३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

भरतपुरको मत गणना रोमाञ्चक बन्यो, रेणु दाहालले मतान्तर घटाइन्

भरतपुर महानगरपालिकाको जारी मतगणनामा माओवादीकी रेणु दाहालले मतान्र घटाएकी छिन्। वडा नं. १४ को मतगणना भइरहँदा रेणु दाहालको मतअन्तर अघिअघि रहेका एमालेका देवी ज्ञवालीसँग २ हजार ४२८ मा झरेको छ।

भरतपुर–२६ मा माओवादी–एमाले तालमेल : ज्ञवालीभन्दा झन्डै दोब्बर मत पाइन् दाहालले

नेकपा माओवादी केन्द्रका उम्मेद्वार ज्ञानप्रसाद खनाल भरतपुर महानगरपालिकाको वडा नं. २६ मा वडाध्यक्ष पदमा विजयी भएका छन्। पार्टी नीति विपरित वडा तहमा एमालेसँग तालमेल गरेको भनेर खनाललाई माओवादी केन्द्रले कारवाही गरेको थियो। कारवाहीमा परे पनि खनालले १ हजार ६५८ मत ल्याए। उनका निकटतम प्रतिद्वन्दी काँग्रेसउम्मेद्वारको १ हजार ४६० मत पाए।

भरतपुरमा माओवादीको खाता खुल्यो, वडाध्यक्षसहित प्यानल नै विजयी

माओवादीको गढको रुपमा हेरिएको भरतपुर महानगरपालिकाको वडा नं. १३ मा सो पार्टीले सहज विजयी हात पारेको छ । वडाध्यक्ष पदमा माओवादीका प्रकाश दवाडीसहितको प्यानल नै विजयी भएको छ ।

भरतपुर १३ मा १२ सय मत गन्दा आधा माओवादीको खातामा

भरतपुर महानगरपालिकाको वडा नं. १३ मा माओवादीले राम्रो मत ल्याउन सक्ने भनेर गरेको अनुमान यथार्थमा परिणत भएको छ।

भरतपुर २७ मा काँग्रेस विजयी, मेयरमा एमालेकै धेरै मत

भरतपुर महानगरपालिकाको वडा नं. २७ मा बडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुँदा मेयर पदमा नेकपा (एमाले)का उम्मेदवार देवि ज्ञवालीलाई नै बढी मत आएको छ।

भरतपुर मतगणनाः वडामा काँग्रेसले अग्रता लिँदा रेणुले घटाउन सकिनन् मतान्तर

भरतपुर महानगरपालिकामा एमालेका मेयर प्रत्यासी देवी ज्ञवाली माओवादीकी रेणु दाहालभन्दा ३ हजार ७१२ मतले अगाडि पुगेका छन्। वडा नं. २७ को मतगणनामा काँग्रेसका वडा अध्यक्ष उम्मेदवार एमालेभन्दा अगाडि छन्। मेयरमा भने रेणु दाहालले मतअन्तर घटाउन असमर्थ देखिएकी छिन्।

भरतपुरको १४ मध्ये १० वटामा एमाले विजयी, मेयरमा एमालेको अग्रता कायमै

भरतपुर महानगरपालिकाका २९ वटा वडाहरुमध्ये १४ वटा वडाको मत गणना सम्पन्न भएको छ। मंगलबार बिहान घोषणा भएको वडा नं. १२ को अन्तिम मत परिणाममा एमालेका वडाध्यक्ष पदका उम्मेद्वार नरेन्द्र कन्दङ्वा विजयी भएका छन्। कन्दङ्वासहित भरतपुरमा एमालेका १० जना वडाध्यक्षहरु निर्वाचित भएका छन्। मेयरमा एमालेका देवि ज्ञवालीको अग्रता कायमै छ।

भरतपुरमा रेणु दाहाल २ हजार ३ सय मतले पछि परिन्, गणना भएका १२ मध्ये ८ वडामा एमाले विजयी

भरतपुर महानगरपालिकामा जारी मतगणनामा एमाले उम्मेदवार देवी ज्ञवालीले मतअन्तर बढाएका छन्। वडा नं.११ को वडा अध्यक्ष जित्दै एमालेले मेयरमा माओवादी केन्द्रकी उम्मेदवारभन्दा २ हजार ३८७ मतको अग्रता लिएका हुन्।

भरतपुरमा रेणु दाहाल दुई हजार बढी मतले पछि परिन्

भरतपुर महानगरपालिकामा एमालेको अग्रता कायमै छ। पछिल्लो मतपरिणामअनुसार एमालेका देवी ज्ञवालीले २१ हजार ८ सय १७ मत प्राप्त गरेका छन्। माओवादीका रेणु दाहालले भने १९ हजार ५ सय ५४ मत प्राप्त गरेकी छन्। यी दुईबीच दुई हजार बढी मतको फरक रहेको छ।

भरतपुर महानगरको पकड क्षेत्रमै एमालेले पाएन उल्लेख्य मत

भरतपुर महानगरपालिकाको मतगणना भइरहँदा रोमाञ्चक परिणामहरु देखिँदै गएका छन्। पछिल्लो मतपरिणाम अनुसार वडा नं.२९ मा एमालेका वडा अध्यक्ष प्रत्यासी झिनो मतअन्तरले विजयी भएका छन्।

भरतपुर– १०मा रेणुलाई सन्तोषजनक मत, देवीकाे अग्रता कायमै

भरतपुर महानगरपालिकाको वडा नं. १० सम्मको मत गणना सकिदा मेयर पदमा एमाले उम्मेद्वार देवी ज्ञवालीको अग्रता कायमै छ । तर चितवनको सदरमुकाम समेत पर्ने भरतपुर क्षेत्रका मतदाताले काँग्रेस माओवादी गठबन्धनबाट मेयर पदकी माओवादी उम्मेद्वार रहेकी रेणु दाहाललाई पनि सन्तोषजनक मत दिएका छन् । वडा नम्बर १० सम्मको गणनामा एमाले उम्मेद्वार ज्ञवाली रेणु दाहालभन्दा ८८५ मतले अगाडि छन् ।

भरतपुरमा ज्ञवालीलार्इ पछ्याउँदै रेणु

भरतपुर महानगरपालिकामा भएको पछिल्लो मतगणना अनुसार ४७५ मत अन्तरमा एमालेका देवी ज्ञवालीले अग्रता कायम राखेका छन् । उनको १५९०१ मत प्राप्त गरिरहँदा माओवादीकी रेणु दाहालले १५४२६ मत प्राप्त गरेकी छिन् ।

भरतपुरमा ज्ञवालीको अग्रता कायमै, वडा नं १० मा दाहाललाई बढी मत

भरतपुर महानगरपालिकामा  भएको पछिल्लो मतगणना अनुसार ३००को मत अन्तरमा एमालेका देवी ज्ञवालीले अग्रता कायम राखेका छन् । उनले १५३७४ मत प्राप्त गरेका छन् ।उनलाई पछ्याउँदै माओवादीकी रेणु दाहालले  १५०३७ मत प्राप्त गरेकी छिन् ।

१० बुँदे सहमतिपछि भरतपुरको मतगणना सुरु, रुखमा खसेको मतको तथ्याङ्क राखिने

शुक्रबार राति ८ बजेदेखि अवरुद्ध रहेको भरतपुर महानगरपालिकाको मतगणना दलहरुबीच १० बुँदे सहमति भएपछि सुरु भएको छ। वडा नं. ९ को मतगणनाको विषयलाई लिएर काँग्रेस माओवादीले विवाद झिकेपछि मतगणना स्थगित भएको थियो।

भरतपुरमा अझै सुचारु हुन सकेन मतगणना, रुखमा खसेको मत गणना गर्ने तयारी

शुक्रबार राति ८ बजेदेखि अवरुद्ध भएको भरतपुर महानगरपालिकाको मतगणना शनिबार बिहानसम्म पनि सुरु हुन सकेको छैन। वडा नं. ९ को मतगणनाको विषयलाई लिएर काँग्रेस माओवादीले विवाद झिकेपछि मतगणना स्थगित भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्