७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

गोरखाको चुमनुब्रीमा भारी हिमपात, पर्यटक रोकिए

असोजको दोश्रो सातामै गोरखाको माथिल्लो भेगमा भारी हिमपात भएको छ। चुमनुब्री गाउँपालिका–१ साम्दो क्षेत्रमा भारी हिमपात भएको सशस्त्र प्रहरीले बताएको छ। भारी हिमपातका कारण चिसो बढेको छ भने पदयात्राका लागि गएका विदेशी पर्यटक रोकिएको प्रहरीको भनाई छ।

गोरखाको रुन्चेतगाउँ पुग्न भिर खोपेर झोलुङ्गे पुल बनाइँदै

बुढीगण्डकी नदीका कारण रुन्चेत र लुसीकाङ विकट भएका हुन् तर अब घण्टौँ हिँड्नुपर्ने बाध्यताबाट स्थानीय मुक्त हुँदैछन्।

घुम्दै, घुमाउँदै...

तिहारको दिन थियो। तीन हजार सात सय मिटरको उचाइमा अवस्थित प्राचीन मु–गुम्बाको आँगनमा उनीहरूले भाइटीका लगाउने निधो गरे।

'सिर्दीबास' जहाँ खच्चडको प्रयोग गरेर चामल ढुवानी गरिन्छ

चालु आवका लागि अहिलेसम्म ६७ क्विन्टल चामल सिर्दीबास डिपोमा पुर्‍याइ सकिएको सूचना अधिकारी सुनारले जानकारी दिए।

जमिन भासिँदै गएपछि पहिरोको जोखिममा गोरखाको खानीगाउँ

उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, खानीगाउँ पहिराको जोखिममा छ। पहिरोका कारण बस्ती भएको जमिन चिराचिरा परेको छ। यहाँ ३२ घर पहिरोको उच्च जोखिममा छन्।

गुम्बामा आगलागी हुँदा ३० करोड भन्दा बढीको क्षति, स्थानीयको रुवाबासी

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका २ को हिनाङको पुंगजी गुम्बामा आगलागी हुँदा ३० करोड भन्दाबढिको क्षति भएको छ। मङ्गलवार गुम्बामा जडान गरिएको विद्युत् सर्ट भएर आगलागी भएको स्थानीयले बताएका छन्।

चुमनुब्रीको पुङ्चे गुम्बामा आगलागी

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका २ को पुङ्चे गुम्बामा मंगलवार दिउँसो आगलागी भएको छ। हिनाङ भन्ने ठाउँमा रहेको उक्त गुम्बा धेरै पुरानो रहेको स्थानीय बताउँछन्। उक्त गुम्बामा दिउसो तीन बजेतिर आगालागी भएको वडाअध्यक्ष मिङ्ग्यूर दोर्जे लामाले बताए।

एक सातापछि उत्तरी गोरखामा फोन सुचारु

बिहीबार दिउँसोदेखि टेलिफोन सेवा सुचारु भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए।

उत्तरी गोरखाको मतपेटिका हेलिकप्टरबाट ल्याउन सुरु

गोरखा–१ को २२ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याउन सुरु गरिएको छ। नेपाली सेनाको हेलिकप्टरबाट चुमनुब्री गाउँपालिकाको सबै केन्द्रबाट मत पेटिका ल्याउन लागिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए।

गठबन्धन उम्मेदवारका लागि भोट माग्न दाहाल उत्तरी गोरखामा

गठबन्धनबाट गोरखा क्षेत्रनम्बर १ का उम्मेदवार नेपाली कांग्रेसका राजेन्द्र बजगाई र प्रदेश सभा क्षेत्र नम्बर १ ‘ख’ का उम्मेदवार नन्दप्रसाद न्यौपानेलाई भोट माग्न उनी हेलिकप्टर मार्फत छेकम्पार,सामागाउँ, सिर्दिबास पुगेका हुन्।

उत्तरी गोरखाबाट मतपेटिका ल्याउन हेलिकप्टर माग

उनले भने ‘त्यहाँबाट बोकाएर ल्याउन पाँच/छ दिन लाग्छ, मत गणनापनि ढिलो हुने भएकाले तत्काल हेलिकप्टरबाट ल्याउने ब्यवस्था गरिदिन भनेका हौँ।’

प्रधान सेनपातिद्वारा बेनीघाट-लार्के सडकको बेलिब्रिज उद्घाटन

गोरखाको बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक अन्तर्गत माछाखोलामा निर्माण भएको बेलिब्रिज बिहीबारदेखि सर्वसाधारणका लागि खुल्ला भएको छ। प्रधानसेनापति प्रभुराम शर्माले उक्त पुलको उद्घाटन गरेका हुन्।

उत्तरी गोरखाको चारवटा केन्द्रमा मतदान सकियो

उत्तरी गोरखाका चार केन्द्रमा मतदान सकिएको छ। चुमनुब्री गाउँपालिका वडा नम्बर १ र ४ को मतदान केन्द्रमा मतदान सकिएको हो। वडा नं. १ को साम्दो आधारभूत विद्यालय मतदान केन्द्रमा ७४ मत खसेको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्