२० आश्विन २०८१ आइतबार
image/svg+xml

प्रधानमन्त्री कप महिला क्रिकेटः रितुको कप्तानीमा बैतडीको टोली घोषणा

जिल्ला क्रिकेट सङ्घले रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफ क्लबलाई

दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच केहीबेर अघि सम्पन्न फाइनल खेलमा एपीएफले साविक विजेता आर्मी क्लबलाई चार विकेटले हराउँदै उपाधि चुमेको हो।

प्रधानमन्त्री कप क्रिकेटः फाइनलमा एपीएफ र आर्मी भिड्ने

शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुलिसले प्रश्तुत गरेको ३ सय ५ रनको लक्ष्य आर्मीले एक बल बाँकी रहँदा आठ विकेटको क्षतीमा पूरा गर्दै अर्को विभागीय टोली एपिएफसँगको भेट पक्का गरेको हो।

पुलिसले आर्मीलाई जितका लागि तीन सय पाँच रनको लक्ष्य दियो

उनले एक सय ४० रनको योगदान दिए। यसैगरी आरिफ शेखले अविजित रहँदै ९१ रनको योगदान गरे भने करण केसी आठ रनमा अविजित रहे। त्यस्तै कुशल भुर्तेलले ३१, सुनिल धमलाले १३ तथा अमित श्रेष्ठले १० रन जोडे।

प्रधानमन्त्री कप क्रिकेट: एपिएफ फाइनलमा

शसस्त्र प्रहरी बलको एपिएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।

समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा पुलिसले मधेस प्रदेशमाथि १ सय ९१ रनको फराकिलो जित निकाल्दै समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको हो। पुलिसले दिएको २ सय ७४ रनको फराकिलो लक्ष्य पछ्याउने क्रममा मधेस प्रदेशले २९.३ ओभरमा सबै विकेट गुमाएर मात्र ८२ रन जोड्न सक्यो।

प्रधानमन्त्री कप क्रिकेटः आज पनि दुई खेल हुँदै

प्रतियोगितामा मंगलबार कीर्तिपुर क्रिकेट मैदानमा हुने खेलमा मधेस प्रदेश र नेपाल पुलिस क्लव तथा मुलपानी मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लव र कर्णाली प्रदेशबीच खेल हुनेछ।

खेल टाई हुँदा मधेस सेमिफाइनलमा

एक सय ९१ रनको लक्ष्य पछ्याएको बाग्मती निर्धारित ५० ओभरको खेल सकिन चार बल बाँकी छँदा नै एक सय ९० रनमा अलआउट भयो। बाग्मतीलाई अन्तिम ओभरमा मात्र एक रन जोड्न रोक्दै मधेस प्रदेश खेलमा टाई गर्न सफल भयो।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम अन्तिम जितसँगै बाहिरियो

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सोमबार सम्पन्न समूह चरणको अन्तिम खेलमा वागमती प्रदेशले मधेस प्रदेशबाट पाएको १ सय ९० रनको लक्ष्य ४९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ९० रन बनाउँदा खेल बराबरीमा सकिएको हो।

प्रधानमन्त्री कप क्रिकेटः लुम्बिनी र आर्मी विजयी

प्रदेश १ माथि आइतबार ३९ रनको जित निकालेको लुम्बिनी प्रदेशले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइलन सम्भावना जीवितै राखेको छ।

प्रधानमन्त्री कप क्रिकेटः एपिएफ सेमिफाइनलमा

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा शनिबार भएको खेलमाएपिएफले कर्णालीलाई ४४ रनले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो।

आर्मीको पहिलो जित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न शुक्रबारको खेलमा आर्मीले सुदूरपश्चिमलाई फराकिलो अन्तरले पराजित गरेर दोस्रो खेलबाट पहिलो जित निकालेको हो।

बाग्मती लगातार तेस्रो पटक असफल

राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले लगातार दोस्रो जित निकाल्दा बाग्मती प्रदेशले लगातार तेस्रो हार भोगेको छ।

प्रधानमन्त्री कप क्रिकेटः गण्डकीको दोस्रो जित

प्रतियोगितामा बिहीबार पनि दुई खेल हुनेछन्। मुलपानी क्रिकेट मैदानमा मधेस प्रदेश र प्रदेश १ तथा कीर्तिपुर मैदानमा लुम्बिनी प्रदेश र नेपाल पुलिसबीच खेल हुनेछ।

प्रधानमन्त्री कप क्रिकेटः प्रदेश १ र एपिएफ क्लव विजयी

प्रतियोगितामा बुधबार पनि दुई खेल हुनेछन्। कीर्तिपुर मैदानमा कर्णाली र गण्डकी तथा मुलपानी मैदानमा बागमती र लुम्बिनी प्रदेशबीच खेल हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्