७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

अन्नपूर्ण क्षेत्रको पदयात्रामा ‘नो म्यूजिक’

तपाँइ अन्नपूर्ण आधारशिविर (एबिसी) र मर्दी हिमाल क्षेत्रको पदयात्रामा जाँदै हुनुहुन्छ? पदयात्राका क्रममा गीतसंगीत सुन्ने तपाँइको चाहना छ? त्यसो हो भने अब ख्याल गर्नुस्, तपाँइले चर्काे आवाजमा गुञ्जने स्पीकर साथमा बोक्न पाउनु हुनेछैन। किनकी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पदमार्गमा चर्काे आवाज निकाल्ने स्पीकर लैजान रोक लगाएको छ।

पर्यटक आउजाउः सहरमा अपुग, पदमार्गमा भीड

मुख्य सहरमा पर्यटन सुस्त भएको गुनासो व्यावसायीले गरिरहँदा पोखरा नै मुख्य प्रवेशद्वार मानिने अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रको पर्यटनमा भने पाहुना थेगिनसक्नु रहेको त्यहाँका पर्यटन व्यावसायीले बताएका छन्। अन्नपूर्ण आधारशिविर पदमार्गमा गत आइतबार एकैदिन विदेशी र आन्तरिक गरेर सातसय भन्दा बढी पाहुना उक्लेका छन्।

मौरिसले चिनाएको अन्नपूर्णमा छोराले पदयात्रा गर्दै

हिमाल आरोहणमा किर्तिमानी राखेर विदेशीमाझ नेपालको पहिचान फराकिलो बनाएका मौरिस हर्जोगका छोरा माथिएस हर्जाेग यतिबेला पोखरामा छन। केहीदिन अघि पोखरा आएका हर्जाेगको अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने योजना छ।

अन्नपूर्ण आधारशिविरः पाहुनाको स्वागतमा भव्य तयारी (तस्बिर सहित)

वर्षायाम सकिने बेलासँगै सुरु हुन लागेको पर्यटकीय सिजनका लागि अन्नपूर्ण आधारशिविरसम्मका पदमार्गका व्यावसायीले भव्य तयारी गरेका छन्। सेप्टेम्बर मध्यदेखि पर्यटकीय सिजन सुरु हुन्छ। यो सिजन नोभेम्बरसम्म निकै नै चल्छ। पदयात्रा र हिमाल आरोहणका लागि यो बेला विदेशी पाहुना नेपाल आउन चाहन्छन्। उनै विदेशी नेपाल भित्रिने बेला हुनै लाग्दा पदमार्ग क्षेत्रका व्यावसायी तयारीमा जुटेका पनि छन।

गाइड बिना गएका थिए अन्नपूर्ण क्षेत्रमा स्पेनी जोडी

पर्यटन बोर्डले सन् २०२३ अप्रिल १ देखि पदयात्रा क्षेत्रमा ‘फ्रि इन्डिभिजुअल ट्रेकर (एफआईटी)’ बन्द गरेको थियो। यो व्यवस्था अनुसार नेपालमा विदेशी पर्यटकले पदयात्रामा जाँदा अनिवार्य रुपमा ट्रेकिङ कम्पनीमार्फत गाइड वा सहयोगी लिएर मात्र जानुपर्ने बाध्यकारी हुन्थ्यो। तर, पदमार्गमा हराएका स्पेनी पर्यटक नेपाली सहयोगी वा गाइड बिना गएको पुष्टि भएको छ। सहयोगी वा गाइड बिना जाँदा ती पर्यटक अप्ठेरोमा परेको पदयात्रा व्यावसायीको ठहर छ।

अन्नपूर्ण क्षेत्रको पदयात्रामा दुइजना स्पेनी पर्यटक सम्पर्कविहीन

अन्नपूर्ण क्षेत्रको घोरेपानी पदयात्रामा निस्केका दुइजना स्पेनी नागरिक बेपत्ता भएका छन्। प्रहरीले खोजीको क्रममा पर्यटक हराएको क्षेत्रमा एकजना पुरुषको शव पनि फेला पारेको छ। तर, विदेशी जस्ता देखिने ती पुरुष हराएकै पर्यटक हुन् वा होईनन् भन्ने बारे यकिन गर्न नसकेको प्रहरीले बताएको छ।

आइतबार पोखरा घुम्न आउँदैछन् आधा दर्जन बढी मुलुकका राजदूत

अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७४ औं दिवसको अवसरमा आयोजना गरिने कार्यक्रममा नेपालस्थित विभिन्न कुटनीतिक नियोगका उच्च अधिकारीले पोखरा क्षेत्र घुमफिर गर्ने भएका छन। कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको भ्रमणले पोखरामा ती मुलुकका पर्यटक आगमन बढ्ने पर्यटन व्यावसायीको अपेक्षा छ।

संरक्षित क्षेत्रबाट नदीजन्य पदार्थ चोरी निकासी गर्ने टिप्पर प्रहरी नियन्त्रणमा

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गरेको आरोपमा प्रहरीले तीनवटा टिप्पर नियन्त्रणमा लिएको छ।

अन्नपूर्ण आधारशिविरबाट दौडेर घान्द्रुक झर्नेगरि म्याराथन हुँदै

अन्नपूर्ण आधारशिविर (एबिसी) बाट दौडेर पर्यटकीय गाउँ घान्द्रुक ओर्लने गरि आयोजना हुने अन्नपूर्ण म्याराथनको चौंथो संस्करण जेठ २१ गते हुने भएको छ। ‘पर्यटनका लागि सबै मौसम’ भन्ने नाराका साथ आयोजना हुने म्याराथनले अन्नपूर्ण क्षेत्रमा साहसिक पर्यटन प्रवद्र्धन हुने आयोजकको भनाई छ।

पदयात्राका क्रममा सम्पर्कबिहीन भएका भारतीय पर्यटक सकुशल भेटिए

अन्नपूर्ण फेरोको पदयात्राको क्रममा अलपत्र परेका दुइजना भारतीय पदयात्रीको सकुशल उद्धार गरिएको छ।

मनाङका दुई अग्ला पहाडमा चट्टान आरोहण परीक्षण

अन्नपूर्ण पदमार्गअन्तर्गत दुई अग्ला पहाडमा चट्टान आरोहण (रक क्लाइम्बिङ) परीक्षण गरिएको छ।

म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण

गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्।

संरक्षणको क्षेत्रमा नेपाल ‘ग्लोबल’ मोडल

सामुदायिक वनबाहेक हामीसँग मध्यवर्ती क्षेत्र छन्, अन्नपूर्ण र कञ्चनजंघा संरक्षण क्षेत्र छ, ‘होमस्टे’ छन्, आमा समूह छन्। हामीसँग हिउँचितुवा संरक्षण समितिहरू छन्। यी सबैमा समानता भनेको स्थानीय समुदायको सहभागिता हो। यस्ता थुप्रै अवधारणा छन् जसले विश्वमा नेपाललाई चिनाइरहेका छन्।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति, ५ जना घाइते

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घरमा आइतबार उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ।

पर्यटकको ‘ट्रान्जिट’ बन्दै पोखरा

केहीवर्ष अघिसम्म अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रको पदयात्रामा जाने अधिकांश विदेशी पदयात्रीले पोखरालाई ‘सुरुवाती’ वा ‘अन्तिम’ गन्तव्य बनाउँथे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्