३० वैशाख २०८१ आइतबार
image/svg+xml

भूकम्प पीडितलाई खाँडाचक्रको सहयोग

जाजरकोट र रुकुम (पश्चिम) का भूकम्प पीडितहरुका लागि कालिकोटको खाँडाचक्र नगरपालिकाले आर्थिक सहयोग गरेको छ।

भूकम्प पीडितलाई सुरक्षित गर्ने अभियानमा सरकार गम्भीरः अर्थमन्त्री डा महत

अर्थमन्त्री डा प्रकाशशरण महतले भूकम्प पीडितलाई सुरक्षित गर्ने अभियानमा सरकार गम्भीरताका साथ लागेको बताएका छन्। जाजरकोट रामीडाँडा भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण सम्बन्धी वृहत् अन्तरक्रिया कार्यक्रममा मन्त्री डा महतले प्राविधिक रुपमा ऐन कानुनले साधनस्रोत परिचालनमा केही जटिलता थपेको स्पष्ट पारे।

भूकम्प पीडितलाई चिसोबाट बचाउन आयोगको निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगले भूकम्प पीडितहरूलाई चिसोबाट जोगाउन आवश्यक रहेको भन्दै त्यसतर्फ आवश्यक कदम चाल्न कर्णाली प्रदेश सरकारलाई आग्रह गरेको छ।

जाजरकोट भूकम्प पीडित सहयोगका लागि चित्रकला

हिलिङ जाजरकोटलाई निरन्तरता दिन, स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड विद्यालयले चित्रकला गर्ने भएको छ।

जाजरकोट भूकम्पको एक महिना: मैले जे देखेँ

सुर्खेतबाट हिँड्दा मनमनै जाजरकोट र भूकम्प पीडितहरूको अवस्था कस्तो होला? के गरेर रात बिताउनु भएको होला? यस्तो विकराल समस्यालाई कसरी सहज बनाउने होला? लगायतका जिज्ञासाहरू मनमनै खेलिरहेका थिए।

भूकम्प पीडितका टहरा बनाउँदै दलहरू

भूकम्पले भत्किएका संरचना र अस्थायी आवास निर्माणका लागि जाजरकोट र रुकुम पश्चिममा राजनीतिक दलका नेता तथा कार्यकर्ता खटिइरहेका छन्।

नेस्लेद्वारा भूकम्प पीडितलाई ३२ लाख सहयोग

नेस्लेले नेपालमा भूकम्प पीडित राहतका लागि ३२ लाख रूपैयाँ बराबरको खाद्यान्नमा सहयोग गरेको छ।

भूकम्प पीडितलाई सामसङको सहयोग

भूकम्प पीडित क्षेत्रलाई आवश्यक स्रोत साधन र सहयोग उपलब्ध गराउन र साथै पीडितहरूलाई राहत उपलब्ध गराउन सामसुङ नेपालका प्रसुङ जुनपार्कले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ४० लाख रूपैयाँको सहयोग हस्तान्तरण गरेका छन्।

युनिलिभर नेपालद्वारा एक करोड सहयोग

युनिलिभर नेपाल लिमिटेडले भूकम्प पीडितलाई सघाउन सरकारलाई एक करोड रूपैयाँको चेक हस्तान्तरण गरेको छ।

सरकारले भूकम्प पीडितलाई १ अर्ब ४१ करोड पठायो

भूकम्प पीडितलाई अस्थायी आवास बनाउनका लागि रकम नपठाएको भनेर आलोचना भइरहेका बेला सरकारले भूकम्प पीडितलाई १ अर्ब ४१ करोड रुपैयाँ पठाएको छ।

भूकम्प पीडितलाई सिप्रदीद्वारा राहत

सिप्रदीले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावित परिवारहरूलाई आधारभूत आवश्यकताका सामाग्रीहरू राहतस्वरूप वितरण गरेको छ।

चिसोले दुई भूकम्प पीडितको मृत्यु

भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो।

भूकम्प पीडितलाई इयूको अट्ठाइस करोड असी लाख

युरोपेली सङ्घ (इयू)ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ रु २८ करोड ८० लाख प्रदान गर्ने भएको छ।

भूकम्प पीडितलाई तिहार भन्दा आफू कसरी बाँच्नेको चिन्ता

जाजरकोट, रावत गाउँका धनबहादुर रानाको परिवारलाई भूकम्पले विस्थापित गरायो। अहिले विस्थापित जीवन बिताइरहेका उनलाई भाईटिका (तिहार) को रौनकताले खासै छोएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्