१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

माओवादी नेताहरुलाई मैनालीको चेतावनी: सहिदहरूको भागबन्डा नगर्नुस्

माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले जनयुद्धका सहिद, बेपत्ता परिवार र घाइतेहरूको भागबन्डाको राजनीति नगर्न सबै धाराका माओवादी नेताहरूसँग आग्रह गरेका छन्।

शशांक र शेखर निकट नेवि संघको अलग अलग गुट भेला

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली विद्यार्थी संघ(नेवि संघ)भित्रको आन्तरिक विवाद बढ्दै जाँदा आज काठमाडौंका फरक फरक स्थानमा दुई कार्यक्रम भएका छन्।

सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ जना नियन्त्रणमा

सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

स्ववियु निर्वाचनः तीन विद्यार्थी सङ्गठनद्वारा तालमेल

प्रमुख तीन पार्टीका निकट विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचनमा देशभरि नै तालमेल गरेका छन्।

राष्ट्रपतिको समर्थनमा अनेरास्ववियु कमिटिको प्रदर्शन

अनेरास्ववियु आरआर कमिटिका सह सचिव विजन रेग्मीले,'नागरिकता विधेयक पुनः राष्ट्रपति बिद्या देवि भण्डारीले प्रमाणीकरणको निम्ति अस्वीकृत गरि निष्क्रिय पारिदिनु भएसङगै सिङो देशको शिर उचो भएको बताएका छन्।

ताप्लेजुङमा अखिल क्रान्तिकारीको विवाद चरम उत्कर्षमा

मंगलबार झरेन्द्र तिवारी अध्यक्ष र अनिता पन्दाक सचिव रहेको अखिल क्रान्तिकारीको ताप्लेजुङ जिल्ला कमिटीले अर्को समिति गठन भएको भन्ने भ्रममा नपर्न विज्ञप्तिमार्फत् अपिल गरेको छ। तिवारी र पन्दाकको हस्ताक्षर रहेको विज्ञप्तिमा साउन १४ गते अनेरास्ववियु क्रान्तिकारी ताप्लेजुङ जिल्ला कमिटीका नाममा जिल्ला सम्मेलन आयोजक कमिटी गठन प्रकृया अवैध रहेको दाबी गरिएको छ।

अखिल शुभकामना साँझ हुँदै

नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज विभिन्न चाडपर्व र पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा अखिल शुभकामना साँझ आयोजना गर्दैछ।

विद्यार्थीको बयलगाडा प्रदर्शनमा प्रहरी हस्तक्षेप

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निकट विद्यार्थीहरुको बयलगाडा प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको छ। काठमाडौंको माइतिघर मण्डलामा बयलगाडा ल्याएर आएका विद्यार्थी र प्रहरीबीच केहीबेर झडप भएको हो।

प्रचण्ड–नेपाल निकट अनेरास्ववियूको 'रिक्सा बयलगाडा' प्रहरीले खोस्यो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले आज संसद् विघट्नविरूद्ध बयलगाडा प्रदर्शन गर्दैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्