१० मंसिर २०८१ सोमबार
image/svg+xml

कोही सुरक्षाकर्मीले जलाए कोही विद्रोहीले पुरे

सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिका परिवार कतिबेला हराएका आफन्त टुप्लुक्क घर आइपुग्लान् भनेर बाटो हेरिरहेका छन् । तर, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले भने यहीबेला ‘अकल्पनीय’ तथ्य फेला पारेको छ।

नेतृत्व सच्चिएपछि म विद्रोहबाट पछि हटे : भीम रावल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीमबहादुर रावलले नेतृत्व सच्चिएपछि आफू विद्रोहबाट पछि हटेको बताएका छन्।

‘रोहिन्जा विद्रोहीले हिन्दूको नरसंहार गरे’

रोहिन्जा मुसलमान लडाकुले म्यानमारमा गएको अगस्ट महिनामा गरेको आक्रमणमा दर्जनौं हिन्दूको हत्या गरेको एम्नेस्टी इन्टरनेसनले गरेको अनुसन्धानमा उल्लेख गरिएको छ।

भेनेजुएलाका राजनीतिक बन्दीद्वारा ‘विद्रोह’

भेनेजुएलाको सबैभन्दा बदनाम बन्दीगृहमा राखिएका राजनीतिक बन्दीहरुले विद्रोह गरेको उनीहरुका आफन्तले बताएका छन्।

भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्वारा आत्मसमर्पण

भारतको मध्य भागमा पर्ने छत्तिसगढ राज्यमा करिब २३ विद्रोहीहरूले सरकारसमक्ष आत्मसमर्पण गरेका छन्।  भारतीय यी माओवादी विद्रोहीसमूहले आत्मसमर्पण गरेका प्रहरीले सोमबार जानकारी दिएका छन्।

अफगानिस्तानमा तालिवान विद्रोहीको आक्रमण, ११ प्रहरीको मृत्यु

अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा तालिवान विद्रोहीले थापेको धराप तथा सशस्त्र झडपमा परी कम्तिमा ११ जना प्रहरीको मृत्यु भएको स्थानीय टोलो न्यूज टेलिभिजनले शुक्रबार जनाएको छ।

सिरियाली विद्रोहीद्वारा आत्मसमर्पण

सिरियाको द्वन्द्वग्रस्त क्षेत्र पूर्वी गुटाबाट त्यहाँ बाँकी रहेका विद्रोहीहरुले भारी सशस्त्र हातहातियारसहित आत्मसमर्पण गरेका मानव अधिकारवादीहरुले बिहीबार जानकारी दिएका छन्।

‘आत्मसमर्पण गर्न विद्रोही तयार’:सिरिया

सिरियाको पूर्वी गुटामा सरकारी फौजसँग संघर्ष गरिरहेको अन्तिम विद्रोही समूह आत्मसमर्पण गर्न तयार भएको राज्य सञ्चालित सञ्चारमाध्यमले आइतबार जनाएका छन्।

विद्रोही र उनका परिवारसहित सात हजारले गुटा छोडे

सिरियाको राजधानी दमासकसबाट पूर्वीभागमा पर्ने गुटा क्षेत्रबाट विद्रोही र उनका परिवारसहित करिब सात हजार तीन सय जनालाई सुरक्षित स्थानमा सरिएको छ।

२००७ साल : पहिलो संगठित विद्रोह

जंगबहादुर राणाको उदय भएपछि उनका विरुद्धमा छिटफुट विद्रोह भए। यसमा धेरै भारदारी विद्रोह थिए। जसले सत्तासँग सम्वन्ध राख्थे जनतासँग साइनो थिएन। १९०३ भदौको कोत पर्व पछि जंगबहादुर शक्तिमा आए। कोतको घटनापछि कार्तिकमा भण्डारखाल पर्वको रचना भयो।

केपी ओली : झापा विद्रोहदेखि दोस्रो पटक प्रधानमन्त्रीसम्म

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो पटक प्रधानमन्त्री बनेका छन्। यस अघि उनी नेकपा माओवादी केन्द्रको समर्थनमा २०७२ असोज २४ पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। त्यतिबेला उनले प्रधानमन्त्रीको निर्वाचनमा तत्कालिन कांग्रेस सभापति सुशील कोइरालालाई पराजित गरेका थिए।

यमनमा विद्रोहीद्वारा सरकारी भवन कब्जा

यमनको बन्दरगाह सहर एडेनमा दक्षिणी यमनका पृथकतावादीहरूले एडेन सहरका सरकारी भवनहरू पनि कब्जा गरेको पछिल्लो समाचार प्राप्त भएको छ।

विद्रोहीलाई समर्थन नगर्न अमेरिकालाई टर्कीको आग्रह

सिरियाको कुर्दिस लडाकु समूह (वाइपिजी)का विरुद्ध कारबाहीलाई निरन्तरता दिएको टर्कीले उक्त समूहलाई समर्थन नगर्न अमेरिकालाई आग्रह गरेको छ ।

अफगानिस्तानमा २३ विद्रोही मारिए

अफगानिस्तानको नानगाहार प्रान्तमा बुधबार राती भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २३ जना विद्रोही मारिएका छन्।  भिडन्तका क्रममा सुरक्षाकर्मीहरूले अन्य १४ जनालाई पक्राउ समेत गरेको प्रान्तीय सरकारले बिहीबार जानकारी दिएको छ।

साउदी अरेवियालाई लक्षित गर्दै विद्रोहीद्वारा क्षेप्यास्त्र प्रहार

यमनको विद्रोही समूह हुथीले साउदी अरेवियालाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको छ । विद्रोही समूहले बुर्कान टु नामक क्षेप्यास्त्र रियादको राजदरबारलाई लक्षित गरी प्रहार गरेको थियो । साउदी राजदरबारमा बैठकमा रहेका उच्च पदस्थ नेताहरूलाई लक्षित गरी उक्त क्षेप्यास्त्र प्रहार गरिएको साउदी सेनाले बताएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्