७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

टेकु अस्पतालले कोभिडका बिरामीसँग धरौटी नलिने

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस (कोभिड–१९)का बिरामीलाई उपचारका लागि धरौटी रकम नलिने भएको छ।

बाँकेमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर

बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको छ।

'बिरामीलाई सुरक्षित राख्न स्वास्थ्यकर्मीलाई सुरक्षित राख’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वका सरकार तथा स्वास्थ सेवाका नेताहरुलाई स्वास्थकर्मी तथा बिरामीलाई रहेको खतरालाई सम्बोधन गर्न अनुरोध गरेको छ। ‘कोभिड–१९ महामारीले पिडा कम गराउन र जीवन जोगाउन स्वास्थकर्मीको गहन जिम्मेवारीलाई स्मरण गराएको छ,’ डब्लुएचओका महानिर्देशक टेड्रोस अथानोम घेब्रेससले भनेका छन्।

परीक्षण दायरा बढेसँगै थपिए संक्रमित, बिरामी व्यवस्थापनमा कठिनाइ

बिहीबार र शुक्रबारको मात्र रेकर्ड हेर्ने हो भने निको हुनेको संख्या पनि घट्न थालेको छ। बिहीबार २ सय ६४ संक्रमित निको भएका थिए भने शुक्रबार २ सय ५० जना मात्र निको भए। बिहीबारको तुलनमा शुक्रबार निको हुनेको संख्या १४ जनाले कम हो।

काठमाडौं मेडिकल कलेजले कोरोनाका बिरामी भर्ना रोक्यो

यसअघि कोरोनाका बिरामी उपचार गरेबापत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च नदिएपछि शनिबारदेखि थप बिरामी भर्ना रोकेको अस्पतालले जनाएको छ ।

बागलुङमा भेटिए स्क्रब टाइफसका बिरामी

बागलुङमा स्क्रब टाइफसका बिरामी फेला परेका छन् । बागलुङको धौलागिरि अस्पतालमा उच्च ज्वरो आएर उपचारका लागि आएका तीन जनामा स्क्रब टाइफस देखापरेको अस्पतालले जनाएको छ। प्राणघातक सङ्क्रमणका रुपमा लिइँदै आएको स्क्रब टाइफस साउन महिनामा मात्रै तीन जनालाई फेला परेको धौलागिरि अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिए।

बिरामी बालिकालाई प्रहरीको आर्थिक सहयोग

लामो समय देखी मुटुरोगवाट पिडित एक बालिकालाई रोल्पा प्रहरीले आर्थिक सहयोग गरेको छ। रोल्पाको लुङग्री गाउँ पालिका वडा नं. ६ गुम्चाल घर भएकि १५ बर्षीया लाल कुमारी बिष्टलाई सम्पूर्ण प्रहरी कर्मचीहरुले नगद संकलन गरी रकम हस्तान्तरण गरिएको थियो। जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत प्रहरी कर्मचारीहरूले आर्थिक सहयोग जुटाएका थिए।

जंगली च्याउ खाँदा एकको मृत्यु, सातजना बिरामी

जाजरकोटमा जंगली च्याउ खाँदा एकजनाको मृत्यु भएको छ भने एकै घरका ६ जनासहित सातजना बिरामी परेका छन् । नाम नखुलेको जंगली विषादी च्याउ खाँदा कुशे गाउँपालिका–१, स्याक्रीकी दुई वर्षीया अनुजा चलाउनेको मृत्यु भएको हो ।

सर्पले डसेका बिरामीको औषधि उत्पादन गर्ने तयारी

नेपालमा सधैं अभाव हुने सर्पदशंको औषधि (एन्टी स्नेक भेनम) को उत्पादनका लागि तयारी थालिएको हो । सुनसरी बराहक्षेत्र वडा नं. ७ मा उद्योग स्थापनाको काम सुरु गरेसँगै तयारी थालिएको हो ।

बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक सेवा सिल

सप्तरीको राजबिराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको अकास्मिक कक्षमा भर्ना एक विरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । बिष सेवन गरी उपचारार्थ भर्ना भएका तीलाठिकोईलाडि गाउँपालिका–२ का ४८ वर्षीय पुरुषको परीक्षण रिपोर्ट शुक्रबार पोजेटिभ आएको हो ।

जिल्ला अस्पतालमा जटिल बिरामीलाई शय्या अभाव

पछिल्लो समय जिल्ला अस्पताल हुम्लामा बिरामी बढ्दै जान थालेपछि शय्या अभाव हुन थालेको छ। वर्षायाममा हुने मौसम परिवर्तनलगायत कारण जिल्लामा बिरामीको बढेपछि अस्पताललाई उपचारमा समेत कठिनाइ भएको छ।

सरकारी अस्पतालमा बिरामी जानै डराए

कोरोना भाइरस संक्रमण बढ्दै जान थालेको भन्दै सरकारले लकडाउन सुरु गरेसँगै सबै अस्पतालको बहिरंग सेवा (ओपिडी) बन्द गरियो । बन्द रहेका अस्पतालका ओपिडी वैशाख पहिलो सातादेखि पुनः संचालन गर्न निर्देशन पनि दियो । त्यही अनुसार ओपिडी संचालनमा आए । तर, बिरामी भने उपचारका लागि ती अस्पतालमा जान डराउने गरेका छन् ।

भरतपुर अस्पतालमा बिरामी बढ्न थाले

कोभिड–१९ को त्रासका कारण उपचारका लागि आउने बिरामीको सङ्ख्या न्यून रहेको भरतपुर अस्पतालमा क्रमशः बिरामीको सङ्ख्या बढ्दै गएको छ।

मदन भण्डारीको ६९औं जन्मजयन्तीमा अस्पतालका बिरामीलाई फलफूल वितरण

जननेता स्वर्गीय मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसर पारेर मदन भण्डारी फाउण्डेसन ताप्लेजुङले जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ ।

जङ्गली च्याउँ खाँदा १४ बिरामी

दाङमा जङ्गली च्याउ खाँदा १४ जना बिरामी परेका छन्। प्रदेश नं ५ प्रहरी कार्यालय दाङका अनुसार जङ्गलबाट ल्याएको च्याउ खाँदा गए राति ८ बजेदेखि उनीहरु बिरामी परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्