१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

दुर्घटनामा परी किर्गिस्तानका उपप्रधानमन्त्रीको निधन

किर्गिस्तानका उपप्रधानमन्त्री तेमिर झुमाकादिरोभको कार दुर्घटनामा परी शनिबार निधन भएको छ।  एक राजमार्गमा गुडिरहेको उनको कार ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको किर्गिस्तानको सरकारी समाचार संस्थाले जनाएको छ।

पूर्व उपप्रधानमन्त्री निधिद्धारा रावणबध

पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले दसैं अन्तर्गत गए राति जनकपुरधाममा रावणबध कार्यक्रम सम्पन्नमा सहभागि भएको छन् । विजयादशमीका दिन रावणमाथि विजय प्राप्त भएको धार्मिक मान्यतानुसार महावीर युवा कमिटीले आठ वर्षदेखि रावण वध कार्यक्रम आयोजना गर्दै आएको छ ।

उपप्रधानमन्त्री महरा सेन्जेनमा, आज स्वेदश फर्किने

छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको ग्वाङन्दोङ प्रान्तको सेन्जेन सहरमा रहेको सेन्जेन इन्टरनेसनल साइन्स एण्ड टेक्नोलोजिज विजेनेस प्लाटफर्मको भ्रमण गरेका छन्।

उपप्रधानमन्त्री गच्छदारसँग आयोगको स्पष्टीकरण

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै उपप्रधानमन्त्री, राज्यमन्त्रीलाई स्पष्टीकरण सोधेको छ।

उपप्रधानमन्त्री महरा बेइजिङ प्रस्थान

उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आफ्ना चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको छ दिवसीय औपचारिक भ्रमणमा आज बेइजिङतर्फ प्रस्थान गरेका छन्।

चिनियाँ उपप्रधानमन्त्री वाङ फर्किए

जनगणतन्त्र चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ नेपालको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी आज बिहान विशेष विमानबाट बेइजिङ फर्किएका छन्। उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बिदाइ गरे।

चार दिने भ्रमणका लागि चिनियाँ उपप्रधानमन्त्री काठमाडौंमा

चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ नेपालको चार दिवसीय औपचारिक भ्रमणमा आज अपराह्न विशेष विमानबाट काठमाडौं आइपुगेका छन्।

चिनियाँ उपप्रधानमन्त्री आज नेपाल आउने

चिनियाँ उपप्रधानमन्त्री वाङ याङ चारदिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आउने भएका छन् । सन् २०१२ को जनवरीमा तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जियावाओले नेपाल भ्रमण गरेपछि चीनबाट नेपालमा हुन लागेको यो सबैभन्दा उच्चस्तरीय भ्रमण हो।

चिनियाँ उपप्रधानमन्त्री आउँदै

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणअघि चिनियाँ उपप्रधानमन्त्री वाङ याङले नेपालको चार दिने भ्रमण गर्ने भएका छन्। चीन र भारतबीच दोक्लमलाई लिएर विवाद चर्किरहेका बेला अचानक तय भएको चिनियाँ उपप्रधानमन्त्रीको नेपाल भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ।

‘महिलालाई उपप्रधानमन्त्री र उपसभापति चाहिन्छ’

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीभित्रको ६० र ४० को भागबण्डा अन्त्य हुनुपर्ने बताएकी छिन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेतृ कोइरालाले पार्टीभित्र गुटबन्दी हुनु दुःखदायी कुरा भएको उल्लेख गर्दै भनिन्,‘पार्टीभित्र देखिएको ६० र ४० को भागबण्डा दुर्भाग्य हो । गुटबन्दीको अन्त्य भएन भने पार्टी समाप्त हुन्छ । त्यसैले पार्टीभित्र अब सक्षम, ईमानदार, त्यागी, संघर्ष गरेका र क्षमतावान नेताहरुलाई स्थान दिनुपर्छ ।’

गच्छदार पाँचौं पटक उपप्रधानमन्त्री

पूर्ववर्ती पुष्पकमल दाहाल सरकारका चर्चित प्रसङ्गमध्ये एउटा उपप्रधानमन्त्रीहरुको वरियताक्रम विवाद पनि रह्यो। जनआन्दोलन दमन गर्ने कार्यका मुख्य दोषी कमल थापालाई आफूभन्दा माथिल्लो बरियतामा ल्याएको भन्दै विमलेन्द्र निधिले पदै त्यागे, भलै उनको राजिनामा स्वीकृत भएन।

तोकिएकै मितिमा निर्वाचन हुन्छ : उपप्रधानमन्त्री थापा

उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुनेमा शङ्का नगर्न आग्रह गरेका छन् ।

मधेसी मोर्चालाई चुनाव बहिस्कार नगर्न उपप्रधानमन्त्री थापाको आग्रह

उपप्रधानमन्त्री कमल थापाले स्थानीय तहको चुनावमा मधेसी मोर्चालाई सहभागी हुन आग्रह गरेका छन्।

मोर्चाकै सहमतिमा संशोधन प्रस्ताव दर्ता भएको हो: उपप्रधानमन्त्री थापा

उपप्रधान एमं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले मधेसी मोर्चा निर्वाचनमा नआए पनि सरकारले बैशाख ३१ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गराउने बताएका छन्।

उपप्रधानमन्त्री निधि र बेलायतका राजदूतबीच भेटवार्ता

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि बेलायतका राजदूत रिचर्ड मरिसबीच मंगलबार भेटवार्ता भएको छ। गृहमन्त्रालयमा मंगलबार दिउँसो भएको भेटमा उपप्रधानमन्त्री निधि र राजदूत रिचर्डबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्