१० मंसिर २०८१ सोमबार
image/svg+xml

सुस्तायो लेकसाइडको पर्यटन क्षेत्र

यतिबेला पर्यटकीय सहर पोखरा सुनसान छ । सिजनका बेला भीडभाड हुने पर्यटकीय क्षेत्र लेकसाइडमा यो बेला निकै नै कम मात्र पाहुना छन्। पर्याप्त पाहुना नहुँदा होटल र रेस्टुरेन्ट सुनसान बनेका छन्। पाहुना अभावमा पर्यटन व्यावसायी पनि फुर्सदिला बनेका छन्। बेलुकीपख भीडभाड र रमझम देखिने लेकसाइडको सडक यतिबेला खालि देखिन्छ।

पर्यटनलाई ध्यानमा राखेर भाेलिदेखि २४सै घण्टा ठमेल र दरबारमार्ग खुल्ने

पर्यटनलाई ध्यानमा राखेर भाेलि वैशाख १ गतेदेखि२४ सै घण्टा काठमाडौंका प्रमुख पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग खुल्ने भएको छ।

खुम्जुङ र नाम्चेमा विद्युत् सेवा अवरुद्ध

गत माघ २२ गते आएको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि विद्युत् सेवा ठप्प बनेको हो।

गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण

ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको गाईघाट झरनालाई बराह तालसँग जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ।

प्रेममय लेकसाइड

अरु बेला पनि पोखराेकाे लेकसाइडमा पाहुना नहुने होइनन्, तर मंगलबार बेलुकीका पाहुनामा भने धेरैजसो युवायुवतीका प्रेमिल जोडी थिए।

पर्यटन पूर्वाधार निर्माणमा जुट्दै

बागलुङमा वर्षौंदेखि चर्चामा आएका र ओझेलमा रहेका धार्मिक पर्यटकीय क्षेत्रलाई प्रव्रर्द्धन गर्न गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएको छ।

हिउँले सेताम्ये 'तीनजुरे'

यस क्षेत्रबाट मौसम खुलेको समयमा कञ्चनजङ्गा, मकालु र कुम्भकर्ण हिमाल देख्न सकिन्छ भने यी क्षेत्रका पाँचपाखरी, खोपिङ पोखरी, गुफापोखरीमा ती हिमालका प्रतिविम्ब देखिन्छन्।

पर्यटकको सहजताका लागि झापामा ‘ट्रस ब्रिज’ निर्माण

झापाको शिवसताक्षी नगरपालिकास्थित पर्यटकीय क्षेत्र दोमुखामा ‘ट्रस ब्रिज’ निर्माण गरिएको छ।

पर्यटकीय क्षेत्र बन्दै चितवनको रानीपोखरी

भरतपुर महानगरपालिका–१९ स्थित रानीपोखरी पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको छ । प्राचीनकालमा निर्माण गरिएको यस पोखरीको संरक्षण र सम्बद्र्धनका लागि सरकारले बजेट विनियोजन समेत गरेको छ ।

पर्यटकीय क्षेत्र सुकेटारमा ‘सिसी क्यामेरा’ जडान

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-६ स्थित पर्यटकीय क्षेत्र सुकेटार बजारमा सिसी क्यामेराबाट निगरानी गरिने भएको छ।

पूर्वाधार र प्रचारप्रसार नहुँदा कञ्चनपुरको पर्यटकीय क्षेत्र ओझेलमा

पूर्वाधार विकास र प्रचार–प्रसार नहुँदा कञ्चनपुरका थुप्रै पर्यटकीय क्षेत्र ओझेलमा परेका छन्। ती पर्यटकीयस्थलको प्रचारप्रसार र पूर्वाधार अभावले ओझेलमा परेका हुन्।

जनशक्ति अभाव खेप्दै पोखराका होटल

युवापुस्ताको विदेश पलायन बढ्दै जाँदा पोखराका होटलमा कामदार अभाव खड्किन थालेको छ। कोरोना भाइरस संक्रमणले बिस्थापित सबै कामदार पर्यटन क्षेत्रमा नफर्किदा जनशक्ति अभाव बढ्दै गएको थियो। त्यसैमाथि कार्यरत जनशक्ति विदेश पलायन हुँदै गएको र नयाँ जनशक्ति पर्यटन क्षेत्रमा आकर्षित नहुँदा कामदार अभाव बढ्दै गएको व्यावसायीले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्