१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml

श्रीमतीलाई मारेर सेफ्टी ट्याङकीमा फाल्ने श्रीमान् पक्राउ

श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान् साढे दुई महिना पछि पक्राउ परेका छन। श्रीमतीको हत्यापछि कपिलवस्तुको चन्द्रौटा स्थित सेफ्टी ट्याङकीमा फ्याँकेर भाग्ने श्रीमानलाई प्रहरीले पक्रेको हो।

निगुरो टिप्न जाँदा नारायणी नदीमा डुबेर श्रीमान्-श्रीमतीको मृत्यु

नवलपरासी–बर्दघाट (सुस्तापूर्व) नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान्श्रीमतीको मृत्यु भएको छ।

बहराइनमा जेल परेका श्रीमान् रिहाइको याचना गर्दै पवित्रा

वैदेशिक रोजगारीको क्रममा जेल परेका आफ्ना श्रीमान् कृष्णकुमार राईको उद्धारका लागि पवित्रा राईले वैदेशिक रोजगार बोर्डमा बुधबार निवेदन दिएकी छिन्।

चितवनमा श्रीमानले श्रीमतीको हत्या गरेर आत्महत्या गरेको अनुमान

भरतपूर महानगरपालिका वडा नम्बर २९ स्थित लमजुंगे टोलका २२ वर्षीय प्रेम राना मगर र उनकी श्रीमती २१ वर्षीया शान्ती भन्ने बुद्दीमाया राना मगर आज बिहान आफनै घरमा मृत फेला परेका हुन्।

ढुङ्गा र हँसिया प्रहार गरी श्रीमानको हत्या

एक महिलाले यहाँ आफ्नै पतिको हत्या गरेकी छिन्। सुनछहरी गाउँपालिका–६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

श्रीमतीको हत्या गरि फरार रहेका श्रीमान पक्राउ

घटनाको दिन अभियुत्तले छोरीलाई अन्तै पठाएको र श्रीमतीलाई दाउरा काट्न भनी जंगलमा लगेका थिए। जंगलमै हसियाले राम केवलले श्रीमतीको बिभत्स हत्या गरी शवलाई बेल नदीमा फालेर भारततर्फ लागेका थिए।

श्रीमानको हत्याको सुपारी प्रेमीलाई!

श्रीमानको हत्याको योजनाकार रहेको आरोपमा पक्राउ परेकी ३८ वर्षीया हरिहरदेवी महराले श्रीमान दुखरन मोचीको हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको सिरहा प्रहरी प्रमुख एसपी हिरा पाण्डेले जानकारी दिए।

ट्रकको ठक्करबाट श्रीमानश्रीमतीको मृत्यु

दुवै जना घाइतेला लाई उपचारका लागि भारदह अस्पताल लैजाने क्रममा मृत्यु भएको डीएसपी काफ्लेले बताए। ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

श्रीमतीले श्रीमान् बोकेर १०० मिटर दौडिने प्रतियोगिता हुँदै

नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ। एक सय एघारौँ नारी दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २४ गते सो प्रतियोगिता गर्न लागेको हो।

फैसला गर्न ढिलो भएन श्रीमान् ?

दुई वर्षअघि श्रीलंकामा संसद् विघटनको मुद्दामा त्यहाँको सर्वाेच्च अदालतले ३४ दिनमै फैैसला जारी गरेको थियो। २०१८ नोभेम्बर ९ मा संसद् विघटन गरिएकोमा त्यहाँको सर्वाेच्च अदालतले शीघ्र सुनुवाइ गरी डिसेम्बर १३ मा विघटन बदर गर्ने फैसला गरेको थियो। योभन्दा पनि छोटो समयमा सुनुवाइ भएको उदाहरण बेलायतमा अघिल्लो वर्ष संसद् अन्त्यको घटनालाई लिन सकिन्छ। त्यहाँ २०१९ अगस्ट २८ मा संसद् अन्त्य गरिएको १३औं दिनमै विघटन सदर हुने फैसला सर्वाेच्च अदालतले जारी गरेको थियो।

१७ वर्ष वित्यो, अझै फर्किएनन् हराएका श्रीमान...

घर नजिकैबाट हराएका श्रीमान फर्किने आसमा धवलागिरी गाउँपालिका–७, ताकमकी पवी गर्बुजाको बाटो हेरेको १७ वर्ष बित्यो। तर कुनै अत्तोपत्तो छैन। साविकको ताकम गाविस–५ देउबुजा जंगलको छेउमा अवस्थित एक्लो घरको पाली, भित्ता चर्किएको र खरको छाना चुहिएर बस्न नमिल्ने भएपछि जेठाजु फतबहादुरको घरमा बस्दै आएकी गर्बुजालाई घर खर्च चलाउन समेत हम्मेहम्मे परेको छ ।

श्रीमती र छोरीलाई जलाउन खोज्ने श्रीमान पक्राउ

सुनसरीमा एक साताअघि श्रीमती र छोरीलाई जलाउने खोज्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बराहक्षेत्र वडा नं. १० का ३५ वर्षे सियाराम उरावलाईं पक्राउ गरेको हो। पक्राउ परेका उनलाईं मुद्दा चलाएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनायो।

सुत्केरी हुन पुरुषको निर्णय कुर्नुपर्ने अवस्था अन्त्य हुँदै, श्रीमानसँगै रहनुपर्ने

शिशु कसरी जन्माउने ? प्राकृतिक (नर्मल) अथवा शल्यक्रिया (अप्रेशन) मार्फत। यी विधि गर्भवतीको रोजाइले भन्दा श्रीमान्, घरपरिवार र स्वास्थ्यकर्मीको निर्णयले नेपालमा प्राथमिकता पाइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्