२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेप्से परिसूचक ३६ अंकले बढ्यो

नेप्से सूचक बिहीबार ३६.०१ बिन्दुले बढेको छ । निरन्तर ओरालो लाग्दै आएको सेयर बजार साताको अन्तिम कारोबारको दिन उच्च अंकले बढेको हो ।

नेप्से ८ बिन्दुले घट्यो

सेयर बजार मापक नेप्से सूचक बुधबार ८.३४ बिन्दुले घटेको छ । १८८१ बिन्दुमा पुगेको नेप्से घटेर १२१७.८४ मा आइपुगेको छ।

नेप्से पाँच बिन्दुले बढ्यो

सेयर बजार मापक नेप्से सूचक बिहीबार ५.२३ बिन्दुले बढेको छ । अघिल्लो दिन बुधबार २.८१ बिन्दुले बढेको थियो । दुई दिन लगातार बढेर नेप्से सूचक १२४७.३० मा पुगेको छ ।

नेप्से १४ अंकले बढ्यो

आन्तरिक राजश्व विभागले बोनस र हकप्रद शेयरको आधार मूल्यमा पूँजीगत लाभ कर लगाउन निर्देशन दिएपछि शेयर बजारमा आज बुधवार कारोबार सुचारु भयो र केही घन्टाको कारवारमै नेप्से परिसूचक १३.९१ अंकले वृद्धि भएको छ । हिजोदेखि शेयर लगानीकर्ताले कारोबार बहिष्कार गरेका थिए ।

हल्लाले नेप्सेमा ३६ बिन्दुको सुधार

सरकारले आज (मंगलबार) ल्याउन लागेको आगामी वर्षको बजेटमा सेयर बजार सुधारका कार्यक्रम ल्याउने हल्ला चलेपछि सेयर बजार सोमबार एकाएक उकालो लागेको छ।

नेप्से १६ बिन्दुले उक्लियो

नेप्से परिसूचक मंगलबार १५.६५ अंकले बढेको छ । सेयर बजार मापक नेप्से १३६१.०२ बिन्दुमा आइपुगेको छ।कारोबार रकम पनि ५० करोड ६५ लाख रुपैयाँ पुगेको छ । यस दिन १४ लाख ३९ हजार तीन सय ९३ कित्ता सेयर किनबेच भएका छन् ।

नेप्सेमा ४२ अंकको गिरावट

निरन्तर ओरालो लागेको नेप्से आइतबार ४१.५६ अंकले झरेको छ। नेपाल स्टक एक्सचेञ्जमा सबै परिसूचक नकारात्मक रही एक हजार ३०४ अंकमा ओर्लिएको हो।

सम्पर्कमा छैनन् नेप्सेमा सूचीकृत कम्पनी

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कूल दुई सय ६ कम्पनीमध्ये १२ उद्योग तथा व्यावसायिक कम्पनी सम्पर्कमा रहेका छैनन् । उनीहरूले स्टकलाई बुझाउनुपर्ने नवीकरण शुल्कसमेत नबुझाएको पाइएको छ । वार्षिक साधारणसभासमेत नगरेका, नवीकरण शुल्क नबुझाएका र स्टकको सम्पर्कमा नरहेका ती कम्पनीलाई सम्पर्कमा आउन स्टकले पत्र पठाएको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए ।

सम्पर्कमा छैनन् नेप्सेमा सूचीकृत कम्पनी

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कूल २०६ वटा कम्पनीमध्ये १२ उद्योग तथा व्यावसायीक कम्पनी सम्पर्कमा रहेका छैनन् ।

नेप्से २१ अंकले बढ्यो, व्यापार बाहेक सबै समूहमा सुधार

पुँजी बजारलाई ‘जुवा घर’को मान्यताबाट हेर्ने वाम गठबन्धनले आगामी सरकार बनाउने हल्ला चलाएर सेयर बजारमा चलखेल गर्न खोज्ने दलाललाई निस्तेज पार्दै लगानीकर्ताले चुनावलाई स्वागत गरेका छन् । पहिलो चरणको चुनावकै दिन (मंसिर १०)मा नेप्से परिसूचक २१ अंकले बढेको छ ।

नेप्से दुई महिनायताकै न्यून बिन्दुमा

सेयर बजार मापक नेप्से दुई महिनायताकै न्यून बिन्दुमा ओर्लिएको छ । भदौ तेस्रो साता १४९३.२० बिन्दुमा रहेको नेप्से परिसूचक मंगलबार १४८४.४५ बिन्दुमा आइपुगेको छ।  भदौको तेस्रो सातापछि केही समय उकालो लागेको सेयर बजार ११ दिनयता निरन्तर रुपमा ओरालो लागेको छ । मंगलबार नेप्सेमा ८.९७ बिन्दुले गिरावाट आयो।

नेप्से १३ अंकले घट्याे

धितोपत्र बजार ओरालो लागेको छ। नेप्से परिसूचक १३.४९ अंकले ओरालो लागेर एक हजार ५ सय ४० बिन्दुमा पुगेको हो। ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.७९ प्रतिशतले घटेको छ।

नेप्से ८ अंकले घट्यो

धितोपत्र बजार आज पनि ओरालो लागेको छ । दसैंको बिदापछि खुलेको बजार आइतबार ३२ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार साेमबार बजार ८.१२ अंकले ओरालो लागेर एक हजार ५ सय १ बिन्दुमा पुगेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्