१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

जुम्लाको रोपाँई जात्रा (फोटो फिचर )

जुम्ला–जुम्लामा शनिबार रोपाँई जात्रा मनाइएको छ। १९९३ सालदेखि जुम्लामा रोपाँई जात्रा मनाउन सुरु गरिएको जानकारहरु बताउँछन्। तस्बिरमा हेरौं सदरमुकाम खलंगामा निकालिएको रोपाँई जात्राका दृश्यः

जुम्ला मालपोतका ९ कर्मचारी प्रशासनको नियन्त्रणमा

जिल्ला मालपोत कार्यालय जुम्लाका नौ जना कर्मचारीलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले नियन्त्रणमा लिएर छानविन थालेको छ। सार्वजनिक सरकारी जग्गाको सक्कल मिसिल च्यातेको भन्दै जिल्ला प्रशासन कार्यालय जुम्लाले नौ जना कर्मचारीलाई नियन्त्रणमा लिइएको थियो। मालपोत अधिकृत देवनाथ शाहसहित ९ जनालाई नियन्त्रणमा लिइएको प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

गोविन्द केसीको समर्थनमा जुम्लामा आन्दोलन सुरू

त्रिवि शिक्षण अस्पताला अनशनरत डा. गोविन्द केसीले उठाएका मागमा समर्थन जनाउँदै जुम्लामा आन्दोलन सुरु भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका चिकित्सकले आन्दोलन थालेका हुन्। पहिलो दिन उनीहरुले हातमा कालो पट्टी बाँधेर विरामीलाई उपचार गरेका छन्।

जुम्लामा दुरविनबाट पाठेघरको सफल शल्यक्रिया

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक दुरविनबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ। चन्दननाथ नगरपालिका ४ सिमखाडा गाउँकी विष्णुकन्या उपाध्यायाको पहिलो पटक दुरविनबाट पाठेघरको अप्रेशन गरिएको हो। उनलाई दुई वर्षदेखि पाठेघरबाट रगत बगिरहने समस्या थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्