६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

ललितपुर महानगरमा ज्येष्ठ नागरिकलाई निमोनियाँविरुद्ध निःशुल्क खोप

ललितपुर महानगरले नगर क्षेत्रभित्र रहेका ज्येष्ठ नागरिकलाई निमोनियाँ विरुद्धको खोप दिने तयारी गरेको छ।

आज विश्व हात धुने दिवस

आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ। नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाउन थालिएको हो।

कोरोना संक्रमणको असरले नयाँ रोग

चिकित्सकका अनुसार कोरोना संक्रमणको गम्भीर तथा मध्यम लक्षण भएकाहरूमा संक्रमणपछि कपाल झर्ने, मुटुको चालमा गडबडी हुने, हृदयघात, मधुमेह बढ्ने तथा अन्य स्नायु सम्बन्धी रोग लाग्ने गरेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुुर पुनका अनुसार कोरोना सन्चो भएपछि उनीहरूमा अन्य नयाँ रोग देखिएका छन्।

बालबालिकामा ज्वरो र निमोनिया: दुई सातामा ३७ जना अस्पताल भर्ना

दुई साताको अवधिमा ३७ जना बालबालिका उपचारका लागि अस्पताल भर्ना भएको कार्यालय प्रमुख प्रकाशराज जोशीले बताए। जोशीका अनुसार बाजुरामा चार वर्षयता बालबालिकामा यस्तो समस्या पहिलोपटक देखिएको हो।

पिसिआर नेगेटिभ आउँदा पनि कोभिड निमोनिया

चिकित्सकका अनुसार खोकी लाग्यो, सामान्य ज्वरो आयो या श्वासमा केही समस्या आयो या जिउ दुख्यो भने समयमै उपचारमा गएमा कोभिड निमोनियाको पहिचान र उपचार गर्न सजिलो हुन्छ र मृत्युको जोखिमबाट बच्न सकिन्छ।

खोपले घटायो निमोनिया संक्रमण

निमोनिया विरुद्धको खोप प्रयोग गरेका बालबालिकामा निमोनिया संक्रमण घट्दै गएको एक अध्ययनले देखाएको छ। निमो नेपालले बुधबार विश्व निमोनिया दिवसको अवसरमा अध्ययनको तथ्यांक सार्वजनिक गरेको छ। नेपालले दिवसको अवसरमा पत्रकार सम्मेलन गरी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो।

निमोनियाका कारण वडाध्यक्षको निधन

निमोनियाका कारण खोटाङको साकेला गाउँपालिका–३ खिदिमाका वडाध्यक्ष मणीकुमार राईको निधन भएको छ। ज्वरो आउने, छाती दुख्ने, घाँटी घ्यार–घ्यार हुनेलगायतका समस्याबाट बिरामी परेका वडाध्यक्ष राईको सोमबार साँझ ३७ वर्षको उमेरमा निधन भएको हो।

युवा संघका अध्यक्ष पहारीलाई निमोनिया, उपचार हुँदै

नेकपा (एमाले) निकट युवा संघ नेपालका अध्यक्ष राजीव पहारी विरामी भई उपचाररत छन्। बुधबार साँझ एक्कासी अस्वस्थ भएका अध्यक्ष पहारीको नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटलमा उपचार भइरहेको संघका महासचिव किरण पौडेलले जानकारी दिए। पहारीलाई निमोनिया भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

दमौली अस्पतालमा निमोनियाका बिरामी बढे

एकसाता यतादेखि तनहुँमा अत्यधिक चिसो बढेसँगै दमौली अस्पतालमा बिरामीको संख्या बढेको छ।  दैनिक २०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको सो अस्पतालले जनाएको छ। रुघाखोकी, ज्वरो, निमोनिया, बाथलगायतका बिरामीको संख्या बढेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा पवनजंग रायमाझीले बताए। व्यास नगरपालिका र छिमेकी गाउँपालिकाबाट बिरामी उपचारका लागि आउने गरेका छन्, उनले भने।

पर्यटनमन्त्रीलाई निमोनिया

संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री दिलनाथ गिरी अस्वस्थ भएका छन्। निमोनिया भएपछि उनलाई मंगलबार साँझ चावहिलस्थित ओम अस्तपालमा भर्ना गरिएको छ।

निमोनिया भएपछि हिलारीको चुनावी अभियान रद्द

डेमोक्रयाटिकतर्फबाट राष्ट्रपतिको उम्मेद्वार हिलारी क्लिन्टनलाई निमोनिया भएपछि उनले चुनावी अभियान रद्द गरेको उनकी चिकित्सकले बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्