५ आश्विन २०८१ शनिबार
image/svg+xml

गृहमन्त्री जोडिएको सहकारी प्रकरणमा छानबिन समिति बन्नुपर्छ : भण्डारी

नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले गृहमन्त्री रवि लामिछानेसँग जोडिएको सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन हुनुपर्ने बताएका छन्।

दसदिने धार्मिक भ्रमणको तालिकासहित पूर्वराजा ज्ञानेन्द्र भैरहवामा

रूपन्देहीको भैरहवामा बसेर लुम्बिनी प्रदेशका विभिन्न स्थानको भ्रमण गर्ने तालिकासहित आएका पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तु, नवलपरासी र रूपन्देहीका विभिन्न धार्मिक स्थलहरूको अवलोकन भ्रमण गर्ने भएका छन्।

सिटिजन्स बैंक र इनलाइटन मोटर्सबीच सम्झौता

सिटिजन्स बैंक र रूपन्देहीस्थित इनलाइटन मोटर्सबीच बिवाइडी ब्रान्डका विद्युतीय सवारीसाधन खरिदमा सहुलियत रिन दिनेसम्बन्धी सम्झौता भएको छ।

टाइगर प्यालेस रिसोर्ट किनबेच शंकास्पद

लामो समयदेखि विवादमा रहेको ‘टाइगर प्यालेस रिसोर्ट’ खरिदविक्री शंकास्पद देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित पाँचतारे रिसोर्ट टाइगर प्यालेस रिसोर्ट हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले सञ्चालन गर्नेगरी सेयर विक्रीवितरण भएको र त्यसमा लगानी गरिएको रकम अवैध रहेको भन्दै विभागले अनुसन्धान थालेको हो।

सिटिजन्स बैंक र क्रिमसन अस्पतालबीच सम्झौता

सिटिजन्स बैंक र रूपन्देहीको क्रिमसन अस्पतालबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

लुम्बिनीमा एक वर्षमा ८९० क्षयरोगी

लुम्बिनी प्रदेशमा १ वर्षमा ८९० जना क्षयरोगी भेटिएका छन्। स्वास्थ्य कार्यालय रूपन्देहीले शुक्रबार बुटवलमा गरेको अन्तरक्रिया कार्यक्रममा सो जानकारी गराएको हो।

टाइगर प्यालेस होटलले सार्वजनिक जग्गा हडपेको पुष्टि

सार्वजनिक जग्गा मिचेर होटलका संरचना निर्माण गरेपछि २०७६ सालमै टाइगर बिरुद्ध अदालतमा मुद्दा परेको थियो।

सिद्धार्थनगरकी उपमेयर अधिकारी भन्छिन्ः साढे नियन्त्रणको तस्बिर देखिए जस्तो छैन

सिद्धार्थनगर नगरपालिकाकी उपमेयर उमा अधिकारीले भने नगरपालिकाले साँढेलाई ट्रकमा बाँधेर नघिसारेको बताएकी छिन्।

चुहावट नियन्त्रण गर्न बुटवल–लुम्बिनीमा प्रसारण लाइन

रूपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता वृद्धिदर प्राविधिक चुहावट नियन्त्रणका लागि निर्माण गरिएको योगीकुटी (बुटवल) बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको छ।

रूपन्देहीका इटा उद्योग बन्द हुने अवस्थामा

रूपन्देहीका इटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। इटाको माग घट्नाका साथै इटा उत्पादनमा आवश्यक पर्ने कोइलामा भएको मूल्यवृद्धिका कारण इटा उद्योग बन्द हुने अवस्थामा पुगेका हुन्।

कामना सेवाको क्षेत्रीय कार्यालय स्थापना

कामना सेवा विकास बैंकले रूपन्देहीको बुटवल उप–महानगरपालिका–६ पुष्पलाल पार्कस्थित शाखा कार्यालय रहेको भवनमा क्षेत्रीय कार्यालय स्थापना गरेको छ।

बुद्ध स्पोर्ट्स क्लब विजयी

भैरहवामा जारी नेपाल टेलिकम रूपन्देही सुपर लिग डिभिजन ‘ए’ अन्तर्गत शनिबार सम्पन्न खेलमा शंकरनगर क्रिकेट क्लबलाई ३ विकेटले पराजित गर्दै बुद्ध स्पोर्ट्स क्लब विजयी भएको छ।

जितगढी क्रिकेट क्लबलाई सफलता

जितगढी क्रिकेट क्लब बेलबासले भैरहवामा जारी नेपाल टेलिकम रूपन्देही सुपर लिग डिभिजन ‘ए’ अन्तर्गत बुधबार सम्पन्न समूह ‘सी’ को खेलमा देवदह क्रिकेट युनिटलाई १ सय १६ रनले पराजित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्