२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

साताभरमा नेप्से परिसूचक साढे तीन अंकले घट्यो, माछापुच्छ्रेको कारोबार अग्रस्थानमा

यो साता नेपालस्टक एक्सचेन्ज (नेप्से)मा सवैभन्दा धेरै शेयर कारोबार माछापुच्छ्रे बैंकको भएको छ। उक्त बैंकको ६ करोड ८७ लाख १० हजार रुपैयाँ बराबरका ३ लाख ३५ हजार कित्ता शेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

साढे २ अंकले घट्यो नेप्से

बिहीबार नेपाल स्टक एक्सचेन्ज परिसूचकमा २ दशमलव ५६ अंकले कमी आएर ११ सय ९१.३१ कायम भएको छ। साताको कारोबारको अन्तिम दिन आज कूल कारोबार रकममा पनि कमि आएको छ।

नेप्सेमा सामान्य सुधार

नेपाल स्टक एक्सचेन्ज(नेप्से)परिसूचक बुधबार सामान्य बढेको छ। परिसूचक २.४ अंकले बढेर ११सय ९३.८७ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

नेप्से समान्य घट्यो, कारोबार रकममा वृद्धि

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य घटपनि कारोबार रकममा भने वृद्धि देखिएको छ। माछापुच्छ्रे बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसीबी) र जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) को शेयरमा लगानीकर्ताको आकर्षण उच्च हुँदा कुल कारोबार रकम बढेको हो।

३ अंकले बढ्यो नेप्से

आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ दशमलव ६२ अंकले बढेर ११ सय ९४ दशमलव ८२ अंक कायम भएको छ। 'क' बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५९ अंकले बढेको छ।

तीन अंकले घट्यो नेप्से

बिहीबार नेपाल स्टक एकस्चेन्ज परिसूचक ३ दशमलव १५ अंकले कमी आएर ११ सय ९१ दशमलब २० कायम भएको छ।  अधिकांश समूहका परिसूचक ओरालो लागेका छन्। उत्पादनमूलक समूहको परिसूचक स्थिर छ। होटल समूहको सूचक भने ४४ दशमलब ५४ अंकले बढेको छ। सबैभन्दा धेरै जीवन विमा समूह ४९ दशमलव ०८ अंकले घटेको छ भने निर्जीवन विमा समूह २७ दशमलब १७ अंकले घटेको छ।

टिकेन नेप्सेमा उच्च वृद्धि : १२ सय १३ पुगेको परिसूचक ओर्लिएर ११ सय ९९ मा

मंगलबारको शेयर कारोबार सुरु भएदेखि निरन्तर बढेर नेप्से परिसूचक १२ सय १३ सम्म पुगेकोमा कारोबारको मध्य समयतिर पुनः ओर्लिदा ११ सय ९९ मा पुगेर बन्द भएकोे छ। दिउँसो १ः४५ सम्म निरन्तर बढिरहेको थियो। तर त्यसको २० मिनेटसम्ममा परिसूचक करिब १२ अंकले घटेको थियो। समग्रमा भने नेप्से परिसूचक ४ दशमलव ७७ अंकले बढ्यो।

११ अंकले घट्यो नेप्से

अधिकांश कम्पनीहरूको शेयर मूल्यमा आएको गिरावटले नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार ११ दशमलव ७३ अंकले कमी आएर ११ सय ८१ दशमलव ६६ मा ओर्लिएको छ। कारोबार सुरु भएदेखि बन्द हुँदासम्म नेप्से निरन्तर नकारात्मक रह्योे।

ओरालो लाग्न रोकिएन नेप्से, ५ अंकले घट्यो परिसूचक

नयाँ आर्थिक वर्ष सुरु भएसंगै ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बिहीवार पनि गिरावट आएको छ। परिसूचक ५ दशमलव ३८ अंकले घटेर ११ सय ९३ दशमलव ३९ कायम भएको छ।

५ अंकले घट्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घट्ने क्रमले बुधवार पनि निरन्तरता पाएको छ। १२ सय ४ दशमलव ३१ विन्दुबाट कारोवार सुरुभएकोमा ५ दशमलव ५४ अंकले घटेर ११ सय ९८ दशमलव ७७ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

सर्वोच्चबाट पुनर्बहाली भएपनि नेप्सेका प्रमुख साउदले हाजिर हुन पाएनन्

सर्वोच्च अदालतको अन्तरिम आदेशबाट पुरानै जिम्मेवारीमा फर्कन लागेका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई कार्यालयमा उपस्थित हुन रोक लगाइएको छ। नेप्से सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेले उनलाई कार्यालय नआउन सूचित गरेको बताइएको छ।

नेप्सेमा दोहोरो अंकको सुधार

शेयर कारोबारमा सोमवार दोहोरो अंकको सुधार देखिएको छ। बजार खुल्दा १२ सय दशमलव ९ विन्दुमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को शेयर परिसूचक कारोबार बन्द हुँदा १२ दशमलव २७ अंकले बढेर १२ सय १२ दशमलब ३६ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

नेप्सेको सिइओ नहटाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदलाई तत्काल पदबाट नहटाउन सरकारलाई आदेश दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्