३० चैत्र २०८१ शनिबार
image/svg+xml ६:२२ पूर्वाह्न

बजारमा नक्कली चुरोट

भारतसँग सीमा जोडिएका तराईका अधिकांश बजारमा सूर्य नेपालका उत्पादनसँग मिल्दाजुल्दा नक्कली चुरोट खुलेआम बिक्री भइरहेको छ। जनकपुर क्षेत्रमा नेपाली ब्रान्ड सूर्य नेपालका खुकुरी र शिखर जस्ता देखिने नक्कली चुरोटको बिगबिगी बढेको हो।

इ–चुरोट प्रतिबन्ध गर्दै अमेरिका

संयुक्त राज्य अमेरिकाले सुगन्धित इ–चुरोट (विद्युतीय चुरोट)को सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्ता वस्तुको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ।

आफ्नै काटिएको खुट्टा चुरोटको बट्टामा भेटेपछि...

चुरोटको बट्टामा प्रकाशित उक्त तस्बिरसँगै लेखिएको थियो (धूमपानले तपाईँको धमनीलाई अवरुद्ध गरिदिन्छ)। तर, हिजोआज फ्रान्सको मेट्स सहरमा बस्दै आएका ती अल्बानियाली नागरिकका अनुसार उनले सन् १९९७ मा अल्बानियामा भएको बन्दुक आक्रमणमा परेर आफ्नो खुट्टा गुमाएका हुन्। उनका वकिलले घटनाबारे थप जानकारी लिन युरोपेली आयोगमा सम्पर्क गर्दैछन्।

जनकपुर चुरोट कारखानाको भवन खाली गर्न निर्देशन

उद्योग, वाणिज्यमन्त्री मातृका यादवले प्रदेश २ को सरकारसँग जनकपुर चुरोट कारखाना लिमिटेड खाली गराउन निर्देशन दिएका छन्। चुरोट कारखाना पुनः सञ्चालनका लागि लगानीकर्तालाई आह्वान गरिसकेको उल्लेख गर्दै आइतबार कारखानाको पुरानो महानिर्देशक कार्यालयमा पत्रकार सम्मेलन गरी उनले भने, ‘अस्तिसम्म चुरोट कारखानाको आवास क्षेत्रमा प्रदेश सरकारको सचिवालय राखिएकोमा आज आउँदा कारखानाको बोर्ड हटाएर कारखानाको मूलगेटमा समेत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लेखिएको बोर्ड झुन्ड्याइदिएको रहेछ।’

चुरोट छाड्ने चार उपाय

चुरोटको लत छुटाउन भारतले हालै हेल्पलाइन सेवा सुरु गरेको छ। साथै भारतको स्वास्थ्य मन्त्रालयले चुरोटका कारण लाग्ने रोगले प्रभावित अंगहरू तथा दाँत झरेका तस्बिर सार्वजनिक गरेको छ।

विद्यार्थीमा बढ्दै चुरोटको लत

पहिला पुरुषमा, पछि महिलामा लागेको धूमपानको लत पछिल्लो समय विद्यार्थीमा बढ्दै गएको विज्ञहरूले बताएका छन् । उनीहरूका अनुसार विद्यालयबाट सुरु हुने धूमपानको लत क्याम्पसमा पुगेपछि व्यापक हुने गरेको पाइएको छ।

सिंहदरबारमा सुर्तीचुरोट निषेध

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा सुर्तीजन्य पदार्थ लैजान नपाइने भएको छ। स्वास्थ्य मन्त्रालयको अनुरोधमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालय सिंहदरबारलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र बनाउन तयार भएका हुन्।

चैतदेखि चुरोट–सुर्ति बेच्न छुट्टै पसल

सरकारले जथाभावी रुपमा सूर्तीजन्य पदार्थको विक्रीवितरण नियन्त्रण गर्न चैतदेखि छुट्टै पसल सञ्चालनमा ल्याउनु पर्ने व्यवस्था गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्