन गइरहेको स्थानीय तह निर्वाचनको प्रचार प्रसारको आज अन्तिम दिन चितवनमा मुख्य तीन दलका शिर्ष नेताहरु नै चुनावी सभालाई सम्बोधन गर्न आउने भएका छन्। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाले संयुक्त सभालाई सम्बोधन गर्ने छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले छुट्टै सभालाई सम्बोधन गर्दै आफ्ना उम्मेद्वारलाई मत माग्ने छन्।

भरतपुर मेयर उम्मेदवारका अजेन्डा : नारायणीमा थप पुल र चक्रपथ

निर्वाचन जितेपछि भरतपुर महानगरपालिकालाई कस्तो बनाउने योजना छ? मेयर–उपमेयर पदका सबै प्रतिस्पर्धीको उस्तै जबाफ छ, 'नारायणी नदीमा थप पुल र चक्रपथ बनाउनैपर्नेछ।'

देउवाको पत्रले भरतपुरमा कोइरालाको उम्मेदवारी फिर्ता

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पत्रलाई वैधानिक मान्दै चितवन जिल्ला निर्वाचन कार्यालयले भरतपुर महानगरपालिकामा दिनेश कोइरालाको उम्मेदवारी फिर्ता गरेको छ। जिल्ला निर्वाचन कार्यालयले सूचना टाँस गरी भरतपुरमा काँग्रेसका मेयर प्रत्यासी कोइराला र माओवादी उपमेयर सुरेन्द्र गुरुङको उम्मेदवारी फिर्ता भएको जानकारी दिएको हो। निर्वाचन आयोगले उम्मेदवारी फिर्ताको सूचना टाँस गर्दैगर्दा काँग्रेसका मेयर प्रत्यासी कोइराला भने भोट माग्ने अभियान चलाइरहेका थिए।

भरतपुरमा चुनाबी तालमेल नगर्ने चितवन काँग्रेसको घोषणा

चितवन काँग्रेसले आफूहरुले जिल्लामा कसैसँग चुनाबी तालमेल नगर्ने बताएको छ । भरतपुर महानगरपालिकामा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रसँग तालमेल हुन सक्ने चर्चा आइरहेका बेलामा चितवन काँग्रेसले त्यो आधारहीन कुरा भएको प्रष्ट्याएको छ । भरतपुर काँग्रेसको गढ भएका कारण अन्य दलहरुसँग तालमेल गर्न आवश्यकता नै नरहेको नेताहरुको भनाइ छ ।

भरतपुर महानगरपालिकामा को को छन् प्रत्यासी ?

एक महानगरपालिका, एक गाउँपालिका र पाँच नगरपालिका गरेर तीन वटा स्थानीय तह रहेको चितवनमा मंगलबार उम्मेद्वारी मनोनयन दर्ता सम्पन्न भएको छ। जिल्लामा तीन लाख १३ हजार मतदाता छन्।

प्रधानमन्त्री पुत्रीले भरतपुर मेयरमा उम्मेदवारी दिने

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेणुले भरतपुर महानगरपालिका, चितवनबाट मेयरका लागि उम्मेदवारी दर्ता गर्ने भएकी छिन्।

भरतपुर महानगरमा मेयरका आकांक्षी धेरै, उपमेयरमा चासो कम

भरतपुर महानगरपालिकाको नेतृत्व गर्न चाहने आकांक्षीको लामै सूची देखिएको छ। मुख्य दलहरू नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सम्भावित मेयर उम्मेदवार छनोटको तयारी हुन थालेको छ।

सिम्रिकको काठमाडौँ–भरतपुर उडान सुरु

सिम्रिक एयरले बुधबारदेखि काठमाडौँ– भरतपुर–काठमाडौँका लागि उडान सुरु गरेको छ ।  बिहान ९ः५५ मा काठमाडौँबाट भरतपुरका लागि उडेको सिम्रिकको नाइन एन एजिआई विमान बिहान १०ः२० मा भरतपुर विमानस्थलमा अवतरण भएको भरतपुर विमानस्थलका प्रमुख शिव शर्मा उपाध्यायले जानकारी दिए । सिम्रिकसँगै काठमाडौँ–भरतपुर–काठमाडौँ उडान भर्ने एयरलाइन्सको सङ्ख्या तीन पुगेको छ ।

डा.केसीको समर्थनमा भरतपुरका चिकित्सकहरुको र्‍याली र सभा

चिकित्सा शिक्षामा सुधारको माग राखेर काठमाडौंमा अनशन बसेका डा.गोविन्द केसीको मागको समर्थनमा सोमबार बिहान भरतपुरमा चिकितसकहरुले र्‍याली र सभा गरेका छन्। अनशन बसेको लामो समय हुँदा पनि सरकारले मागको सम्बन्धमा ठोस कदम नचालेको हुँदा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने चेतवानी चिकित्सकहरुले दिए।

ठोरी–माडी–भरतपुर सडक फोरलेनको बन्छः मन्त्री पाण्डे

भूमिसुधार मन्त्री विक्रम पाण्डेले ठोरी–माडी–भरतपुर सडक फोरलेनको बन्ने बताएका छन्। समग्र ठोरीको विकासको माग लिएर राजधानीमा रहेको प्रतिनिधी टोलीसँगको बुधबारको भेटमा मन्त्री पाण्डेले यस्तो बताएका हुन्। मन्त्री पाण्डेले ठोरी–माडी–भरतपुर सडकखण्डमा पर्ने सबै खोलामा एक वर्ष भित्र पुल निर्माण भैसक्ने बताएको भेटमा सहभागी नेता रामप्रकाश कुवँरले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्