२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पुरानै स्वरुपमा फर्कियो गद्दी बैठक

भूकम्पबाट क्षतिग्रस्त गद्दी बैठकको पुनर्निर्माण सकिएको छ । हनुमान ढोका दरबारस्थित ऐतिहासिक महत्वको गद्दी बैठक बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

पुनर्निर्माण पछि यस्तो देखियो गद्दी बैठक

एक सय १० वर्ष पुरानो बेलायती शैलीको गद्दी बैठकलाई भूकम्प प्रतिरोधी तरिकाबाट पुनर्निर्माण गरिएको छ। अमेरिकी दूतावासको संस्कृति संरक्षण कोषको आर्थिक सहायतामा पुनर्निर्माण सम्पन्न भएको हो।

प्रतिनिधि सभा बैठकमा विधेयक प्रस्तुत

प्रतिनिधिसभाको आजको बैठकमा “संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक, २०७५” प्रस्तुत गरिएको छ ।

आजको प्रतिनिधि सभा बैठकमा बाह्र विभागीय मन्त्रीहरूले जवाफ दिँदै

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । मन्त्रालय शीर्षकमा विनियोजित बजेटबारे सांसदहरूले उठाएको प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिनको लागि बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ।

संसद्को संयुक्त बैठक र संयुक्त समिति नियमावली पारित

संघीय संसद्को शुक्रबारको संयुक्त बैठकले ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५’ पारित गरेको छ।

संघीय संसदको संयुक्त बैठक बस्दै

संघीय संसदको संयुक्त बैठक आज बस्ने भएको छ। अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन मस्यौदा नियमावली पारित गरिने छ।

संघीय संसद्को संयुक्त बैठक ४ बजे बस्दै

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठक असार ३ गते आइतबार अपराह्न ४ बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गरेकी छन्।

नेकपाको पहिलो स्थायी कमिटी बैठक शनिबार

एकतापछि नेपाल कम्युनिष्ट पार्टीको पहिलो स्थायी कमिटीको बैठक शनिबार बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय राजनीतिक परिस्थितिका सम्बन्धमा अध्यक्षको सम्बोधन हुनाका साथै पार्टी एकतायताको राजनीतिक तथा सांगठनिक अवस्थाबारे महासचिवको प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका तथा आचारसंहिता मस्यौदा कार्यदल गठन, प्रधानमन्त्रीको चीन भ्रमणको तयारीलगायत कार्यसूची रहेको सो पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए। गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई नेकपा गठन भएको थियो।

विशेष कारण भन्दै संसदका बैठक स्थागित

मन्त्रालयगत विभिन्न शिर्षकमा छुट्याइएको बजेटको पुस्तक नछापेका कारण सोमवार पनि संसदको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । यहि कारणले आइतवार पनि बैठक कार्यसूचीमै प्रवेश नगरि स्थगित गरिएको थियो।

संघीय संसद्को संयुक्त बैठकको अध्यक्षता सभामुखले गर्ने प्रस्ताव

संघीय संसद्को संयुक्त बैठकको अध्यक्षता सभामुखले गर्ने प्रावधानसहितको ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (सञ्चालन) नियमावली २०७५’ प्रस्ताव गरिएको छ।

कांग्रेसद्वारा प्रदेश ४ को संसद बैठक अवरुद्ध

प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश नम्बर चारको संसद अवरुद्ध गरेको छ। प्रदेशको नामांकन र स्थायी राजधानीको विषय टुंगाएपछि मात्र अन्य विषयमा छलफल हुनुपर्ने भन्दै संसद अवरुद्ध गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्