२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेप्सेमा सामान्य सुधार

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज(नेप्से)परिसूचक बुधबार सामान्य बढेको छ। परिसूचक २.४ अंकले बढेर ११सय ९३.८७ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

‘क’वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.४८ अंकले बढेर २५१.५६ कायम भएको छ। समूहगत परिसूचकतर्पm वित्त, जलविद्युत् र अन्य समूहका सूचक घटेका छन्। अन्य समूह ४.७२ अंकले घटेको छ भने वित्त समूहमा ३.७ अंकको कमि आएको छ। बढ्नेमा निर्जीवन बिमाको ३२.४१, जीवन बिमा समूहको २८.८४ र होटल समूहको ११.२५ अंकको बृद्धि देखिएको छ।

बुधबार कुल १५४ कम्पनीका ७ लाख ६६ हजार ७८९ कित्ता शेयरहरू खरिद बिक्री भई २२ करोड २१ हजार ४२३ रुपैयाँको कारोबार भएको छ। आज सबैभन्दा धेरै नेको इन्स्योरेन्सको प्रवद्र्धक शेयरहरू ४करोड ४८ लाख ५८ हजार ३३० रुपैयाँको कारोबार भएका छन्। एनएमबी बैंकको २ करोड ८८ लाख ९९हजार ८२६ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

प्रकाशित: १६ श्रावण २०७५ १०:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App