पूरा समय दिनै मान्दैनन् स्वास्थ्यकर्मी
नेपालमा सरकारी कार्यालय कति समय चल्छन्? सबैजसो सरकारी कार्यालय १० देखि ५ बजेसम्म चल्दा स्वास्थ्यचौकी भने दुई बजे नै बन्द भइसक्छन्। अस्पतालमा ओपिडी सेवा पनि यत्ति नै चल्छ। कानुनले नै स्वास्थ्य संस्थालाई यस्तो उन्मुक्ति दिएको भने होइन।