साकेला उँधौली: भूमिको पूजा गर्दै साकेला नाचियो
किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ मङ्गलबारदेखि सुरु भएको छ।
किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ मङ्गलबारदेखि सुरु भएको छ।
किरात जनजातीय संस्कृतिका दुई महत्वपूर्ण पर्व– उँधौली र उँभौली प्रकृतिमय छन्। किसान वर्गले अन्नबाली पाकेपछि सर्वप्रथम उनै प्रकृतिदेवी सृष्टिकर्ता तागेरा निङ्वाभूमाङ्लाई चढाउने प्रचलन नै कालान्तरमा उँधौली पर्व बन्न गएको हो।