तीन वर्षमा २० वटा तारे होटल थपिए
पछिल्ला तीन वर्षमा मुलुकमा चार वटा पाँच तारे र १६ वटा चार तारे होटल सञ्चालनमा आएका छन्।
पछिल्ला तीन वर्षमा मुलुकमा चार वटा पाँच तारे र १६ वटा चार तारे होटल सञ्चालनमा आएका छन्।
मुलुकमा १९ वटा पाँच तारे होटल दर्ता भएका छन्, ती मध्ये १८ वटा सञ्चालनमा छन्। सञ्चालित पाँचतारे होटलमा कुल लगानी करिब २७ अर्बं रूपैयाँ पुगेको छ। पर्यटन विभागको तथ्यांक अनुसार पाँच तारे होटलहरूमध्ये १८ वटाको कुल लगानी २६ अर्ब ९८ करोड २५ लाख ४१ हजार रूपैयाँ रहेको छ।