भरतपुरको मतणनास्थल बाहिर नाराजबाजी, विवादका कारण गणना स्थगित
भरतपुर महानगरपालिकाको मतगणनास्थल बाहिर नाराबाजी भइरहेको छ। वडा नं.९ को मतगणनाको विषयलाई लिएर काँग्रेस माओवादीले विवाद झिकेपछि मतगणना स्थगित भएको छ।
भरतपुर महानगरपालिकाको मतगणनास्थल बाहिर नाराबाजी भइरहेको छ। वडा नं.९ को मतगणनाको विषयलाई लिएर काँग्रेस माओवादीले विवाद झिकेपछि मतगणना स्थगित भएको छ।
भरतपुर महानगरपालिका वडा नं. ९ को मतपरिणाम सार्वजिनक हुँदा फेरि एमालेका देवी ज्ञवालीले माओवादी उम्मेदवार रेणु दाहाललाई पछि पारेका छन्। वडा नं. ९ मा पनि एमाले उम्मदेवार विजयी भएका छन्।
भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छिन्। वडा नं. ९ को मतगणनापछि दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीलाई पछि पारेकी हुन्।
सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको भरतपुर महानगरपालिकामा मेयर पदमा आएको सुरुवाती मत परिणामले सबैमा कौतुहल बढाएको छ । अन्तिम परिणाम प्रारम्भिक मतअनुसारकै आउनेछ भनेर निक्र्यौल गर्न भने हतार हुने देखिन्छ । मेयरमा एमालेका उम्मेदवारको अग्रता कायमै छ । तर, सोही पार्टीका नेतासमेत अहिले नै केही भन्न नसकिने बताउँछन् । भरतपुर महानगरपालिकामा २९ वटा वडा छन् । यहाँ कुल मतदाता एक लाख ५२ हजार रहे पनि एक लाख १२ हजारले मतदान गरेका छन् । उम्मेदवार नै नभएको चुनाव चिह्नमा मतदान गर्नेको संख्या पनि निकै छ ।
भरतपुर महानगरपालिकाका ६ वटा वडाको मतगणना शुक्रबार बिहानसम्म सकिएको छ। परिणाम घोषणा भएका ६ मध्ये काँग्रेस–एमाले ३–३ वटामा विजयी भएका छन्। काँग्रेस १, ३ र ६ नम्बर वडामा विजयी भएको छ। एमालेले २, ४ र ५ वडा कब्जा गरेको छ।
भरतपुर महानगरपालिकामा ९ घन्टापछि सार्वजनिक परिणाममा एमालेका मेयर प्रत्यासी देवी ज्ञवाली १७६९ मतको अग्रता लिएका छन्। ९२१२ मत पाएर उनी पहिलो स्थानमा छन्।
प्रधानमन्त्री पुत्री रेणु दाहाल उम्मेदवार रहेको भरतपुर महानगरपालिकाको मतपरिणाम सार्वजनिक गर्न बन्द गरिएको छ। यस अघिसम्म एक-एक घन्टामा सार्वजनिक हुनेगरीको परिणाम बिहीबार ९ बजेदेखि सार्वजनिक भएको छैन।
भरतपुर महानगरपालिकाको मत गणनामा मेयर पदमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली २७४९ मतका साथ अग्रता लिएका छन्। माओवादी केन्द्रकी रेणु दाहालले १ हजार ८६९ र राप्रपाका बद्री तिमिल्सिनाले १८४ मत प्राप्त गरेका छन्।
भरतपुर महानगरपालिकाको मत गणनामा मेयर पदमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीको अग्रता कायमै छ। भरतपुरमा वडा नं. १ को मत गणना सकिएर मंगलबार रातिबाट वडा नं. २ को मत गणना सुरु भएको छ। मंगलबार बिहान घोषणा भएको पछिल्लो विवरणअनुसार भरतपुरमा मेयर पदमा एमाले उम्मेदवार ज्ञवाली माओवादी उम्मेदवार रेणु दाहालभन्दा ८४३ मतले अगाडि पुगेका छन्। उनले २५०२ मतका साथ अग्रता लिइरहेका छन्।
भरतपुर महानगरपालिकामा मतगणनाको मंगलबार साँझसम्मको परिणाममा एमालेले अग्रता कायमै गरेको छ। एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले १२६३ मतका साथ अग्रता लिइरहेका छन्। काँग्रेस समर्थित माओवादीकी रेणु दाहाल ९५१ मतका साथ उनलाई पछ्याइरहेकी छिन्।
चितवनका सात स्थानीय तहमध्ये मतगणना भइरहेका छवटा स्थानीय तहमा एमाले अगाडि छ। भरतपुर महानगरपालिकामा मतगणनाको सुरुवाती परिणाममा सत्तारुढ गठबन्धन काँग्रेस माओवादीका उम्मेद्वारभन्दा अगाडी रहेको एमाले मध्यरातपछि पछि परेका थिए। मंगलबार बिहान आएको सुरुवाती परिणाममा फेरि एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीले अग्रता लिएका छन्।
भरतपुर महानगरपालिकाको मतगणना जारी छ। सोमबार साँझदेखि सुरु भएको गणनामा १०० मत गनेर सकिएको छ। पहिलो सय मत गणना हुँदा एमालेका देवी ज्ञवालीले ४९ मतसहित अग्रता लिएका छन्। काँग्रेसले समेत समर्थन गरेकी प्रधानमन्त्री पुत्री रेणु दाहालले ४१ मत पाएकी छिन्।
प्रधानमन्त्री पुत्री रेणु दाहाल मेयर प्रत्यासी रहेको भरतपुर महानगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन। सर्वदलीय बैठकमा निर्वाचन केन्द्रको मुचुल्काभन्दा मतपेटिकामा बढी मतपत्र भेटिए के गर्ने भन्ने विषयको विवाद भएपछि भरतपुर महानगरपालिकाको मतगणना सुरु हुन सकेको हो।
चितवनका सातमध्ये छवटा स्थानीय तहमा सोमबारबाटै मतगणना सुरु हुने भएको छ । काँग्रेस माओवादी गठबन्धनबाट प्रधानमन्त्री पुत्री रेणु दाहाल मेयर पदमा उम्मेद्वार रहेको भरतपुर महानगरपालिकाको मत परिणाम प्रति धेरैको चासो जोडिएको छ । भरतपुरमा सर्वदलीय बैठक बसेको र ११÷१२ बजे तिर महानगरपालिकाको मतगणना सुरु हुने चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा आज बिहान चितवन भरतपुर महानगरपालिका वडा नं. ४ मा रहेको लक्ष्मी मावि लंकूको केन्द्रमा मतदान गरेकाछन्। मतदानका लागि प्रधानमन्त्री दाहाल र उनको परिवार शनिबार दिउँसो नै भरतपुर आएको हो।